निर्णय नं. ६९०४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९०४ - उत्प्रेषण भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५६/०५/०८ २८७५ निर्णय नं. ६९०४ ने.का.प. २०५७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५३ सालको रिट नं. ...२४२४ आदेश मितिः २०५६।५।८।३ विषयः उत्प्रेषण । निवेदकः पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा नं. ४ बस्ने पुरन बज्राचार्य विरुद्ध विपक्षीः पुनरावेदन अदालत बुटवल, रुपन्देही समेत § छोरा कृष्ण सैजु मुख्य भै कामकाज गरेको भन्ने र निजले लिएको ऋणमा बाबु आमाको मञ्जुरी नभएको भन्ने हुँदा लेनदेन व्यवहारको ८ र ९ नं. ले बाबु आमाको नामको सम्पत्ति छोराले लिएको ऋणमा लिलाम गर्न मिल्ने नदेखिएकोले विगो भरी भराउ सम्बन्धी पाल्पा जिल्ला अदालतको सबै कारबाही वदर गरी दिएको भनी मिति २०५३।६।१८ मा भएको आदेश कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर रहेको पाइन्छ । लेनदेन व्यवहारको ८ नं. मा "घरको मुख्य भै कामकाज गर्ने वा सगोलमा बसी विभिन्न ठाउँमा घर खेती व्यवहार वा अरु कुनै काम गरी बस्ने उमेर पुगेका जानकार लोग्ने मानिस वा स्वास्नी मानिस आफू बसि काम गरेको ठाउँको मुख्य ठहर्छन । त्यस्ता मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेकोमा मुख्य जानकारको पनि सहिछाप वा लिखत भएको व्यहार मात्र गोश्वारा धनबाट चल्छ" भन्ने र ऐ.९ नं. मा "यसै महलका ८ नं. बमोजिम मुख्य भै कामकाज गरेकोमा बाहेक अरु अवस्थामा बाबु वा लोग्नेको लिखत नभै छोरा वा स्वास्नीले कुनै व्यवहार गरेको रहेछ भने बाबु वा लोग्नेको धनमा त्यस्ता छोरा वा स्वास्नीको हक नपुगे सम्म साहुले सो धनमा समाउन पाउदैन" भन्ने व्यवस्था रहेको छ । यसमा कृष्ण सैजु, भीमबहादुर सैजु र महालक्ष्मी सैजुको छोरा भई सगोलमा रहे बसेको भन्ने कुरामा विवाद नभई कृष्ण सैजुले सँग साथमा रहेर व्यापार गरी आएको भन्ने देखिँदा लेनदेन व्यवहारको ८ नं. बमोजिम मुख्य भन्न मिल्ने अवस्था देखिन आएन । लेनदेन व्यवहरको ९ नं. बमोजिम बाबु भीमबहादुर सैजुको मंजुरी वेगर कृष्ण सैजुले लिएको ऋण तिर्न भीमबहादुर सैजु र महालक्ष्मी सैजु समेत उत्तरदायी हुने भन्न मिल्ने नहुँदा निवेदक साहुले सगोलको सम्पत्तिमा कृष्ण सैजुको हक नपुग्दा सम्म निज बाबु आमाको सम्पत्तिबाट भरिभराउ गर्न पाउने भन्न उक्त कानूनी व्यवस्थाबाट नदेखिँदा पुनरावेदन अदालत बुटवलको आदेशबाट कानून विपरीत निवेदकको हकमा आघात पुर्याएको भन्न नमिल्ने । (प्र.नं.८) रिट निवेदक तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री शम्भु थापा र श्री ईश्वरीप्रसाद भट्टराई विपक्षी तर्फबाटः अवलम्बित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम दायर भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः 2. विपक्षी मध्येका कृष्ण सैजुले म निवेदकसँग क्रमशः मिति २०४८।२।३१ मा रु.४०,०००।- तथा मिति २०४२।५।१६ मा रु.१८,०००।- समेत गरी जम्मा रु.५८,०००।- कर्जा लिएकोमा लिखतमा उल्लेखित भाखा भित्र नबुझाएकोले मैले पाल्पा जिल्ला अदालतमा फिराद गरी २०५२।२।३ मा दावी बमोजिम सावाँ व्याज र भरिभराउ हुँदाका दिनसम्मको व्याज तथा कोर्ट फि लगायतका अन्य दस्तुर समेत भराउने फैसला भयो । उक्त मुद्दा फैसला भएको मितिले दण्ड सजायको ४२ नं. को म्याद भित्र विगो भरी भराई पाउँ भनी विपक्षी कृष्ण सैजुका नाउँमा कुनै सम्पत्ति नभएको, निजका हकको सम्पूर्ण चल अचल सम्पत्ति निजका पिता तथा माता भिमबहाद