निर्णय नं. ११०७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/०७ २३८५ निर्णय नं. ११०७ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०३४ सालको रिट नम्बर १७२० आदेश भएको मिति : २०३४।१०।७।६ मा निवेदक : नारायण दास,श्रीनिवास फर्मका मालिक का.जि.इन्द्रचोक बस्ने श्री निवास संघाईको वा.का.जि.त्रिपुरेश्वर बस्ने दिनेश्वरप्रसाद सिंह राजपुत विरुद्ध विपक्षी : श्री करफछ्र्यौट आयोग बबरमहल काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) आय निर्धारण भएको वर्ष अघिको छुट भएको कर निर्धारण गरेको नभई स्टक क्यारीफ वोर्ड मानी आय निर्धाण भएको वर्षको नै आय निर्धाण गरेको देखिएकोमा कानूनी त्रुटि भएको भन्न नमिल्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा :  आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत निवेदन नेपालको संविधानको धारा ७१ अन्तरगत विपक्षीको कर निर्धारण आदेश बदर गर्न निमित्त पेश भएको रहेछ । २. आर्थिक वर्ष २०३१ बे.चे.मा करदाता श्री नारायणदास श्रीनिवासले पेश गरेको आय विवरणमा रु.८,५००। कुल आय देखाई आम्दानी खर्चको रीत पुर्वकको हिसाव किताव नभएकोले न्यायोचित अनुमानबाट आय निर्धारण होस् भन्ने उल्लेख गरेको रहेछ । करदाताले आयोग समक्ष दिएको स्पष्टिकरणमा वर्ष भरीको पैठारी रु.२०,००,०००। सम्म हुन सक्ने कुराको जिकिर गरेको र कर कार्यालयको तथ्याङ्क लगतबाट रु.२९,१३,८७०। को सामान पैठारी गरेको देखिएकोले करदाताले उल्लेख गरेको पैठारी रकम तथा आयलाई मान्यता दिन मिल्ने देखिएन । यो फर्मले मुख्य रुपमा भारतीय कपडाको थोक स्तरमा र नेपाली सिन्थेटिक कपडाको कारोवार गर्ने गरेको कुरा निजको भनाईबाट प्रष्ट हुन आएको छ । उक्त फर्मको न्यायोचित आधारबाट आय निश्चित गर्दा प्र.क.ले गरेको सिफारिश मुनासिव देखियो । तर बिक्रीको हकमा कर कार्यालयको तथ्याङ्क शाखाबाट देखिएको पैठारी रु.२९,१३,८७० मा भन्सार महसुल सरचार्ज ढुवानी तथा बिक्री कर समेत उक्त पैठारी रकममा समावेश नभएको भन्ने प्र.क.अ.को प्रतिवेदन समेतलाई ध्यानमा राख्दा निजले उक्त आर्थिक वर्षमा स्थानीय खरीद तथा गत साल आयकर कायम गर्दा छुट भएको रु.२५,४२९,७४ समेत गरी भारतीय कपडाको खूद बिक्री रु.४०,००,०००। र सेन्थेटिक कपडाको बिक्री रु ४,५०,०००। समेत जम्मा रु.४४,५०,०० कर बिक्री देखिन्छ । अन्तिम स्टकको हकमा करदाताले अन्तिम स्टक रु.२३,००,०००। उल्लेख गरेको र प्र.क.अ. को प्रतिवेदनमा रु.१६,००,०००। अन्तिम स्टक रहेको भन्ने अनुमान गरिएको भए तापनि निजको उक्त आ.व.मा भएको बिक्रीलाई ध्यानमा राखदा रु.१०,००,०००।(रु दश लाख) को अन्तिम स्टक बाँकी रहेको देखिन्छ । यसमा भारतीय कपडाको थोक बिक्रीमा ५ प्रतिशतले र सिन्थेटिक कपडाको बिक्रीमा ७ प्रतिशतले खूद आय कायम गर्दा उक्त अ.बं. २०३१ बे.चे.मा निजको खूद आय रु २,३१,५०० (दुई लाख एकतिस हजार पाच सय) हुने ठर्हछ । सो बमोजिम कर निर्धारण आदेश गर्न र ऐन नियमबमोजिम असूल तहसिल गर्नु भनी फाइल सहित कर कार्यालय बाग्मती अञ्चललाई लेखि पठाई दिनु भनी कर फर्छ्यौट आयोगबाट मिति ०३३।१२।७ मा निर्णय भए अनुसार उक्त आयमा रु.१,१०,०५० कर निर्धारण गरी आयकर ऐन, २०३१ को दफा ५९ (१) बमोजिम रु.५। समेत जरिवाना गरी मिति ०३३।१२।९ मा कर अधिकृतबाट आदेश भए