निर्णय नं. ३९३८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३८ - परमादेश भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/१६ २३८९ निर्णय नं. ३९३८ ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रिट नम्बर ११०३ आदेश भएको मिति : २०४६।९।१६।१ मा निवेदक : का.न.पं. वडा नं. ९ सिनामंगल बस्ने विष्णुबहादुर थापा विरुद्ध प्रत्यर्थी : नेपाल विद्यतु प्राधिकरण केन्द्रीय कार्यालयसमेत विषय : परमादेश § निवेदकलाई जग्गा प्राप्त गर्ने कानुनी व्यवस्था बमोजिम सूचना जानकारी दिएको भन्ने पनि देखिन आएन तसर्थ निवेदकलाई असर पर्ने गरी कानुन प्रतिकूल विजुलीको तार निवेदकको जग्गा माथि पर्ने गरी लगेको देखिन आएकोले निवेदकको जग्गामा असर नपर्ने गरी सो तार निवेदकको जग्गाबाट सारी दिनु भनी परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री देवेन्द्र थापा प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री अम्वरप्रसाद पन्त आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. काभ्रे जिल्ला बनेपा धर्मश्वर गा.पं. वार्ड नं. ८ को कि.नं. १३० को खेत दोयम क्षेत्रफल ४–१०–० जग्गा मेरो दर्ता तिरो भोग स्वामित्व भएको जग्गा हो मेरो सम्पत्तिको नाममा उक्त जग्गा बाहेक अन्यत्र कहीं कतै सम्पत्ति छैन विपक्षी प्राधिकरणले विजुलीको लठ्ठा गाड्ने र तार राख्ने क्रममा मेरो जग्गामा कुनै सिमाङ्कन नै भएको थिएन तर अन्यत्रको सिमाङ्कनलाई जग्गाधनीहरूसंगको मिलोमतोबाट मेरो जग्गामा सारेछन् मेरो जग्गामा लठ्ठा परेको कुरा मलाई थाहा जानकारी सूचना दिइएन । छुट्टिको दिन आफ्नो जग्गामा खेती कमाई गर्न जाँदा मात्र बाली विरुवा नास गरी धमाधम खाडल खन्दै रहेछन् । खाडल खन्ने व्यक्तिहरूलाई सोधपुछ गर्दा विपक्षी प्राधिकरणले बिजुलीको लठ्ठा गाड्न भनेबाट निजहरूलाई काम रोक्न लगाई सम्बन्धित व्यक्तिलाई मेरो जग्गामा बिजुलीको हाइटेन्सन लाइन नपार्ने र बाली नास गरी नदिन समेतको लागि अनुरोध गर्दा मेरो अनुरोध प्रति कुनै सुनुवार्ई नै नगरी धमाधम कार्य सञ्चालन गर्न लागे खम्बा गाड्दा कसैलाई असर नपर्ने गरी सार्वजनिक बाटोमा खम्बा गाडे हुन्छ यदि मेरो जग्गामा खम्बा राख्नु पर्ने अवस्था आएछ भने पनि जग्गाको सीमानामा पनि पारी राखी दिनुस भन्दा कुनै सुनुवार्ई नै भएन विपक्षीहरूको उपरोक्त अन्यायपूर्ण कार्यहरू रोक्नको लागि श्री महाप्रबन्धक नेपाल विद्युत प्राधिकरणमा निवेदन दर्ता गराई म माथि हुन लागेको अन्याय रोक्नको लागि बारम्बार धाई ताकेता गर्दा म विचार गरिदिन्छु र तिमी जस्तो सेवक र गरीवको घरबास उठाउने छैन भनी आश्वासन दिई कारवाही रोकी आएको थियो । तर केही दिन देखि पुनः तार तान्ने लठ्ठा गाड्ने कार्य शुरु हुन लागेको छ । नागरिक अधिकार ऐन, २०१२ तथा नेपालको संविधान धारा १०, १५ ले समेत निवेदकको सम्पत्ति हरण गर्न नपाइने व्यवस्था गरेको छ । विपक्षी प्राधिकरणले मेरो जग्गामा हाइटेन्सनको तार लान र खम्बा गाड्नको लागि मलाई सूचना दिने र मेरो सम्पत्तिको हर्जना वा क्षतिपूर्ति दिने कुनै कार्य गरेको छैन अतः विपक्षीहरूको नाममा सकभर उक्त खम्बा सार्वजनिक जग्गामा सार्न लगाई पाउँ यदि नभए पनि सीमानाबाट खम्बा सारी त्रिकोण नबनाई घरबाससम्म गरी बस्न मिल्ने गरी खम्बा राख्नको लागि विपक्षीहरूका नाउँमा परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ साथै २०४५ मार्ग मसान्त भ