निर्णय नं. ११०९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/१८ २५६३ निर्णय नं. ११०९ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको रिट नम्बर १४२९ आदेश भएको मिति : २०३४।१०।१८।३ मा निवेदक : सप्तरी जि.मल्लेठ गा.पं. वार्ड नं. ७ बस्ने रतिलाल यादव विरुद्ध विपक्षी : भूमि प्रशासक भूमिप्रशासन कार्यालय सप्तरी राजविराज समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) झगडा परी रोक्का रहेका बाली फुकुवा दिने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (६) प्रयोग हुन सक्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी” उल्लेखित मुद्दा : आदेश का.मु.प्र.न्या.वासुदेव शर्मा : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : रतिलाल यादवको छोरा अम्बरनारायण यादवको नाउँमा दर्ता रहेको जग्गा मोही भई ०३२ सालको बाली लगाएको बाली धरौटी रहेको फिर्ता पाउँ भन्ने खुसिलाल, सत्यदेव, मेवालाल ढोढाई भन्ने सीताराम यादव समेतको निवेदन परेकोमा रतिलाल यादव समेतको जग्गामा मोही सम्बन्धी झगडा परी ०३२ सालको बाली रोक्का भई सीताराम जिम्मा रहेको सजाय गरी आउन खटी गएको कर्मचारीले पेश गरेको सरजमिन मुचुल्का जग्गाधनीले आफ्नो फाँट बुझी लिएको भरपाई र पेश गरेको प्रतिवेदन समेत हेर्दा ०३२ सालको बाली वापत धरौटी रहेको मोहीबोटी रु १३५७।५० मध्ये भूमिसम्बन्धी ऐन, ०२१ को संशोधन सहितको दफा ३६ को उपदफाबमोजिम सयकडा २ प्रतिशतका दरले कट्टी गरी खुसिलाल यादवले रु ३९२।९३ सत्यदेव यादवले ४७८।४७ मेवालाल यादव रु.३३३।४४ ढोढाई भन्ने सीताराम यादवले रु.१२५।४९ मोहीबोटी उठाई लिनु दिनुपर्ने मुनासिव देखिँदा पेश गरेको जो आदेश भन्ने टिप्पणीमा सदर भन्ने भई ०३३।५।८ मा निर्णय भएको रहेछ । ३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक रतिलाल यादवले दिएको रिट निवेदन पत्रमा मोही हुँ भनी झुटो कबुलियत र भरपाईको आधारमा विपक्षले उजूर गरेको थियो । लिखत कीर्ते जालसाजी भनिएकोले अदालतबाट छुट्याई ल्याएको बखत मोहियानी कारवाही हुने सुनाइएको थियो अदालतमा दायर भए कीर्ते मुद्दा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट लिखतहरू जालसाज ठहराई ०३२।११।५ मा निर्णय भएको अन्तिम रुपमा छ । रोका रहेको मोहीबोटी उठाउन जाँदा पहिलेनै विपक्षीहरूलाई दिइएको सुनियो र नक्कल सारी हेर्दा मोहीहरूलाई मोहीबोटी उठाई लिनु दिनुपर्ने देखिन्छ भन्ने निर्णय गरेको देखिन्छ उक्त निर्णय कानूनी त्रुटीपूर्ण र प्रबृत रहेको स्वतः सिद्ध छ । आदेशनुसार रोका रहेको मोहीबोटी निर्णयावस्था अझ विचाराधीन रहेको अवस्था जनाउ व्यक्तिहरूको एकसरो निवेदनहरूमा मोहीलाई मोहीबोटी पाउने भनी निर्णय गरेको अनाधिकार साथै जग्गा मिच्नेको १० नं. को प्रत्यक्ष प्रतिकूल छ असर पर्ने व्यक्ति मलाई बुझ्दै नबुझी गरिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल छ जुन जग्गाको मोही सम्बन्धी विचाराधिन र निर्णयको टुङ्गो नलागुन्जेल मोहीबोटी रोक्का रहेको छ सोही कार्यालयले मोहीलाई मोहीबोटी पाउने भनेको अधिकार क्षेत्रात्मक दोष छ र साथै अ.बं. ८५ र ८९ नं.समेतको प्रतिकुल छन् हचुवा टिप्पणीमा कुनै विवेक कारण र आधार नगरी टिप्पणी सदर गरेको छ, पूर्व आदेशलाई