निर्णय नं. ३९३६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०६/०२ २७९३ निर्णय नं. ३९३६ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. १०८९ आदेश भएको मिति : २०४६।६।२।२ मा निवेदक : बनेपा न.पं. वडा नं. ४ बस्ने सुवर्ण प्रजापती विरुद्ध विपक्षी : काभ्रेपलाञ्चोक जिल्ला अदालतसमेत विषय : उत्प्रेषण § कानुन बमोजिम लेखापढीको काम गर्ने दायित्व लिएका प्रमाणपत्रवालाले झुठ्ठा मानिस खडा गरी लिखत तयार गरेको काम कारवाइलाई कानुन व्यवसायी नियमावली, २०२५ को नियम २७ अनुकूलको आचरण मान्न नसकिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य, विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत रही पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. माया तामाङनीले रु. ५,०००।– मा निज नाम दर्ताको जग्गा बिक्री गर्नु भनी खडा गरेको लिखतमा साहु असामीको सनाखत गराउँदा खास माया तामाङनी नआई काभ्रे गा.पं. वार्ड नं. ३ बस्ने माहिली तामाङनीलाई माया तामाङनी भनी ल्याएको पाइयो, लिखत पारित हुन सकेन । उक्त लिखत लेख्ने प्रमाणपत्रवाला सुवर्ण प्रजापतीले यो भूमिका बनाई नक्कली मानिस खडा गरिएको बुझिएको निज भागी गए । निजमाथि आवश्यक कारवाई गरिपाउँ भनी मालपोत कार्यालयबाट जिल्ला अदालतमा लेखिएको रहेछ । सोही आधारमा मेरो नाउँमा काटिएको म्यादभित्र हाजिर भई मैले फरजरी गरेको होइन भन्ने समेत व्यहोराको बयान लेखाए । यसै बीचमा मैले आफ्नो आचरण अनुरुप कार्य नगरेको भनी कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ बमोजिम मेरो प्रमाणपत्र खारेज गरिएको निर्णय भयो । मेरो पेशा अनुसार मलाई पूर्व चिनजान नभएका व्यक्तिहरूले राजीनामा लेखिदेउ भनेकाले लेखिदिएको सम्म हुँ । मैले मानिस नचिनेको हुँदा फरक परेकोमा मलाई आरोप लाग्न पर्ने होइन । सो बमोजिम मालपोत कार्यालयको पत्रलाई अदालतले मान्यता दिन मिल्ने होइन । यस सम्बन्धमा बार एशोसियसनको प्रतिवेदन आपत्तिजनक छ । माहिली तामाङको मिति २०४५।६।६ को मालपोत कार्यालयमा भएको बयान कागजमा मेरो नाम उल्लेख छैन । सो कागज मेरो विरुद्ध प्रमाण ग्राह्य छैन । म लिखत छाडी भागेको हैन छैन, तसर्थ मेरो आचरण अनुकूल नभएको भनी जिल्ला अदालतबाट भएको आदेश कानुन प्रतिकूल हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी मैले प्राप्त गरेको प्रमाणपत्र यथावत कायम राखी हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन । ३. यस्मा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश । ४. धनी लालबहादुर योन्जनलाई ऋणी, माया तामाङनीले रु. ५,०००।– निजको नाम दर्ताको जग्गा बिक्री गर्न भनी लिखत खडा गरी पास गर्न ल्याएका, लिखतमा साहु असामीको सनाखत गराउँदा खास माया तामाङनी नआई माइली तामाङनीलाई खडा गरेको पाइयो र लिखत पारित हुन आएन । सोधपुछ गर्दा लेखनदास लगायतका व्यक्तिहरू भागी गए । यस्मा लेखनदासको ठुलो भूमिका देखिन आएकोले आवश्यक कारवाईको लागि अदालत समक्ष लेखिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालयबाट प्राप्त लिखितजवाफ । ५. ल