निर्णय नं. १११० - परमादेशको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११० - परमादेशको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१०/१७ २६४४ निर्णय नं. १११० ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३४ सालको रिट नम्बर ७०६ आदेश भएको मिति : २०३४।१०।१७।२ मा निवेदक : का.न.पं.वार्ड नं.१ बस्ने शा.अ.श्रीमती शारदा मानन्धर विरुद्ध विपक्षी : लोकसेवा आयोग, पदोन्नति शाखा विशालनगरसमेत विषय : परमादेशको आदेश जारी गरी पाउँ (१) आफूले पाई राखेको प्रमाणपत्रको आधारमा गरेको उजूरी दावीलाई आधारहीन उजूरी दावी भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा : आदेश का.मु.प्र.न्या. वासुदेव शर्मा : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयको लागि यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : राजपत्राङ्कित तृतीय श्रेणीबाट द्वितीय श्रेणी प्रशासन सेवाको मिति ०३३।१२।११ को गोरखापत्रमा प्रकाशित नामावलीबारे चित्त नबुझी नि.से.नि. ३.५(९) र (१०) अनुसारको तपाईले दिनु भएको उजूरी उपर छानवीन हुँदा तपाईले हासिल गर्नु भएको सर्टिर्फिकेट इन पपुलेशन स्टडिज डिप्लोमा इन पपुलेशन स्टडिज कै एक अङ्ग हो भन्ने कुरा तपाईले पेश गर्नु भएको इन्टर नेशनल इन्स्टीच्यूट फरम पपुलेशन स्टडिजको प्रोस्पेक्टसबाट स्पष्ट भएकोले छुट्टै तालिम मान्न नसकिने, तपाईको दावी आधारहिन भएकोले नि.से.नि. ३.५(११) अनुसार अब हुने बढुवामा तपाईले प्राप्त गरेको कुल अङ्कको नियमानुसार अङ्क कट्टा गर्ने आयोगबाट निर्णयभएको अवगतार्थ अनुरोधगर्दछु भन्ने लोकसेवा आयोग (उजूरी एवं निरक्षण शाखा) बाट ०३४।३।८ मा निवेदकलाई जनाउ दिएको रहेछ । ३. निवेदक शारदा मानन्धरले दिएको रिट निवेदनमा म निवेदिका ०२१ साल श्रावण १ गतेदेखि श्री ५ को सरकारको सेवामा प्रवेश गरी हाल केन्द्रिय तथ्याङ्क विभागमा कार्यरत छु । श्री ५ को सरकारको प्रशासन व्यवस्था विभागको निर्णयानुसार भारत स्थित इन्टर नेशनल इन्स्टिच्यूट फरम पपुलेशन स्टडिज बम्बई गई २२ जुलाई १९७४ देखि जुन १९७५ सम्म एक वर्ष जनसंख्या विषयमा सेवाकालिन बैदेशिक तालिम हासिल गरी द्वितीय श्रेणी प्राप्त गरेको हुँदा नि.से.नि. ३.५(घ) अनुसार २० नम्बरकि म निर्विवाद हकदार भएकी छु, ०३२।३।३२ को श्री ५ को सरकारको निर्णयानुसार छात्रबृत्ति प्राप्त गरी जुलाई १९७५ देखि जुन १९७६ सम्म उपरोक्त इन्स्च्यिूटमा अध्ययन गरी डिप्लोमा हासिल गरी द्वितीय श्रेणी हुँदा नि.से.नि. ३.५(५) बमोजिम अंङ्क पाउनु पर्ने पष्ट छ, राजपत्राङ्कित तृतीय श्रेणीबाट द्वितीय श्रेणी पदमा पदोन्नति हुन सिफारिश गरिएका व्यक्तिहरूको नाम निस्कियो जसमा ८५ औं स्थान पाउने व्यक्तिको २७०.५० अङ्क भएको उल्लेख छ, २८८ नम्बर भएकि म निवेदिकाको नाम उक्त नामावलीमा सामेल नहुँदा उजूरी गरेंं, विपक्षी लोकसेवा आयोग उजूरी एवं निरक्षण शाखाले मेरो कुल अङ्कको नियमानुसार अंङ्क कट्टा गर्ने निर्णय भएको जनाउ दिएको छ, नि.से.नि. ३.५ ले वैदेशिक तालिम र अतिरिक्त शैक्षिक योग्यताको लागि अतिरिक्त नम्बर दिइनु अनिवार्य छ । यस कानूनी व्यवस्थालाई विपक्षी लोकसेवा आयोग समेत मेरो सन्दर्भमा परिपालन नगरी मप्रति घोर असमानता पूर्ण व्यवहार गरेको छन् मैले २२ जुलाई .१९७४ देखि जुन १९७५ सम्मको एक वर्षको अवधिमा हासिल गरेको सर्टिफिकेटलाई