निर्णय नं. १११२ - क.ख. विर्ता जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११२ - क.ख. विर्ता जग्गा भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०८/३० २४७७ निर्णय नं. १११२ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०३३ सालको दे.वि.नं. ३८ फैसला भएको मिति : २०३४।८।३० मा निवेदक : गण्डकी अञ्चल गोरखा जिल्ला आदाङ मोहरिया बस्ने भूमिप्रसाद पाण्डे विरुद्ध विपक्षी : गण्डकी अञ्चल गोरखा जिल्ला बोलङि बस्ने शिवजङ्ग थापाक्षेत्री समेत मुद्दा : क.ख. विर्ता जग्गा (१) जुनसुकै क.ख.विर्ताको झगडा उठाउन पाउने भन्ने नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : आदेश प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा भूमिप्रसाद पाण्डेको हकमा गणेशप्रसादले श्री ५ महाराजाधिराज सरकारमा दिएको निवेदनमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरिछिनी दिनु निवेदकलाई जनाउँ दिनु भनी हुकुम बक्स भई आए बमोजिम देवानी विविधको लगतमा दर्ता भई इन्साफ जाँची निर्णय गर्न निमित्त पेश भएको रहेछ । २. तथ्य यस प्रकार छ : शिवजङ्ग समेतको ज्यादुल सेरा भन्ने खेत मोहियानीमा हक भोग गरी आएको सो जग्गाको मोहियानी हक र थैलीसमेत विषयमा परेको मुद्दा पं.२ नं.गोश्वरामा दायर छ, ९५ सालको लालमोहरहरूबाट क. विर्ताको हुने र सो मुद्दा परिरहेको कुरा केही नदेखाई शिवजङ्ग समेतले आफैले कमाई आएको (ख) विर्ता भनी झुटो कुरा देखाई (ख) विर्ताको विवरण पेश गरेको भन्ने कुरा बुझेकोले सो विर्ता जग्गा ९६ सालदेखि अद्यापि मैले नै भोग चलन गरिरहेको र मैले नै मोहियानी भई कमाएको लालमोहरमा पनि जिन्सि तिरो नभई नगदि नै तिरो ठेकिएको विर्ता उन्मूलन ऐनले त्यस्तो विर्ता जग्गा (क) नै हुने हुँदा पूर्व सु.इन्द्रकुमारीको नरबहादुर पश्चिम उत्तर ज्यादुल खोला सु.इन्द्रकुमारी नरबहादुर गुणप्रतापको दत्तु यति ४ किल्ला भित्रको ज्यादूल खोला सेरो भन्ने खेत मुरी ।६४।४।४को बडसमेत ।८१ को कित्ता १ पूर्व दलबहादुरको मायानाथ पश्चिम गुणप्रतापको लिलानाथ उत्तर गणेशबहादुरको गणेश दत्त ४ किल्ला भित्रको कोकले भन्ने खेत ।१२ को कित्ता १ समेत खेत विपक्षीहरूले (ख) मा दर्ता गरी पाउँ भन्ने विवरण बदर गरी मेरो नाउँमा (क) मा गराई पाउँ भन्ने वा भूमि प्रसादपाण्डेको ०२२।२।७ को निवेदन सनाखत कागज । ३. उजूरीमा लेखिएको ४ किल्ला भित्रको जग्गा भूमिप्रसादको बाबु डिल्लीरामलाई ९६ सालमा रु.२,०००।मा मोल गर्न घरायसी कपाली तमसुक लेखि दिइराखेको पछि मुद्दा पर्दा ०७ साल फाल्गुण २१ गते मिलापत्र हुँदा रु.२,०००। मा रु.४,०००। निजले माफ दिई याम टायममा बुझाई जग्गा निखनाई पाउने मिलापत्र भएको १४ सालमा निखन्न जाँदा नदिएबाट यसै मालमा धरौट राखेको छ, पछि आय र करको आदेशले निखन्न पाउँ भन्ने मुद्दा हाल पं. २ नं.गोश्वरामा दायरै छ सो जग्गाको मोहियानी खाने निजको सबूद छैन, हाम्रा नाउँमा ख.मा दर्ता हुने जग्गा हुँदा हाम्रो नाउँमा विवरण दिएको हो । ८८ सालको वाजेको नाउँको लालमोहर यसै मालमा छ निजको नाउँमा (क) मा दर्ता हुने जग्गा हैन भए दर्ता बहाली रसिद समेत प्रमाण दिई उजूर गर्नसक्नु पर्ने नसकेको झुटो उजूर गरेको प्रष्ट देखिएको छ । नरबहादुरसँग दपोट मुद्दा परी माटो मुरी ।२२ रैकर काटिएको हाम्रो नाउँमा दर्ता भई रहेकोमा पनि निजले जवरजस्ती भोग गरिरहेको छ,