निर्णय नं. ६९०९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९०९ - कर्तव्य ज्यान भाग: ४२ साल: २०५७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५६/१०/२४ २३५९ निर्णय नं. ६९०९ ने.का.प. २०५७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५५ सालको फौ.पु.नं. ...१९३२ फैसला मितिः २०५६।१०।२४।२ मुद्दाः कर्तव्य ज्यान । वादीः राजमानको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः काभ्रेपलाञ्‍चोक जिल्ला, नयागाउँ गा.वि.स. वडा नं. ९ बस्ने मलाङगाई भन्‍ने सन्तबहादुर तामाङ समेत पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्‍चोक जिल्ला, नयागाउँ गा.वि.स. वडा नं.९ घर भई हाल केन्द्रीय कारागार जगनन्‍नाथदेवल काठमाडौंमा थुनामा रहेका मलाङगाई भन्‍ने सन्तबहादुर तामाङ समेत विरुद्ध प्रत्यर्थी/वादीः राजमान लामाको जाहेरीले श्री ५ को सरकार § मिति २०४९।८।७ गते बिहान छोरा महादेवस्थान गा.वि.स.मा सतविज छर्ने जात्रा हेर्न गएकोमा छोरा लालकाजीलाई मलाङगाई भन्‍ने लालबहादुर र साईला भन्‍ने सार्कीमानले छुरी प्रहार गरी मारेकोले कारबाही गरी पाउँ भन्‍ने किटानी जाहेरी परेको देखिन्छ । रगत लागेको छुरी र हिलो लागेको कपडा प्रतिवादी सन्तबहादुरको घरबाट बरामद भएको र निज सन्तबहादुरले सनाखत समेत गरेको देखिन्छ । मुटु तथा फोक्सोमा भएको फेटल इन्जुरीबाट अकस्मात मृत्यु भएको भन्‍ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । मैले मेरो साथमा भएको फलामे छुरीले मृतकको टाउको र छातीमा हानेँ र त्यसपछि त्यहाँबाट भागेर गए भनी प्रहरीमा र मैले मृतकलाई २, ३ चोटी छुरीले हिर्काएको हो भन्‍ने अदालतमा कसूरमा सावित भै प्रतिवादी सन्तबहादुरले बयान गरेको देखिन्छ । अन्य प्रतिवादीहरुले समेत मृतकलाई सन्तबहादुरले मारेका हुन भन्‍ने सुनेको हुँ भनी बयान गरेको देखिन्छ । सर्जमिनका मानिसहरुले समेत प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट लालकाजी तामाङ्गको मृत्यु भएको भनी लेखाई दिएको देखिन्छ । यसरी संकलित प्रमाणहरुबाट मृतक लालकाजीको मृत्यु प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट भएको कुरा पुष्टी हुन आएको देखिँदा निज प्रतिवादी सन्तबहादुर तामाङ्गलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्‍व सहित जन्मकैद हुने ठहराएको शुरु काभ्रेपलाञ्‍चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादी सन्बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी सन्‍तबहादुरले मार्ने मनसायले छुरी जस्तो जोखिमी हतियार पटक-पटक प्रहार गरी हत्या गरेको देखिन्छ । प्रतिवादी सन्तबहादुलाई घटी सजाय हुनुपर्ने सम्बन्धमा शुरु र पुनरावेदन अदालतले कारण सहितको खुलासा राय व्यक्त गरेको समेत देखिदैँन । कसूरमा प्रतिवादीले प्रहरी र अदालतमा सावित भै बयान गरेको देखिन्छ । तसर्थ अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने भन्‍ने शुरुले जाहेर गरेको रायलाई सदर गरेको पुनरावेदन अदालत पाटनको राय मिलेको नदेखिने । (प्र.नं.२५) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदनको रोहमा र ऐ.दफा १०(२) अन्तर्गत साधक जाँचको लागि पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. मिति २०४९।८।७ गते विहान ११ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला महादेवस्थानम सदविज छर्ने जात्रा हेर्न भनी मेरो छोरा लालकाजी तामाङ र छोरी कुमारी र साहिली तामाङनी, गाउँका मानिस समेत सो जात्रा हेर्न गई भोलिपल्ट निज