निर्णय नं. ३९३४ - जारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३४ - जारी भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/२८ २३३३ निर्णय नं. ३९३४ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४४७।४८४ फैसला भएको मिति : २०४६।८।२८।४ मा निवेदक/प्रतिवादी : जि. सिराहा गा.पं.सिराहा वडा नं. ४ बस्ने धनिकलाल महतो सुडीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ७ बस्ने ईन्द्रनारायण मानन्धर मुद्दा : जारी § वादी दावी बमोजिम जारी गरेको भन्ने वादी दावी शंकारहित तवरबाट स्थापित भएको नदेखिएको यस्तो स्थितिमा प्रतिवादीलाई जारी गरेको भन्ने तथ्ययुक्त आधार नदेखिँदा जारी गरेको भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवन ओझा विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी छुट्टा छुट्टै पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ:– २. विपक्षी तारादेवी मेरी विवाहिता पत्नी हुन् निजबाट १ छोरा १ छोरी जन्मेका छन् । अरुसंग अनुचित सम्बन्ध गर्लिन भन्ने विश्वास थिएन विपक्षी धनीकलाल मेरो घर छेउ लक्ष्मीनारायण प्राथमिक विद्यालयको हेड मास्टर भएकोले मेरो घरमा आवात जावत गरी ठट्टा गर्ने गर्थे तापनि शंका गर्ने कुरा थिएन । मिति २०३६।३।११ गतेका दिन अं. ११ बजेको समयमा मेरो अनुपस्थितिमा मेरो घरबाट आफ्नो घरमा लगी करणीमा चुकेर चुकाएको समेत कुरा प्रमाणका मानिसद्वारा जानकारी भई विपक्षीहरूलाई खोज तलाश गर्दा फेला नपरेकोले जारी भएको यकीन भयो । विपक्षी मेरी पत्नी हुन् भन्ने जानी जानी जारी गर्ने विपक्षीलाई कैद र सजायँ गरिपाउँ भन्ने वादी दावी । ३. फिरादमा उल्लेख गरेको कुरा फरेबपूर्ण हो वादी मष्तिकको कमजोर व्यक्ति हुन् र मेरो पति पनि हुन मेरो दाम तलब आउँदा सरसापटी लिने गरेकोमा मैले विरोध गर्दा मेरो पति घरमा नभएको अवस्थामा कुटपीट गर्ने गरेको थियो । विपक्षी वादीका दाजु हरिनारायण भाइ समेतबाट फकाई बजैबाट पाएको बकस जग्गाको लोभमा पारी मेरा पतिबाट बिक्री गर्न लगाई सो रुपैयाँ बेइमानी गरी लिए र मैले माग्दा सागरवतीको जिम्मा छ उसको लोग्नेलाई समात तिमीसंग बलत्कार गर्न खोज्ने भनी समातेमा उक्त जग्गा छाडी दिन्छु भनेर मलाई भनेकोमा मैले मानिन सो को रिस रहेछ वादीको दाजुभाई समेतले आपसमा सल्लाह गरी मलाई धनिकलाल सुडीको पत्नी भनी यो जारी मुद्दाको सृजना गरी म अबला नारीको वादी दावा अनुसार जारीको २ नं. अनुसारको सजायँ भोग्न पर्ने होइन भन्ने प्रतिवादी तारादेवी मानन्धरको प्रतिउत्तरपत्र । ४. वादी दाजुसंग भिन्न बसेका र आफ्नो कमाई बाट बाल बच्चाको भरण पोषण गर्न नसक्ने स्थितिका व्यक्ति हुन वादी र दावीको दाजु मिली मेरो श्रीमतीसंग जग्गा बिक्री गर्न खोज्दा दामकाम गरी लिखत लेखी सकेपछि पास नगरी म्याद गुजारी दिएकोले मेरी पत्नीले लिखत पास मुद्दा गर्ने गरी विपक्षी वादीको दाजुभाई समेतले निज वादी उपर अंश दर्ता मुद्दा जालसाज मुद्दा मेरो पत्नी उपर दिएका हुन् । विपक्षी वादीका दाजुभाई तथा निजका मेलुवा मानिसहरू मिली मलाई गाली बेइज्जती गरी पसलमा रहेको सामान समेत लुटी लान लाग्दा म कराई भागी गएँ विपक्षी वादीको दाजुभाई हरिनारायण मानन्धर समेत भई कुनै प्रयास सफल नहुने भएबाट म उपर झुठ्ठा