निर्णय नं. ३९३५ - मिलापत्र बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९३५ - मिलापत्र बदर हक कायम भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/०६ २५२७ निर्णय नं. ३९३५ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४५ सालको दे.पु.नं. ५३६ २०४५ सालको दे.पु.नं. ५३७ फैसला भएको मिति : २०४६।८।६।३ मा पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वडा नं. १४ कुलिमह टोल बस्ने गोपालध्वज श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने अमरध्वज श्रेष्ठ पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वडा नं. बस्ने रेवती श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने अमरध्वज श्रेष्ठ मुद्दा : मिलापत्र बदर हक कायम § अंशबण्डा र मानो छुट्टिएको प्रमाणको अभावमा अंशियारका नाउँमा निर्माण भएको घरलाई अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ समेतको आधारमा सगोलको नै मान्नु पर्ने । (प्रकरण नं. २१) प्रतिवादी/निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्दराज श्रेष्ठ विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कालीराज जोशी तथा विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पुनरावेदनमा दायर हुन आएको र आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यको विवरण निर्णय निम्नानुसार छ । २. पिता कृष्णध्वजका दुई छोरा म र भाइ गोपालध्वज भएकोले र सानी आमा चन्द्रलक्ष्मी समेत हामी ३ अंशियार भएका र विपक्षी रेवती श्रेष्ठ मेरी भाइ बुहारी हुन । हामीहरूले २०३५।३।३ मा मानो छुट्टिए तापनि अंश सगोलमा रहेकोमा कि.नं. ९०४ को जग्गा भाइ गोपालध्वजले एकलौटी सगोलमा रहेकोमा कि.नं. ९०४ को जग्गा भाइ गोपालध्वजले एकलौटी नापी गराउन खोज्दा मेरो उजूर परी सगोलमा रहने नापी गोश्वारामा निर्णय भएर रहेको छ । सो कि.नं. ९०४ को जग्गालाई एकलौटी बनाउन भाइ गोपालध्वज वादी र बुहारी रेवती श्रेष्ठ प्रतिवादी भई जग्गा खिचोला मुद्दा दिई प्रतिवादीको हक कायम गरी मिलापत्र गरेकोले सो मिलापत्र बदर गरी पैत्रिक सम्पत्तिमा मेरो समेत हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विवादित घर जग्गा रेवती श्रेष्ठले आफ्नो दाइजो पेवा खर्च गरी बनाएको घर हो विवादित घर पाताल भई स्ववासी भएको जग्गा मेरो सासु गणेशकुमारी सम्पत्ति भएकाले निज परलोक भएपछि मेरो श्रीमतीको हक हुन आएको हो झुठ्ठा फेराद दायरबाट फुर्सद दिलाई वादीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको गोपालध्वज श्रेष्ठको प्रतिउत्तरपत्र । ४. विवादित ४ किल्ला भित्रको जग्गा मेरो आमाको हो र स्त्री अंश धनको ४ नं. अनुसार मेरो दाइजो पेवा खर्च गरी घर बनाई मैले नै भोग गर्दै आएकी र म्याद नाघी परेको फिरादपत्र समेत हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.रेवती श्रेष्ठको प्रतिउत्तरपत्र । ५. आफ्नो हक नपुग्ने घर जग्गालाई प्रतिवादीहरूले आपसमा मिली गरेको २०३६।५।१५ को मिलापत्र बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको फैसला । ६. उपरोक्त फैसलामा चित्त बुझेन हदम्याद थमाई पाएको म्यादभित्र फेराद दर्ता भएको कारणबाट खारेज हुनुपर्ने हुँदा सो फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गोपालध्वज र रेवती श्रेष्ठको बागमती अञ्चल अदालतमा परेको बेग्ला बेग्लै पुनरावेदनपत्र । ७. आफ्ना हक नभएको घर जग्गामा गरे