निर्णय नं. ३९२९ - सार्वजनिक जग्गा कायम गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९२९ - सार्वजनिक जग्गा कायम गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/२० २४१८ निर्णय नं. ३९२९ ने.का.प. २०४६ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४५ सालको दे.पु.ई.नं. ८६ फैसला भएको मिति : २०४६।९।२०।५ मा डि.वे. बाट फैसला भएको मिति : २०४३।४।१६ निवेदक/वादी : वारा जिल्ला दहियार गाउँ पञ्चाय वडा नं. २ बस्ने रामचन्द्र साह सोनार विरुद्ध विपक्षी/प्रतिवादी : वारा जिल्ला दहियार गाउँ पञ्चाय वडा नं. ३ बस्ने जयरामप्रसाद यादव मुद्दा : सार्वजनिक जग्गा कायम गरिपाउँ § जग्गा सार्वजनिक कार्वोल नभई प्रतिवादीको राजीनामा भित्रको देखिँदा सार्वजनिक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा श्री सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।४।१६ गतेको निर्णय दोहर्याई पाउँ भनी वादी रामचन्द्र साह सोनारले न्यायिक समिति मार्फत चढाई पठाएको बिन्तिपत्रमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जिल्ला बारा दहियार गा.पं. वडा नं. ५ मा सर्व सर्वदा कवोल भई मेला समेत लाग्दै आएकोमा सर्वे हुँदा उक्त जग्गा सामुहिक सार्वजनिक कि.नं. ८ को ज.वि. ०–९–० नापी भई फिल्डबुकमा कायम भएकोमा विपक्षीको सगोलको दाजु बलराम राय यादव प्रधानपञ्च भएको अवस्थामा क–कसले के के परिवन्दबाट जाल रची कसको नाममा दर्ता गराई के परिवन्दबाट आफ्नो भाइ विपक्षी जयराम यादवको नाममा दर्ता गराएका रहेछन् थाहा भएन । जग्गा हात हाल्न खोज्दा थाहा पाई अञ्चलाधीश समक्ष निवेदन दिँदा कारवाही केही नगरी तामेली फायलमा राखेको नक्कल माग्दा नक्कल समेत नपाएकोले केही कहीं आधार नभई सरकारको पाउमा आधार लिई निवेदन जाहेर गरेको छु । नारायणी अञ्चलाधीश कार्यालयबाट मिसिल र फिल्डबुक झिकाई सरजमीन समेत बुझी सार्वजनिक देखिएमा तुरुन्त दर्ता बदर गरी नतिजा जाहेर गर्न मालपोत कार्यालय, वाराको नाममा हुकुम प्रमाङ्गी पाउँ भन्ने समेत व्यहोराको निवेदक रामचन्द्र शाहले श्री ५ महाराजाधिराज सरकारको पाऊमा चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र जग्गा व्यक्तिगत दर्ता गराएको हो भने ठाडै बुझी कानुन बमोजिम कारवाही किनारा गरी नतिजा जाहेर गर्नु निवेदकलाई जनाउ दिनु भन्ने समेत हुकुम प्रमाङ्गी भएको व्यहोराको निवेदनपत्र रहेछ । ३. मेरो सम्पूर्ण व्यहोरा बिन्तिपत्रमा उल्लेख भए बमोजिम सार्वजनिक जग्गामा विपक्षीले २ वटा फुसको घर बनाएका छन् भन्ने समेत व्यहोराको निवेदक वादी रामचन्द्र शाहले मिति २०३८।९।६ गते बारा जिल्ला अदालतमा गरेको बयान । ४. वादी दावी उजूर झुठ्ठा हो सार्वजनिक जग्गा दर्ता गराएको समेत छैन । वादी दावी बमोजिम बदर हुनुपर्ने समेत होइन । गणेश विक्रम शाहबाट मैले मिति २०२२।५।२१।६ मा रु. ३,०००।– अक्षेरुपी तीन हजारमा पारित गरी लिएको वादी दावीको जग्गा गणेश विक्रम शाहकै दर्ता तिरो तिरानको जग्गा भई निजले भोग चलन समेत गर्दै आएको हुँ । निजले मलाई मि