निर्णय नं. ६९०६ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९०६ - मोही नामसारी भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५६/०१/२४ २१८८ निर्णय नं. ६९०६ ने.का.प. २०५७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५४ सालको दे.पु.नं. .. ४१४८ फैसला मितिः २०५६।१।२४।५ मुद्दाः मोही नामसारी । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी, गा.वि.स. सकरपुरा वडा नं. १ बस्ने सरोजकुमार चौधरी विरुद्ध विपक्षी/वादीः ऐ.पकरी गा.वि.स. वडा नं. ८ बस्ने रेशमलाल सरदार § विवादीत कि.नं. ३८२ को जग्गामा डोमी सरदार मोही भएकोमा कुनै विवाद देखिदैँन । डोमी सरदारको ०४२ सालमा मृत्यु भएपश्‍चात निजका छोरा वादी रेशम लालले विभिन्‍न सालको बाली जग्गाधनीलाई बुझाई भर्पाई प्राप्त गरेको र अ.वं. ७८ नं. बमोजिम बयान हुँद समेत जग्गा धनीले पेश भएका भर्पाईहरु सद्दे साँचो भनी बयान गरेको पाइन्छ । यसरी कानून बमोजिम जग्गाधनीलाई बुझाउनु पर्ने कुत बुझाई आएको अवस्थामा पुनरावेदक प्रतिवादीले मोही नपत्याएको भन्‍न मिल्ने अवस्था देखिन आएन । यस अतिरिक्त मृतक डोमी सरदारको अर्को छोरा सबुरीले नामसारी सम्बन्धमा गरेको दावी डिसमिस भएको र निजको मृत्यु समेत भैसकेको परिप्रेक्ष्यमा वादी बाहेक मृतक डोमीको अन्य छोरा भएको नदेखिँदा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम निजलाई मोही कायम हुन नमिल्ने भन्‍न नमिल्ने । (प्र.नं.१२) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. विपक्षी नाउँ दर्ताको गा.वि.स. अगाडि वार्ड नं. ८ को कि.नं. ३८२ को ०–९–१७ जग्गामा मेरो स्व.बाबु डोमी सरदार हक प्राप्त मोही भएको निज मिति २०४२।६।२४ मा परलोक हुनु भएको र आमा मुर्तिदेवी पनि अघि नै परलोक हुनु भएको हुँदा म छोराको नाउँमा मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने वादीको निवेदन । 3. वादी दावी अनुसारको जग्गामा वादीको स्व.बाबु डोमी सरदार मोही भएको निज मृतक मोहीको शेषपछि मृतकका छोरा सवुरी सरदारले जोत आवाद गर्दै आएको हुँदा मैले सवुरी सरदारलाई पत्याएको छु वादी दावी खारेज गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र । 4. प्रतिवादी जग्गाधनीले वादीलाई मोहीको रुपमा पत्यार गर्न इन्कार गरेकोले प्रतिवादी नाउँ दर्ताको गा.वि.स. अगाडि वार्ड नं. ८ को कि.नं. ३८२ को ०–९–१७ जग्गामा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको भुमिसूधार कार्यालय सप्तरीको २०५२।१।२४ को निर्णय । 5. शुरुले गरेको इन्साफमा चित्त बुझेन । ने.का.प.२०३२, अंक ५ नि.नं. ९०१ पेज १०० रसिदनिफ, किरन र बाबुलाल महत समेतका सिद्धान्त नजिर समेतका आधारमा म वादीको नाउँमा मोही नामसारी हुनुपर्ने हुँदा शुरु निर्णय वदर गरी मेरो नाउँमा मोही नामसारी गरी मोही दर्ता प्रमाणपूर्जा पाउने गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादी पुनरावेदकको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र । 6. पुनरावेदक वादीले पेश गरेको प्रमाणको मूल्यांकन नै नगरी शुरु भूमिसूधार कार्यालय सप्तरीले २०५२।१।२४ मा गरेको निर्णय फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षी झिकाई शुरुमा पेश गरेको कुत बुझाएको भरपाइहरुको सक्कल प्रति दाखेल गर्न लगाई अ.वं. ७८ नं. बमोजिम प्रत्यर्थीलाई सुनाई नियमानु