निर्णय नं. ३९४० - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९४० - लुटपिट भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/२८ २३४९ निर्णय नं. ३९४० ने.का.प. २०४६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ५७७ फैसला भएको मिति : २०४६।९।२८।६ मा पुनरावेदक/प्रतिवादी : तनहुँ जिल्ला भिमाद गा.पं. वार्ड नं. १ बस्ने यज्ञनारायण सुवेदी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने बद्रीनाथ खनाल मुद्दा : लुटपिट § वारदात भएको समय आफू वारदात स्थलमा नरहेको भनी प्रतिवादीले लिएको ब्ष्दिष् को जिकिर निजले प्रस्तुत गरेका साक्षी प्रमाणबाट समेत पुष्टि हुन नसकी निजले लुटपिट गरेको प्रतीत हुन आएको । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना फैसला न्या. बब्बरप्रसाद सिंह : प.क्षे.अ. को मिति २०४३।११।१९ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मैले मेरो ८, ९ वर्ष अघि बनाएको पुरानो घर भत्काई त्यसका काठपातहरू हाल बनाएको नयाँ घरको आँगनमा थुपारेको थिएँ । विपक्षी यज्ञनारायण र मेरो बीच प्रधानपञ्चको चुनावदेखि इवी झगडा थियो । सोही कारणबाट विपक्षीले २०४०।३।१३ का दिन दिउँसो १२ बजे अपरिचित ५०, ६० जना मानिसहरू लिई मेरो घरमा आई जबरजस्ती थुपारी राखेका मूल्य रु. ७,४९५।– पर्ने काठहरू लुटपिट गरी लगेको हुनाले बिगो रु. ७,४९५।– नगदै दिलाई लुटपिट गरेमा लुटपिटका ६ नं. अनुसार विपक्षीलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको बद्रिनाथ खनालको फिराद दावी । ३. गाउँ पञ्चायतको चुनावको रिसइवी साध्न र स्कूल कम्पाउण्ड भित्र घर बनाउन पाइन भन्ने कारणले म उपर लुटपिटको मुद्दा दिनु भएको हो । वादीमा उल्लेख भएको विभिन्न काठपात समेत लुटी लगेकाले बिगो रु. ७,४९५।– दिलाई पाउँ भन्ने फिराद दावी झुठ्ठा हो उक्त दिनमा प्रमाण खण्डका साक्षीहरू समेत भई भिमाद गाउँ पञ्चायत कार्यालयमै थियौं । झुठ्ठा फिराद दावीबाट अलग फुर्सद गराई झुठ्ठा उजूर दिएमा वादीलाई नै दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको यज्ञनारायण सुवेदीको प्रतिउत्तर रहेको छ । ४. काठ लुटपिट गरी प्रतिवादीले घरमा लगे भन्ने उल्लेख भएको तर वादीका देखी जान्ने साक्षीले कहाँ लगे थाहा छैन भनी बकेको प्रमाणबाट प्रतिवादीले वादीको बिगो रु. ७,४९५।– को काठपात लुटपिट गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु तनहुँ जिल्ला अदालतको फैसला । ५. शुरु तनहुँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन प्रतिवादीले मेरो बिगो ७,४९५।– को काठ लुटी लगेको मेरो वादी दावी झुठ्ठा ठहराएको शुरु तनहुँ जिल्ला अदालतको फैसला बदर गरी मेरो वादी दावी बमोजिम हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको बद्रिनाथ खनालले गण्डकी अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र । ६. चश्मदिद भनिएका साक्षीको बकपत्रबाट लुटपिट गर्ने भनिएका व्यक्तिहरूको संख्या नै नमिली फरक फरक देखिनुको साथै वादीका साक्षीहरू मध्ये कसैले प्रतिवादी समेतले लुटपिट गरेको भनी बकपत्र गरेको छ भने कसैको बकपत्रबाट काठपात लैजानेमा प्रतिवादी सम्मिलित भएको देखिँदैन भनेका छन् । यस्तो अवस्थामा ती साक्षीका बकपत्रबाट वादी दावी समर्थन भएको छ भनी प्रतिवादीले लुटपिट गरेको ठहर गर्नु न्यायोचित नदेखिएकोले लुटपिट गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरु