निर्णय नं. ६९०५ - कुत दिलाई मोही निष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९०५ - कुत दिलाई मोही निष्काशन भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५६/०६/०६ २६३४ निर्णय नं. ६९०५ ने.का.प. २०५७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय सम्वत २०५३ सालको दे.पु.नं. ..३८३४ फैसला मितिः २०५६।६।६।५ मुद्दाः कुत दिलाई मोही निष्काशन । पुनरावेदक/वादीः जिल्ला रौतहट, ब्रम्हपुरी गा.वि.स. वडा नं. ७ बस्ने सत्रुधन कुमार सिंह राजपुतको मु.स.गर्ने उर्मिला देवी सिंह विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.पिपरीया गा.वि.स. वडा नं. २ बस्ने अनुठाप्रसाद कलवार § विवादको जग्गा साविकमा कि.नं. ५०१, २४८, ८४८ कायम भै जग्गा धनी बलिरामकुमार भएकोमा वादीहरु बीच २०४४।४।३२ मा अंशवण्डा हुँदा जग्गाहरु पनि छुट्‍याएको र छुट्‍याउँदा विभिन्‍न कित्ता कायम भएको देखियो । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (८) मा मोही भएको जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिनभित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा गरिदिएको हो सो व्यक्तिको नामथर वतन खुलाई मोही र गाउँ विकास समिति वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ भन्‍ने प्रष्ट कानूनी व्यवस्था हुँदा हुदैँ वादी जग्गावालाले मोहीलाई उपरोक्त बमोजिमको सूचना दिएको भनी भन्‍न लेख्‍न नसकेको अवस्थामा मोहीले आफ्नो कर्तव्य पूरा गरेन भनी भन्‍नु न्यायोचित नहुने हुँदा मोही निष्काशन गर्ने गरेको शुरु भू.सू.का. रौतहटको निर्णय उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा सदर हुने । (प्र.नं.१०) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री रामप्रसाद भट्टराई र श्री अमर थापा विपक्षी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौडाको मिति २०५२।९।२ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथय एवं ठहर यसप्रकार छः 2. यसमा मेरो नाममा दर्ता रहेको गा.वि.स. पिपरिया वडा नं. १ कि.नं. १४२९ को ०-०-१९ कि.नं. १४४२ को ०-८-१७ वडा नं. २ कि.नं. १२२९ को ०-२-१७ समेत ०-१२-१३ मा प्रतिवादीको स्व.बुबा मोही हुनुहुन्छ । २०४८ सालको बालीमा मैले पाउने कुत नबुझाई धरौटी समेत नराखेकोले मैले पाउनु पर्ने कुत धान मन १५-२१-० को रु.२४५।- ले हुने रु.१३५३।६५ विपक्षीबाट दिलाई भराई मोही निष्काशन समेत गरी पाउँ भन्ने वादी दावी । 3. वादीको सगोलको भाइ बलराम कलवारको नाम दर्ताको गा.वि.स. पिपरिया वडा नं. १ कि.नं. २४८ को १-६-१० कि.नं. ५०१ को ज.वि. ०-३-० वडा नं. २ कि.नं. ८४८ को ज.वि. ०-०-१० समेतमा मेरो बुबा मोही भई निजको परलोक पछि मेरो नाममा मोही नामसारी भइसकेको र सालसालै जग्गाधनीलाई बुझाउने कुत बुझाउँदै आएको छु । २०४८ सालको मैले बुझाउने कुत वादीको भाइ अनतकुमार सिंह आई मेरो अंश भागमा परेको कुत मलाई दिनु भनी माग्दा बलराम कलवारको दाजुभाइमा अंश फाँट हुँदा साविक नम्बर परिवर्तन भई कि.नं. २४८ को कित्ता फोड भई कि.नं. १४४३ को ०-८-१७ कि.नं. ८४८ को फोड भई कि.नं. १२३० को ०-२-१७ र कि.नं. ५०१ को ०-१-० गरी ०-१२-१४ को कुत ५-२२-० अनतकुमार सिंहलाई बुझाई रितपूर्वकको भरपाई लिएको हुँ र वादी समेतको अंश भागको जग्गा समेत हुँदा यी वादीले दाजुभाइमा वण्डा गरी दिएको कुरा भु.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (८) बमोजिम म मोहीलाई वण्डा गरी लिएको मितिले १५ दिनभित्र सूचना दिनुपर्नेमा सो नगरेकोले