निर्णय नं. १११४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/११/२३ २९६६ निर्णय नं. १११४ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको सालको रिट नम्बर ९५२ आदेश भएको मिति : २०३३।११।२३।२ मा निवेदक : काठमाडौं जिल्ला काठमाडौं न.पं.वार्ड नं.१ घर भई जिल्ला कार्यालय कारागार शाखामा रहेका केदारभक्त श्रेष्ठ विरुद्ध विपक्षी : प्रहरी नायव उपरीक्षक कार्यालय काठमाडौं समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) शंकास्पद स्थितिमा कुनै व्यक्तिलाई थुनामा राख्नु नेपालको संविधान र प्रचलित नेपाल कानूनको विपरित हुने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी उल्लेखित मुद्दा :  आदेश न्या.वासुदेव शर्मा : जात, थर थाहा नभएको केदारलाई पोल गरेकोमा केदार श्रेष्ठ लेखि मुद्दा दायर गरेको र १० दिने र ३० दिने समाहनमा हाजिर नभएमा तथा वारेण्ट जारी हुँदा पनि पक्राउ नपरेका केदार श्रेष्ठलाई वा.वि.अ.बाट अनाधिकार तथा गैरकानूनी फैसला गरी सजाय भएकोमा विष्णु भक्तको नाती धर्मभक्तको छोरा केदार श्रेष्ठ भन्ने केदार भक्त श्रेष्ठ भनी नामाकरण गरी पक्री निरपराध व्यक्ति निवेदकलाई सजाय ठेकी थुनामा राखिएकोले निवेदन गर्न आएको छु । नेपालको संविधानको धारा ७१ अन्तर्गत वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानूनी थुनाबाट मुक्त गरी पाउँ भनी रिट निवेदन मिति २०३४।८।१३।३ मा दर्ता भएको रहेछ। २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : बाबुकाजी शाक्यले प्राचीन मुर्ति खरीद बिक्री गर्ने गरेको छ भन्ने शुराक अनुसार निजको घर तलासी हुँदा ताराको मूर्ति बरामद भएकोले दाखिल गरेका छौं भन्ने प्रहरी प्रतिवेदन साथ निज बाबुकाजी दाखिल हुन आएकोले बयान गराउँदा का.जि. कालीमाटी बस्ने केदार भन्ने सखर साहूसँग रु.२०००।मा खरीद गरी ल्याएको हुँ भनी सावित भएको केदार श्रेष्ठले निज बाबुकाजी शाक्यलाई बिक्री गरिदिएको देखिएको । उक्त मूर्ति पुरातत्त्व विभागमा जचाउँदा १०० वर्ष नाघेको र रु.५०००।मोल पर्ने भनी विशेषज्ञद्वारा जाँच भई आएको । निज केदार श्रेष्ठ भागी छिपी बसेबाट फेला नपरेको र पक्राउ भएका निज बाबुकाजी शाक्य र केदार श्रेष्ठ उपर प्राचीन स्मारक संरक्षण (संशोधन सहित) ऐन, २०१३ को दफा १३(१)(५) अन्तर्गत कारवाही भई सजाय हुन निज बाबुकाजी शाक्य र ताराको प्राचीन मूर्ति एक समेत पेश गरिएको छ । ल.पु. विसंखु ढुङ्गा खानी जाहेरवाला जनकबहादुर खत्रीलाई १३ (७) बमोजिम १० प्रतिशत पुरस्कार समेत दिलाई पाउन अनुरोध छ भन्ने समेत ल.पु.डी.एस.पी कार्यालयको पुनरावेदन, का.जि.कालीमाटी पेट्रोल पम्प नेर सडकको बायाँ किनारामा सखर पसल हुने साहु केदारसँग रु.२०००।मा आदि तारा देवीको मूर्ति २०३० साल पौषमा बन्धकी सम्म लिएको छु । उक्त मूर्ति निज केदारको घरभित्रबाट निजैले झिकी मलाई दिएकोले ल्याएको हुँ । उक्त मूर्ति निज केदारको आफ्नै घरको हो वा अन्यत्र कहींबाट ल्याएको हो मलाई थाहा छैन । मैले केदारसँग बन्धकी लिई घरमा लगी राखेको र प्रहरीले बरामद गरेको मूर्ति यही हो प्रहरीले मलाई कुटी बिक्री गर्न भनी किन लेखाएको हो । निजहरूले नै जानून् भन्ने समेत प्र. बाबुकाजीले विशेष अदालतमा गरेको बयान । ३. विशेष अदालतबाट केदार श्रेष्ठका नाउँमा जारी भएको समहनहरू २०३०।१२।१३ मा र २०