निर्णय नं. ३९३२ - आगलागी ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३२ - आगलागी ज्यान मार्ने उद्योग भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/०४ २२३७ निर्णय नं. ३९३२ ने.का.प. २०४६ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.ई.नं. ३० सम्वत् २०४५ सालको फौ.पु.ई.नं. ३१ फैसला भएको मिति : २०४६।९।४।३ मा सं.ई. बाट फैसला भएको मिति : २०४४।३।२६ विन्तीपत्रवाला/प्रतिवादी : धनकुटा जिल्ला छिन्ताङ गा.पं. वडा नं. ३ बस्ने गडुल तेली राई विरुद्ध विपक्षी/वादी : कृष्ण आनन्द राईको जाहेरीले श्री ५ को सरकार मुद्दा : आगलागी ज्यान मार्ने उद्योग § ज्यान मार्ने उद्योगमा दावी लिएकोमा सो भन्दा कम सजायँ हुने अपराध गरेको देखिएमा सो बमोजिम सजायँ गर्न कानुनले मिल्ने । (प्रकरण नं. १५) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी फैसला न्या. गजेन्द्रकेशरी बास्तोला : श्री ५ महाराजाधिराज सरकारका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४४।३।२६ मा भएको फैसला दोहोर्‍याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी गडुल तेली राईले न्यायिक समिति र विशेष जाहेरी विभाग मार्फत चढाउनु भएको बिन्तिपत्र मौसूफ सरकारका जुनाफमा जाहेर हुँदा यस्मा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट २०४५।६।६ मा लेखिआए बमोजिम पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. राती घरमा सुतिरहेको अवस्थामा गडुल तेली राईले मिति २०३७।१।१९ मा घरको पूर्वतर्फबाट आगो लगाई भागेको समेत देखिएको, सो आगलागीबाट बिगो रु. २०६०।– को धनमाल नोक्सान भएकोले बिगो समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको कृष्ण आनन्द राईको जाहेरी । ३. गडुल तेली राईले नै आगो लगाई भागेको समेत देखेका छौं जाहेरी अनुरुपको धनमाल नोक्सान भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ४. सबूद प्रमाणबाट गडुल तेली राईले नै आगो लगाएको पुष्टि हुन आएबाट कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन । ५. वारदातमा म संलग्न छैन भन्ने समेत व्यहोराको गडुल तेली राईको अदालतमा भएको बयान । ६. संकलित सबूदको आधारबाट गडुल तेली राईले जाहेरवालाको घरमा आगो लगाएको ठहर्दैन भन्ने समेत व्यहोराको धनकुटा जिल्ला अदालतको फैसला । ७. उक्त फैसलामा चित्त बुझेन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको पू.क्षे.अ. मा श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनपत्र । ८. इन्साफमा कानुनी त्रुटि देखिँदा प्र.गडुल तेली राईलाई झिकाई पेश गर्नु भन्ने पु.क्षे अ. को आदेश । ९. यस्मा ज्यान मार्ने उद्योग तर्फको आरोपबाट प्र. लाई सफाई दिएको शुरु इन्साफ मिलेकै हुँदा त्यसतर्फ श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.गडुल तेली राईले जाहेरवालाको बाख्राको खोरमा आगो लगाएको र त्यसबाट प्रतिवेदन दावी बमोजिम जाहेरवालाको बिगो नोक्सानी गरेको कुरा समर्थित हुन आएकोले आगो लगाउनेको महलको ४ नं. ले चौपाया नमरेको भए छ महिना कैद हुनेमा बाख्रा मरेको समेत देखिँदा सोही नं. बमोजिम ६ महिना कैद र सोही महलको १० नं. ले प्रतिवेदन दावीको बिगो समेत जाहेर