निर्णय नं. ३९३७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३७ - अंश भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०७/२० २४८२ निर्णय नं. ३९३७ ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ६९४ फैसला भएको मिति : २०४६।७।२०।१ मा पुनरावेदक/प्रतिवादी : झापा जिल्ला महारानी झोडा गा.पं. वडा नं. ६ बस्ने खडानन्द धमला विरुद्ध विपक्षी/वादी : जि. मोरङ आग्रिहाट गा.पं. वडा नं. १ बस्ने हरिप्रसाद धमला मुद्दा : अंश § वादीले छुट्टी भिन्न भएको होइन भने पनि प्रतिवादीले व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको भन्ने जिकिर लिएपछि सो जिकिरको खण्डन गर्ने सबूद प्रमाण पेश गर्नुपर्ने दायित्व वादीको रहँदैन भन्न नमिल्ने । (प्रकरण नं. १३) § वादीले भोग र बिक्रीको कुरालाई अन्यथा प्रमाणित गरी वादी प्रतिवादीका बीच व्यवहार प्रमाणबाट समेत अंशबण्डा भएको थिएन भन्ने प्रमाण पुर्‍याउन सकेको देखिन आउँदैन, तसर्थ भूमिसुधार लागू हुँदा जग्गावालाका हैसियतले पेश गर्नुपर्ने ७ नं. फाराम वादी प्रतिवादीले अलग–अलग भरेको र त्यसपछि वादीले पटक पटक विभिन्न व्यक्तिलाई ७ नं. फाराम आफैले भरी आफ्नो हकभोग भएको भन्ने व्यहोरा जनाई बिक्री गरेको देखिन आएकोले व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको भनी मान्नुपर्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुंगाना विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : यस अदालतका आदेशानुसार पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त विवरण र निर्णय निम्न बमोजिम छ । २. स्वर्गीय पिता नन्दी किशोरका हामी २ छोरा भएका आफ्नो जग्गा बिक्री गर्दा पनि कहिले विपक्षी साक्षी र म ऋणी भएका र कहिले म साक्षी बसी विपक्षी ऋणी भएकोमा सल्लाहले पहाड मधेश बेसी आएको र सगोलको सम्पत्ति विपक्षीको नाउँमा दर्ता भएकोमा अब छुट्टी बसौं भनी विपक्षीसंग अंश माग्दा दिन्न भनेकाले अंश बण्डाको ५ नं. अनुसार अंश लगाई पाउँ भन्ने समेत व्यहोराको फेरादपत्र । ३. पिता परलोक भएपछि २०२१ सालमा वादी र म छुट्टी भिन्न भएको लिखत आमासंग रहेकोमा आमाबाट वादीले सो लिखत प्राप्त गरी मेरा नाउँमा झुठ्ठा उजूर दिएका हुन छुट्टी भिन्न भई मेरो परिवार समेत आई झोडाको जग्गा आवादी गरी बसेको छु मैले आवाद गरेको जग्गाको जग्गाधनी प्रमाण पुर्जा समेत प्राप्त गरिसकेको छु । वादीले मसंग अंश पाउने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. अरु ऋणका हकमा साहुको नालेस परेका बखत कानुन बमोजिम हुने बुझाउनु पर्ने किस्ताबन्दी रकम वादीले आधा बुझाउने गरी ०४२।१०।६ को फाँटबारी बमोजिम २ भागको १ भाग अंश प्रतिवादीबाट वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन उल्टाई न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीले मेची अञ्चल अदालतमा दिएको पुनरावेदन । ६. शुरु जिल्ला अदालतले वादीले अंश पाउने ठहर्‍याएको फैसला मनासिब छ तर वादीबाट समेत तायदाती लिई सबैमा २ भागको १ भाग अंश पाउने देखिँदा वादीबाट पेश भएको तायदाती बमोजिमको जग्गा पनि वादी प्रतिवादीलाई २ भाग गरी बण्डा हुने ठहर्छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको फैसला । ७. उक्त अञ्चल अदालले गरेको फैसला चित्त बुझ्दो भएन । सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत