निर्णय नं. ११०६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/०४ २४२६ निर्णय नं. ११०६ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको रि.फू.नं.२९ आदेश भएको मिति : २०३४।१०।४।३ मा निवेदक : जि. ललितपुर गा.पं चापागाउँ वार्ड नं.३ बस्ने रत्न देसारनी विरुद्ध विपक्षी : भू.प्र. कार्यालय ललितपुरको प्रमुख अधिकारी भूमि प्रशासकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) जग्गावालाले मोही पत्याई बाली बुझी भरपाई गरिदिएकोबाटै जग्गा पत्याएको देखिन आउने हुनाले त्यसरी साविक मोही मरी जग्गाधनीले जग्गा पत्याएकोमा दफा ३४ (१) बमोजिम कबुलियतको अवस्था नपर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।४।१४ मा निर्णय हुँदा निवेदक काजिलाल ब्याजू विरुद्ध भूमिप्रशासन कार्यालय भक्तपुर समेत भएको रिट नं.२४०८ को रिट निवेदनमा डिभिजन बेञ्चबाट ०३१।१२।१४।५ मा भएको निर्णयसँग रुलिङ्ग नमिलेको भनी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : काजिमानको हकको बडिखेल गा.पं. वार्ड नं.१(क) कि.नं.८८ ऐ वार्ड नं.१(ख) कि.नं.५३ को जग्गा मेरा पति तुल्सीबहादुरले जोती मोही कायम भएको पति ३ वर्ष अघि परलोक भएको जग्गा मैले जोति आएको र बाली बुझी भरपाई समेत गरी दिनु भएको मसँग छ, मेरो सौता कृष्णमाया र टिकाराम समेत जना ३ मिली वीरमानले जग्गाको हक मेरो हो कृष्णमायालाई यो जग्गा दिन्छु भनेकोले मेरो जग्गामा खिचोला गर्नेलाई सजाय गरी पाउँ भन्ने यो निवेदकको वादी मैले मोही दखल गर्नुपर्ने कारण समेत नभएको हुँदा मोही वेदखल गरेको छैन भन्ने टिकाबहादुर घर्ति कि.नं.५३ मा मोही हिरामान देसार र कि.नं.८८ मा निजको छोरा तुल्सीबहादुर थियो हिरामान मरेपछि तुल्सीबहादुर कायम भएको तुलसीबहादुर परलोक भएपछि निजको श्रीमती मध्ये कृष्णमायाले कमाई आएकोमा रत्नमायाले बाली बुझाउन ल्याएकोले मात्र निजको नाउँमा भरपाई गरिदिएको हुँ मैले निजहरू मध्ये १ जनालाई पत्याउनु पर्नेमा कृष्णमायालाई पत्याएको छु । ०२३।१।२७ मा मेरो राजीखुशीले हालै देखिको बकसपत्र समेत गरी कृष्णमायालाई दिई सकेको हुँदा खिचोला गरेको छैन भन्ने विपक्षी वीरमान देसारको र पति मरेपछि जग्गाधनीले मलाई मोहियानी हक पत्याई दिएकोले जग्गा कमाई आएको जग्गाधनीले हालै देखिको मलाई बकसपत्र गरिदिएकोले जग्गाधनी र मोही कर मेरै भोग चलन गरी आएको भन्ने कृष्णमाया देसारनीको बयान भएको मुद्दामा निवेदक रत्न देसारनीले बाली बुझाएको भरपाई पेश गरेको भए पनि भूमिसम्बन्धी ऐनको दफा ३४ अनुसार कबुलियत भइसकेको भन्ने प्रमाण पेश गर्न नसकेकोले जग्गावालालाई मोही राख्ने अधिकार बाँकी नै रहेको देखियो, जग्गावाला भाइचा भन्ने वीरमानको बयानबाट कृष्णमायालाई पत्याएको देखियो, वादीले आफ्नो मोहियानी कायम गराउन नसकेको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालय ललितपुरबाट ०३३।५।१५।३ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक रत्न देसारनीले दिएको रिट निवेदनपत्रमा प्रस्तुत विवादमा कबुलियतको प्रश्न उत्पन्न हुन सक्ने अवस्था छैन, कबुलियतको आवश्यकता भूमिसम्बन्धी ०२१ को दफा २५(१) र दफा २६