निर्णय नं. १११५ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५ - सम्बन्ध विच्छेद भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०१/१९ ३६१४ निर्णय नं. १११५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको फौं.पु.वे.नं. १२१ फैसला भएको मिति : २०३४।१।१९।५ मा निवेदक : का.जि. महाराजगञ्ज ब्रह्म कटेज बस्ने मे.ज. ब्रह्मशमशेर ज.ब.रा. विरुद्ध विपक्षी : का.जि. चावहिल मैजुबहाल बस्ने माधवीदेवी राणा मुद्दा : सम्बन्ध विच्छेद (१) जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिन सक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निर्णय गर्नुपर्ने अवस्था नरहने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल तथा विद्वान वरिष्ठ भण्डारी अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादीको निवेदन परी पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : विपक्षीसँग १९९३ साल बैशाखमा विवाह भएको मेरो दोश्रो श्रीमती हुन् पहिलो श्रीमतीतर्फ एक छोरी पैदा भएको विपक्षीतर्फ छोरा छोरी पैदा नभएकोले तेश्रो श्रीमती भारत अलमोडा निवासी सुनिता राजपूतलाई विवाह गरी २ छोरा श्यामशमशेर र हरिशमशेर पैदा भई निज श्रीमती पनि परलोक भइन । विपक्षी ०८ देखि भारतमा बस्ने गरे तापनि खान लाउन महिनावारी दिँदै आएको देहरादूनको जग्गामा या आएकोमा मसँग सहवास त्याग्ने विचार गरी मेरो मञ्जुरी बेगर नेपालको नागरिकता छाडी भारतको विधान सभाको निर्वाचनमा मतदाता भएको मप्रति श्रद्धा नराखी आफ्नो मनोमानीसँग हिंड्ने गरेकोले विपक्षी उपर सम्बन्ध विच्छेद गराई पाउँ भनी भारत जिल्ला न्यायलय देहरादूनमा १९७२ डिसेम्बर तद्नुसार २०२९ साल पौषमा दिएकोमा प्रतिउत्तर दिइसकेपछि विपक्षीले मेरो छोराहरू समेत नदेखाई जाल परिपञ्च रची ल.पु.जि. कुपण्डोलको ठेगानाबाट आधी अंश पाउँ भनी दिएको मुद्दामा प्रतिवादी गरिसकेको छु । भारतमा मैले दिएको सम्बन्ध विच्छेद मुद्दामा निजले प्रतिउत्तर दिएका छन् नेपालको सम्पत्तिलाई नेपालकै कानून अनुसार मुद्दा गर्नुपर्ने भएकाले मेरो उपर अंश मुद्दा दिए पनि निज देहरादूनमा रहे बसेको हुँदा विपक्षीको र मेरो सहवास नभएको, मेरो अनुमति वेगर भारतको नागरिक बनी विधान सभाको निर्वाचनमा भाग लिई मनमानी गरी मुद्दा लगाई दुःख हैरान दिन लागेको हुँदा लोग्ने स्वास्नीको १ नं.को देहाय १ ले विपक्षीसँग सम्बन्ध विच्छेद गरी पाउँ भन्ने समेत मे.ज. ब्रह्मशमशेरको निवेदनपत्र । ३. सुनिता राजपूतसँग तेस्रो विवाह गरे भन्ने झुटो हो त्यस्तो नाम गरेको व्यक्ति अलमोडामा नभएको म पतिसँग महाराजगञ्जमा बसिरहेको अवस्था मेरो स्वास्थ्य विग्रन गई पतिका सल्लाह र मञ्जूरीले औषधोपचारको लागि भारत जाने गर्दथ्यो, भारत वस्दा बराबर खर्च दिइनै आएको गत साल आश्विनदेखि खर्च वन्द गरी २०३० बैशाखमा खान लाउन नदिई निकाला गरेबाट अंशमा नालेश दिएबाट दुःख दिन यो निवेदन दिएको हो । लोग्ने स्वास्नी १ नं.को देहाय १ बमोजिमको प्रकृया मबाट नभए नगरेको हुँदा सम्बन्ध विच्छेद गर्न पाउने होइन भन्ने समेत माधवीदेवी राणाको प्रतिउत्तरपत्र । ४. सम्बन्ध विच्छेद गराई पाउँ भन्ने वादी दावी झुटो ठर्हछ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फै