निर्णय नं. ११११ - उत्प्रेषणको आदेश जारी गरी पाउँ (

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११११ - उत्प्रेषणको आदेश जारी गरी पाउँ ( भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/११/१७ २५५३ निर्णय नं. ११११ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपट सिंह रावल माननीय न्यायाधीश श्री इश्वरीराज मिश्र सम्वत् २०३३ सालको रि.फु.नं. ३३ आदेश भएको मिति : २०३४।११।१७।३ मा निवेदक : मोरङ बयरवन गा.पं. वार्ड नं.१ बस्ने कृष्णप्रसाद घिमिरेसमेत विरुद्ध विपक्षी : भूमि प्रशासक मोरङ भूमिप्रशासन कार्यालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) मोहियानी लागेको वा नलागेको अवस्थामा जग्गामा रहेको जग्गावालाको हक र स्थिति फरक हुन आउने हुनाले विपक्षीको निर्णयले निवेदकलाई कुनै असर पारेको छैन वा असर पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी कृष्णप्रसाद घिमिरे भुपेन्द्रप्रसाद घिमिरेले दिएको निवदेनमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत न्यायिक समितिको सिफारिशमा श्री ५ महाराजाधिराज सरकारबाट दोहर्‍याई दिनुभन्ने हुकुमबक्स भई आएबमोजिम मुद्दा दोहरी यसबेञ्च समक्ष पेशहुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : मुकुन्दप्रसाद घिमिरे नाम दर्ताको मोरङ बयर गा.पं.वार्ड नं.१क कि.नं.५५ को २।१५।० जग्गाको २०२९ सालको बाली बुझेको सहोदर भाइले तेजप्रसाद घिमिरेले मिति ०२९।१०।१५ मा भरपाई गरिदिएको निज मुकुन्दप्रसादबाट दण्डीकेशरका छोरा भतिजा भुपेन्द्रप्रसाद र कृष्णप्रसादका नाममा संयुक्त दर्ता गरी पास गरी लिएको सो जग्गाको मेरा नाममा मोही कायम हुन बाँकी भएको २०२५ सालदेखि मैले उक्त जग्गा जोति आएको छु भनी ०२९ सालको बाली बुझाएको भरपाई नक्कल र जग्गाधनी मुकुन्दप्रसाद घिमिरेको प्रतिनिधि तेजप्रसाद घिमिरेले गरिदिएको कबू्लियत समेत सम्लग्न राखी मोही कायम गरी पाउँ भन्ने माग गरी भूमिप्रशासन कार्यालयमा कारवाही चलिरहेको छ । नापीको समयमा सो जग्गा देवान सतारले जोतेकोले निज देवान सतारका नाममा से्रस्ता खडा भएको बयान गराएकोमा २०२५ साल अघि सो जग्गा जोतेको हो त्यसको वाद आफ्नो असमर्थको कारणले मैले जोत्न छाडेकोले श्रीप्रसादले जोती आएकोले निजको नाममा मोही कायम गरी मेरा नामको मोही लगत कट्टा गरी दिएमा मेरो मन्जूर छ भन्ने देवान सतारको ०३१।९।१३ को बयान । निज उजूरवाला श्रीप्रसाद न्यौपानेको नाममा सो जग्गाको मोही कायम गर्न नमिल्नेतर्फ निर्णय दिनुपर्ने देखिन आएकोमा उक्त जग्गा २०२५ सालदेखि जोति आएको र २०२९ सालको बाली बुझाएको भरपाई जग्गाधनी मुकुन्दप्रसाद घिमिरेको प्रतिनिधि तेजप्रसाद घिमिरेले गरिदिएको जग्गा भनी र मोही बीच हुनुपर्ने कबुलियत समेत निज वादीले पेश गरेकोमा स्रेस्तामा वयर गा.पं वार्ड नं.१ बस्ने देवान सतार सो जग्गाको मोही कायम देखिँदा निज देवान बुझिंदा २०२५ साल अघि मैले जोतेको २०२५ सालदेखि आफ्नो असमर्थताको कारण जोत्न छाडी श्रीप्रसादले जोतेको हुन् भनी बयान गरी श्रीप्रसाद न्यौपानेको नाममा मोही कायम गरी मेरा नाउँको लागत कट्टा गरिदिएकोमा मेरो मञ्जुर छ भनी लेखिदिएको देखिँदा भू.सं. ऐन, २०२१ को दफा २५ (२) बमोजिम श्रीप्रसाद न्यौपानेको नाममा उक्त जग्गा मोही कायम हुन