निर्णय नं. ११०५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/०७ ३१९५ निर्णय नं. ११०५ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३४ सालको रि.फू.नं.४४ आदेश भएको मिति : २०३४।१०।७।६ मा निवेदक : जि.संखुवासभामा स्वामी गाउँपञ्चायत वा.नं.३ बस्ने श्री गिरीधर शर्मा विरुद्ध विपक्षी : श्री सचिव गृह मन्त्रालय श्री ५ को सरकार सिंहदरवार विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) ऐनमा व्यवस्था नभएको परिचयपत्रको आधारमा निवेदकलाई नागरिकता सम्बन्धि हक प्राप्त भयो भन्ने वा त्यस्तो परिचयपत्र नहुँदैमा अथवा भएको परिचयपत्र बदर वा अमान्य हुँदैमा नागरिकताको हक लोप हुने स्थिति पर्न नआउने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दा : निवेदक परमानन्दप्रसाद सिंह विरुद्ध श्री ५ को सरकार गृह मन्त्रालय भएको ०३१।२।२५ मा निर्णय भएको रि.फु.नं.३२ आदेश न्या.वासुदेव शर्मा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।६।२५।३ मा निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : प्रमुख जिल्ला अधिकारीको कार्यालय संखुवासभाले जिल्ला पञ्चायत कार्यालय संखुवासभा खाँदवारीलाई लेखेको पत्रमा वीरगञ्ज स्टेशन रोडको ठेगाना दिने गिरीधर शर्माको जन्म सिद्ध नागरिकता मिति ०३१।१।२ मा रद्द गर्ने समेत श्री ५ को सरकारबाट निर्णय भएकोले निर्णयानुसार जानकारीको लागि अनुरोध गर्दछु भन्ने समेत प.सं. १८ (वा) ०३०।३१।१४७७ मिति ०३१।१।१६ गृह पञ्चायत मन्त्रालय (ना.अ.प्र.शाखा) बाट लेखि आएको प्राप्त पत्र अनुसार जानकारीको निमित्त अनुरोध छ भन्ने समेत र ०३२।४।२।६ को प्रहरी प्रतिवेदनमा प्र.गिरीधर शर्माले विराटनगरको घर देखाई हाल वीरगञ्ज स्टेशन रोड बस्ने भनी निवेदन लेखी ०२१।७।२७ मा वीरगञ्ज गोश्वराबाट नेपाली जन्म सिद्ध नागरिकताको प्रमाणपत्र प्राप्त गरेको र सो नेपाली जन्म सिद्ध नागरिकताको प्रमाणपत्र ०३१।१।२ मा श्री ५ को सरकारको निर्णय अनुसार रद्द भएको र निज गिरीधर शर्मा माथि नागरिकताको ऐन अन्तर्गत मुद्दा चलाउनको लागि लेखि आएकोले श्री ५ को सरकारको निर्णय अनुसार निज गिरीधर शर्मा यस नेपालको जन्म सिद्ध नागरिक नभई भारतीय नागरिक भई नेपालको नागरिक हुँ भनी वतन ढाँटी नेपालको जन्म सिद्ध नागरिकताको प्रमाणपत्र प्राप्त गरेको सिद्ध हुन आएकोले निज गिरीधर शर्मा माथि नेपाल नागरिकता ऐन, ०२० को दफा १५ को उपदफा (१) अनुसार सजाय हुन गर्नका लागि प्रस्तुत गरिन्छ भन्ने समेत उल्लेख भएको रहेछ । ३. श्री ५ को सरकारको निर्णय बदर गरी पाउँ भनी आएको यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यस प्रकार छन् : म यस अधिराज्यको विराटनगरमा जन्म भएको जन्म सिद्ध नागरिक हुँ र सो हैसियतबाट मैले अघि वीरगञ्ज गोश्वारामा नियमबमोजिम सिफारिश सहितको निवेदन दिई मैले मिति ०२१।७।५ मा जन्म सिद्ध नागरिक भएको नागरिकताको प्रमाणपत्र पनि प्राप्त गरेको थिएँ । आफू बसेको गाउँपञ्चायतको वार्ड नं.३ को सदस्य पदमा विजयी घोषित पनि गरिएको थियो । उक्त गा.पं.बाट हुने जिल्ला सभाको प्रतिनिधित्वको लागि पनि मलाई गाउँपञ्चायतले जिल्ला सभाको सदस्य निर्वाचित गरेको थियो । म काठमाडौंमा आई रहेको अवस्थ