निर्णय नं. ४७१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७१० - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/२२ २४४० निर्णय नं. ४७१० ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्व्त २०४८ सालको रिट नं. २११६ आदेश मिति : २०५०।३।२२।३ निवेदक : पाँचथर जिल्ला श्याम रुम्जा गाउँ विकास समिति वडा नं. ५ बस्ने दुर्गालाल चेम्जोङ समेत । विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, पाँचथर समेत । विषय : उत्प्रेषण । (१) जुन कमिटिबाट जग्गा प्राप्त गरेको भन्ने निवेदकको दावी छ सो कमिटिको वैधानिकता सम्बन्धमा कारवाही चलिरहेको अवस्थामा सोको टुङ्गो नलाग्दै त्यस्तो कमिटिले दिएको जग्गामा निवेदकले निर्माण कार्य गर्ने कानून संगत देखिन आउँदैन । यस्तोमा निवदेकको हकाधिकारमा आघात पुगेको मान्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्त श्री शारदा बज्राचार्य । आदेश न्या. उदयराज उपाध्याय १. नेपाल अघिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ :– २. त्रिभुवन नगर यासोक पाँचथर स्थित बजार कमिटिले प्राप्त गरेको जग्गामा बजार बसाउन विभिन्न योजना गरी विभिन्न व्यक्तिलाई घर बनाउन घडेरी वितरण गरी आएको छ । त्यस मध्ये हामी दुर्गालाल चेम्जोङ र बुद्धिमान तामाङले समेत जग्गाको घडेरी प्राप्त गरी घर बनाउन शुरु ग¥यौं । हामीहरुको राजनैतिक विचारधारा सत्ता पक्षसँग नमिल्ने भएको हामीहरुले गरी आएको काममा बाधा अडचन दिने उद्देश्यले हामीले बनाउन लागिरहेको घरलाई प्रहरी चौकी यासोकले मिति २०४८।९।१४ मा पत्र पठाई घर बनाउने कार्य रोक्का राखियो । उक्त पत्रमा “उपर्युक्त सम्बन्धमा यस सा.ज.वि. अन्तर्गत यासोक यूनिट कार्यालयबाट मिति २०४८।९।१ च.नं. २८ को पत्रबाट हाल यासोक गा.वि.स. ३ यासोक बजार कमिटिले ४०० भोल्टको वितरण लाइन मुनि मिचि घर बनाउन घडेरी सम्याउन लागेकोले वितरण लाइन मुनि घर बनाउन नहुने भएको हुँदा उक्त बजार कमिटि यासोकलाई कुनै पनि प्रशारण तथा वितरण लाइन मुनि घर बनाउन नदिनुका साथै हाल बनाउँदै गरेको घडेरीमा घर बनाउन रोक्का गरी दिनु भनी फिदिम स.ज.वि. केन्द्रको पत्र अनुसार जिल्ला प्रशासन कार्यालयको च.नं. ११२९ मिति २०४९।९।७ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उपरोक्त प्रशारण तथा वितरण लाइन मुनी कुनै पनि व्यक्तिलाई घडेरी खनि घर बनाउन रोक्का गरी दिने रोक्का गर्दा जबरजस्ती गरेमा निजहरुलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गर्न हुन अनुरोध गरिन्छ भन्ने यस जिल्ला प्रहरी कार्यालय पाँचथरको च.नं. २०४ मिति २०४८।९।९ गतेको पत्र प्राप्त हुन आएको हुँदा सोही व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिन्छ, भन्ने उल्लेख भएको छ सो पत्रहरुको नक्कल पाउँ भनी विपक्षीहरुसँग सम्पर्क राख्दा उक्त पत्रको नक्कल दिइएन । विपक्षीहरुलाई सो काम कुरा गर्न अधिकार कानूनद्वारा प्रदान गरेकै नहुँदा विपक्षीहरुको काम कारवाही उत्प्रेषणको आदेशद्वारा रोक लगाई पाउन यस अदालतको सरणमा आएका छौं । विपक्षीहरुको काम कारवाहीबाट हामीलाई नेपाल अघिराज्यको संविधानद्वारा प्रदान गरिएको धारा ११, १२(२) ङ तथा १७ को हकमा आघात परेकोले धारा २३ र ८८(२) अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी प्रहरी चौकी यासोकले लेखेको मिति २०४८।९।१४ गतेको पत्र एवं उक्त पत्रमा उल्लेखित निर्णय पत्र समेत वदर गरी विपक्षीहरुल