निर्णय नं. ३९३९ - अपुताली हक कायम दर्ता समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९३९ - अपुताली हक कायम दर्ता समेत भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/१८ २७७९ निर्णय नं. ३९३९ ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६६९ फैसला भएको मिति : २०४६।८।१८।१ मा पुनरावेदक/वादी : जिल्ला बारा, गा.पं. रोवाही वडा नं. ३ बस्ने गिरीजादेवी अहिरनी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.धर्मनगर गा.पं. वडा नं. २ बस्ने विन्दवा अहिरनी मुद्दा : अपुताली हक कायम दर्ता समेत § अपुतालीको २ नं. को व्यवस्थाले २ वा २ भन्दा बढी छोरी भएको अवस्थामा मर्ने व्यक्तिलाई स्याहार सम्भार गरी पालेको आधारमा त्यस्ता पाल्ने छोरीले मात्र एकलौटी अपुताली खान पाउने भन्ने नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या. बब्बरप्रसाद सिंह : यस्मा म.क्षे.अ. को मिति २०४४।३।२४ को निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको वादीको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छन् । २. पिता सिउनारायणको छोरा नभई म समेत जना ४ छोरी भएको पिता धेरै वर्ष अघि परलोक भई माता रामकलीदेवी पत्नी भए तापनि चारै छोरीहरूले पालै पालो रेखदेख पालन पोषण गर्दै आएका जेठी दिदी र माहिली दिदीको सम्पत्ति धेरै भई परिवार पनि भएकोले आमाको सेवा टहल गर्न असमर्थ भई विपक्षी र मैले आलो पालो सेवा टहल गर्दै आएकोमा यही २०३७ साल वैशाख १० गतेका दिन रामकलीदेवी आफ्नो कालगतीले परलोक हुनु भएको र निज रामकलीका नाउँमा दर्ता रहेको घर जग्गाहरूबाट आधि हक मेरो हुनेमा नदिएकोले रामकलीदेवीका नाउँको रु. १०,०००।– जाने ज.वि. १३–१२–० पक्की घरको कोठा ८ मध्येबाट आधि मेरो अपुताली हक कायम गराई विपक्षीबाट टण्टा खिचोला छोडाई अड्डैबाट दा.खा. चलन गराई अपुताली हकको जग्गा मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको २०३९।९।२६।२ को फिरादपत्र । ३. आमालाई छातीको अचानक दर्द हुँदा २०३६।१।१४ मा कलैया अस्पतालमा भर्ना गराएको ४८ घण्टामा निज स्वर्गवास हुनु भएबाट २०३६।१।१६ मा अस्पतालबाट निकालियो, अपुतालीको २० नं. को हदम्याद नाघी दायर भएको नालेश खारेज भागी छ भन्ने समेत व्यहोराको २०४०।५।२० को प्रतिउत्तर । ४. वादी दावी बमोजिम वादीको हक कायम भई निजका नाउँमा दर्ता हुने र चलन समेत चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको २०४०।१०।२०।६ को बारा जिल्ला अदालतबाट भएको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन छानबीन गरी हदम्याद यकिन गरी शुरुको इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको विन्दवादेवी अहिरनीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. अपुतालीको २० नं. बमोजिम रामकलीको मृत्यु भएको ३ वर्षभित्र वादीको उजूर नभई म्याद नाघेपछि पर्न आएको प्रस्तुत उजूरी उक्त ऐन र अ.बं. १८० नं. समेतले प्रस्तुत उजूरी खारेज भई शुरुको फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ. को फैसला । ७. ना.अं.अ. को फैसलामा प्रत्यक्षतः विवाद रहित त्रुटि भएकोले म्यादभित्रै निवेदन गर्न आएको छु । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गिरीजादेवी अहिरनीको म.क्षे. अदालतमा परेको निवेदन । ८. रामकलीको मृत्यु सम्बन्धमा पन्जिकाधिकारीले प्रमाणित गरिदिएको प्रमाणपत्रको आधारमा म्याद कायम गरी प्रस्तुत नालेश दर्ता गरिदिएको देखिन्छ । त