निर्णय नं. ११०८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०८ - ज्यान भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/०७ २७७८ निर्णय नं. ११०८ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सरदार इश्वरीराज मिश्र सम्वत् २०३४ सालको फौज्दारी विवध नम्बर ७७ आदेश भएको मिति : २०३४।१०।७।६ मा निवेदक : तेह्रथुम जिल्ला मोराहाङ्ग गा.पं.वार्ड नं.६ घर भई हाल धनकुटा कारागार थुनामा बस्ने डम्बरबहादुर चाम्लागाईसमेत विरुद्ध विपक्षी : संभुवासभा जिल्ला मादी रैकर गा.पं.वार्ड नं.१ बस्ने पञ्च सदस्य शुदर्सन घिमिरेको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) विरोधाभास र प्रकृतिसँग नमिल्दो बयानलाई सह अभियुक्तको अदालतमा गरेको बयानको भरलेमात्र ज्यान जस्तो कसुरमा अपराधी ठहर्याउन नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वैतनीक अधिवक्ता श्री नुतनबहादुर थपलिया र विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा : प्रतिवादी धर्मानन्द तामाङ समेतले श्री ५ महाराजाधिराज सरकारका जुनाफामा सवारी सिविर धनकुटामा झुटो अभियोगबाट अलग गराई पाउँ भन्ने विषयको द.नं.१३९ समेतमा चढाएको विन्तिपत्रमा बक्समै आएका हुकुम प्रमाङ्गी बमोजिम इन्साफ जाँच निमित्त लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछन् : २. यस मादी रैकर गा.पं. वार्ड नं. ८ ठूला बैराङ्ग सिरानमा सहरे भन्ने जङ्गलमा त्यस ठाउँमा मानिसबाट मौखिक मानिस झुण्डी मरेको हाड हड्डी दाम्ला समेत छ भनी भनेको हुँदा हामी सो ठाउँमा गई हेर्दा सडी गई हाड हड्डी दाम्ला रुख समेत फेला परेकोले त्यस कार्यालयबाट कानूनी कारवाही गर्ने अवगत गराउँछौं भनी ०३१।४।२३ मा मादी रैकर गा.पं. कार्यालय संखुवासभा जिल्लाबाट चैनपुर थानालाई लेखेको पत्र र सो पत्र सुनाई प्रहरीबाट कागज गराउँदा पत्रमा उल्लेख भएका स्थानमा एक जना मानिस केही दिन अगाडि नै झुण्डी मरी मासु सडी गली गइसकेको हामीले देखेको पनि हौं सो घटनास्थलदेखि वरपर आसपासको मानिस हराएको भन्ने नबुझिएकोले अन्यत्र कुनै ठाउँको मानिस आत्महत्या गरी मरेको जस्तो लाग्छ भन्ने समेत पत्र लिई जाने भनी पं. स. सुदर्शन घिमिरेले प्रहरी थानामा ०३१।४।२४ मा गरिदिएको कागज रहेछ । ३. २०३१।३।७ का दिन म घरमा वसी राखेको बखत बेलुका पख अं. ६ बजेको समयमा एक जना नाउँ थाहा नभएको राई या लिम्बु जस्तो मानिस धरान धनकुटातर्फ कताबाट हो आई डम्बरबहादुरको दोकानमा गई बसी जाँड रक्सी खाई कुखुरा पकाई दे भनेछ, डम्बरबहादुरको श्रीमती नौलीले मलाई बोलाई कुखुरा समाई काटी देऊ भनेबाट गई कुखुरा समाई काटिदिएको छु सो पछि लिम्बु लाहुरे तला माथि तास खेलेको ठाउँतर्फ गई तास खेल्न थालेको थियो, म आफ्नो दोकानतर्फ गएं, रात अं. ८ बजेको समयमा धर्मध्वज तामाङ र सो लाहुरे तास खेलेको ठाउँमा बाजाबाज गरी कराएका आवाज आएकोले गई निजको दोकान घरको दैला छेउको प्वालबाट हेर्दा निज लाहुेरलाई सुपारे भन्ने डम्बरबहादुरले घाँटीमा समाई निचोरी रहेको र सदस्य कान्छा भनेका धर्मध्वजले दाउराको कचेतले लिम्बुलाई हिर्काएको देखेको थिएँ अरू काइँला सेर्पा श्री बहादुर गुरुङ समेत सोही ठाउँ थिए, उनीहरूले पनि समाउने गरेका र सोही चोटबाट निज लाहुरे मरेपछि निजका साथको रु.१६००।डम्बरबहादुरको श्रीमती नौलीलाई राख्न दिई सो मृतक लाउरेको लास डोकामा बोकी लगेकोसम्म देखें, लेखिएका मानिसको सहमतले डम्बरबहा