निर्णय नं. ३९३० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३० - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/२० २१९७ निर्णय नं. ३९३० ने.का.प. २०४६ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४४ सालको फौ.पु.ई.नं. २८ फैसला भएको मिति : २०४६।९।२०।५ मा पुनरावेदक/वादी : कमलप्रसाद ज्ञवाली तथा प्र.ह. दमनबहादुरको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला केरवानी गा.पं. वडा नं. ९ केरवानी बस्ने कमलप्रसाद ज्ञवाली मुद्दा : कर्तव्य ज्यान § तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल अनुमान गरी दोषी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदक/वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :– २. मिति २०३८।९।१ का साँझ स–परिवार खानपिन गरी सुति निदाएका थियौं । राती श्रीमती प्रेमलता जमुनाको रुखमा नाम्लाको डोरीले पासो लगाई मरेकी रहिछन् । रातको ११।३० बजेको समयमा साथमा सुतेकी जेठानी जागी वैनी कता गइछन् ? केही बेर पिसाव गर्न गएकी होलिन भनी विचार गर्दा नआएकीले कहाँ गइछन भन्ने कुराको खलबल गर्दा हामीहरूले पनि थाहा पाएपछि खोज तलाश गर्दै जाँदा निज श्रीमती प्रेमलतालाई जमुनाको रुखमा झुण्डी मरेको देखें । निजको छोरा ८ महीनाको बालक २०३८ साल साउनमा मरेको र छोरा मरेदेखि निजको दिमाग राम्रो थिएन । निजले मरेको छोराको साह्रै अपसोच गरी खिन्न भई आफैंले आत्महत्या गरी मरेकी हुँदा उक्त लास सुरक्षित राखी भएको व्यहोरा दर्खास्त गर्न आएको छु भन्ने समेत व्यहोराको कमलप्रसाद ज्ञवालीको जाहेरी दर्खास्त । ३. १२ फुट अग्लो भएको जमुनाको रुखको हाँगामा लाश झुण्डिएको हाँगामा नाम्लाको सुरकेनी गाँठो पासो बनाई लगाएको सो नाम्लोको अर्का सिरको डोरीमा प्रेमलताको घाँटीमा एकसरो गाँठो पारी पासो लगाएको सो गाँठो बायाँ कानको किनारामा भएको मुख केही तेर्सो भई पूर्व उत्तर तर्फ भएको दाहिने च्यापुमा नंगले कोरिएको रातो घाउ र केहि रगतको थोप्लो जमी कालो भएको मुख खुल्ला भई जिब्रो टोकेको दुवै आँखा खुल्ला भई आँखा फुस्रा र नानी केहि ठुलो भएको घाँटीमा नागवेली डाम भएको दुवै हात खुल्ला नंग केही नीलो मलद्वारबाट दिशा निस्केको योनी मार्गबाट केही ननिस्किएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. The cause of death in this case is strangulation in neck and aspiction भन्ने समेत मेडिकल अधिकृतको राय भएको लाश जाँच प्रतिवेदन । ५. स्वास्नी प्रेमलतासंग वारम्बार झगडा भई रहने हुनाले यसलाई मारेमा अर्की स्वास्नी ल्याउन पाउँछु भन्ने नियतले वारदातको रातमा निज श्रीमतीलाई करणी गर्ने निउपारी पल्टाई रातको अन्दाजी ११।३० बजे दुवै हातले घाँटी समाई दुवै लातले छातिमा टेकी १५ मिनेटमा मुत्यु भएकोले नाम्लोले घाँटीमा पासो लगाई जमुनाको रुखमा झुण्ड्याई दिएको हुँ भन्ने समेत व्यहोराको कमलप्रसाद ज्ञवालीले प्रहरीमा गरेको बयान । ६. कमलप्रसादले प्रेमलतालाई कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने रामप्रसाद चौधरी, राम आश्रय यादव, चिला थारु, नन्दराम चौधरी, भोलाप्रसाद थारु, शिबप्रसाद थारु, मोलाही चुलाही थारु समेतका मानिसको भनाई र प्रेमलतालाई कमलप्रसादले मारेका हुन् होइनन् भन्न सक्दैनौं भन्ने