निर्णय नं. ३९३१ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९३१ - लिखत बदर भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/२५ २०७८ निर्णय नं. ३९३१ ने.का.प. २०४६ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.ई.नं. ११० फैसला भएको मिति : २०४६।९।२५।३ मा निवेदक/प्रतिवादी : का.जि. भगवान स्थान गा.पं. वडा नं. ७ बस्ने भुवनराज शाक्य विरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. ७ चिकंमुगल डेरा गरी बस्ने राधादेवी शर्मासमेत मुद्दा : लिखत बदर § वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १४) § लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदर तर्फ यो वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी मध्येका नन्दनप्रसाद, मुरारीप्रसादको साख्यै भाइ र राधादेवीका देवर हुनुहुन्छ । हामीहरूका पिता तथा ससुरा ०२३ साल चैत्र ६ गते स्वर्गे हुनु भएबाट आमा सूर्यकुमारी र वहाँका जेठो छोराको विधवा बुहारी राधादेवी, मुरारीप्रसाद र नन्दनप्रसाद समेत जम्मा ४ अंशियार जीवित छौं । राधादेवी विधवा भएकी र सन्तान समेत कोही नहुँदा का.जि. चिकंमुगल डेरा गरी स्कुलको शिक्षिका भई धेरै वर्ष देखिन घरबाट अलग बस्ने गरिआएकी, मुरारीप्रसाद नोकरीको सिलसिलामा विराटनगर, गोर्खा खटी गएकोले, बाहिर जिल्ला तिर बस्नु परेको, उपत्यकामा नै बसेका अवस्थामा जहान परिवार नमिल्नाको कारण म घर बाहिरै डेरा गरिआएकोले घरमा विपक्षी भाइ, आमा पिताजी बस्ने गरिआएको, पिताजी परलोक भएपछि आमा सूर्यकुमारी नन्दनप्रसाद मात्र घरमा बस्ने गरिआएका थियौं । हामी अंशियारका बीच अंशबण्डा भएको छैन । म मुरारी तथा राधादेवी समेतको हक लाग्ने साविक भगवान स्थान गा.पं. वा.नं. २ को हाल का.न.पं. वा.नं. ७ मा पर्ने मुराङखेल टोलको पश्चिम भाइका नाममा खरीद गरेको बगैंचामा विपक्षी मध्येका भुवनराज शाक्यले मानिस लगाई जग खन्न लागेको म साविक वा.नं. ८ पर्ने ज्यापु टोलको बहालको घरबाट हेर्न जाँदा साच्चिकै सो घर बगैंचा खन्न लागेको रहेछन्, सो घरमा आमा भाइ समेतलाई नदेखी वहाँहरू कहाँ जानु भयो भनी नजिकै छिमेकमा सोध्दा यो घर शाक्यजीलाई तपाईका भाइ आमाले राजीनामा गरिदिनु भयो भन्ने समेत जवाफ पाएको शाक्यजीलाई मेरो समेत हक लाग्ने घर जग्गा कसरी लिनु भयो भन्दा भाइको नाउँमा दर्ता नामसारी भएको जग्गा र घर आमा साक्षी राखी लिएको हुँ, मन्जूर बेगर तपाइहरूले मात्र घर बेची रुपैयाँ लिई कतिमा कहिले बेच्नु भयो भन्दा ०३३ पौष महिनामा बेचेको हो, जम्मा रु. ३९,०००।– आएको थियो त्यो पनि घर खर्च भइसकेको छ, तपाईको र भाउजूको भाग २।४ दिनमा दिउँला भनकोले हप्ता दिन भन्दा बढी पर्खदा हाम्रो भागको रुपैयाँ दिने नियत नगरी विपक्ष भुवनराज शाक्यसँग मिली उजूर गर्ने म्यादै समाप्त गरी दिने नियत गरेबाट भू.प्र.का. काठमाडौं आई ०३३ पौष म