निर्णय नं. ३९३३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३३ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०६/२९ २१९३ निर्णय नं. ३९३३ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको फौ.पु.नं. ६०९ फैसला भएको मिति : २०४६।६।२९।१ मा पुनरावेदक/प्रतिवादी : जि. का.कारागार शाखा कास्कीमा थुनामा रहेको रामबहादुर गुरुङ विरुद्ध विपक्षी/वादी : सूर्यबहादुर थकालीसमेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान § संकलित सबूद प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठीक नभएको भन्ने जिकिर लिंदैमा वस्तुगत र ठोस सबूद प्रमाण बिना अपराधिक दायित्वबाट छुट्कारा दिनु न्यायसंगत नदेखिने । (प्रकरण नं. ३०) § प्रचलित कानुन बमोजिम सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजमा नै रहने । (प्रकरण नं. ३०) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गाना फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१४।३ को फैसला उपर प्रतिवादी रामबहादुर गुरुङको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. २०४१ साल फाल्गुण १९ गतेका दिन बिहान ६:३० बजेको समयमा लुम्ले गा.पं. वडा नं. ५ बस्ने रामबहादुर गुरुङले घरको बार्दलीमा सुतिरहेका दाज्यू मुकुन्दहरी र भतिजा रामचन्द्रलाई उक्त हतियारले प्रहार गर्दा रामचन्द्रको विस्तरामै मृत्यु भएछ । दाज्यूको छाती र हातमा गोली लागी हात काटी फाली उपचार हुँदैछ । गोलीको आवाज सुनी गाउँले र म समेत दाज्यूको घरतिर आउँदा रामबहादुर गुरुङ हातमा बन्दुक लिई भाग्दै गरेको देख्दा प्रष्ट भयो । अपराधी रामबहादुरलाई कानुन बमोजिम होस् भन्ने लुम्ले गा.पं. वडा नं. ५ बस्ने बलराम देवकोटाले मिति २०४१।११।१९ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त । ३. मिति २०४१ साल फागुन १९ गते बिहान अं. ६ बजेको समयमा मेरा दाजु कर्णबहादुर उठी पसल खोल्न लागेको समयमा लुम्ले गा.पं. वडा नं. ५ बस्ने रामबहादुर गुरुङले रिवल्वरले गोली हानेछन् र दाजुको घटनास्थलमै मृत्यु भएछ । हल्ला खल्ला सुनी जाँदा साइँलो दाजु चन्द्र प्रकाश, काइँलो दाजु कुलबहादुर समेतलाई गोली हानी मारेको हुँदा अपराधी रामबहादुर गुरुङलाई कानुन बमोजिम कारवाही होस् भन्ने लुम्ले गा.पं. वडा नं. ५ बस्ने सूर्यबहादुर थकालीले मिति २०४१।११।१९ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त । ४. मिति २०४१।११।१९ गतेको बिहान अं. ६ बजेको समयमा दाजु कर्णबहादुर, चन्द प्रकाश, कुलबहादुर समेत जना तीनलाई अभियुक्त रामबहादुर गुरुङले मार्ने मनसायले गोली हाने मध्ये उपचारको लागि दाजु कुलबहादुरलाई ग.अं. अस्पतालमा लगिएकोमा सोही गोलीको चोटबाट मरेको हुँदा अपराधी रामबहादुर गुरुङलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत सूर्यबहादुर थकालीले मिति २०४१।११।१९ मा जि. प्र.का. कास्कीमा दिएको जाहेरी दर्खास्त । ५. कर्णबहादुर थकालीको घर सो घर दक्षिण बाटो तर्फ मोहडा गरेको टिन ढुङ्गा समेतले छाएको २ तले पक्की घर, सो घरको पूर्वपट्टी भान्छा कोठामा ताला नलगाई ढोकामात्र लगाएको खोल्न लगाई भित्र पसी हेर्दा मृतक कर्णबहादुर थकालीको र चन्द्र प्रकाशको २