निर्णय नं. १११६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/११/१५ २४५६ निर्णय नं. १११६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको सालको रिट नम्बर ८१८ आदेश भएको मिति : २०३४।११।१५।१ मा निवेदक : झापा जिल्ला दमक गा.पं. वार्ड नं. १ बस्ने गङ्गाबहादर लिम्बु विरुद्ध विपक्षी : ऐ बस्ने वलराम ढुङ्गेलसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) जग्गावालासँग कुनै लिखत कबुलियत नगरी त्यसै जग्गा कमाउनेहरूले मोहियानी हकको अस्थायी प्रमाण पूर्जा पाएको नाताले मात्र मोही कायम गर्नु वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नूतनबहादुर थपलिया विपक्षी तर्फबाट : विद्वान अ.स.अ.श्री प्रमोद विजयी र विद्वान अ.श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : रि.फु.नं. ४० निवेदक लेवाकान्त भट्टराईसमेत विरुद्ध जि.भू.सु.का रुपन्देही समेत भएको उत्प्रेषण भन्ने मुद्दामा ०३३।१।११।९ को निर्णय आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी कार्यालयको मिति २०३४।३।७।३ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०३४।५।३०।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मैले ०२९ साल देखि जोतखन गरी बाली बुझाई भरपाई समेत लिएको छु मोही हक कायम गरी पाउँ भन्ने वादी । वादीको उजूरी बमोजिमको जग्गाधनी म भएको र वादीलाई ०३२ सालदेखि ज.वि. १–५–७ जग्गा जोत्न दिएका थिएँ । सो सालको बाली बुझी भरपाई पनि दिएको छु तर निजलाई मोही कायम गरी दिने गरी मैले कमाउन दिएको होइन दिएको भए दोहोरो जग्गाधनी र मोहीको बीच कूत कबुलियत हुनुपर्ने थियो । मेरो मोही कायम गरिदिन मञ्जूर छैन भन्ने प्रतिवादी भएको गरिदिने गरी मैले कमाउन दिएको होइन, दिएको भए दोहरो जग्गाधनी र मोहीको बीच कूत कबुलियत हुनुपर्ने थियो । मेरो मोही कायम गरी दिन मञ्जूर छैन भन्ने प्रविवादी भएकोमा प्रतिवादीले वादीलाई बाली बुझी भरपाई गरिदिएकोले प्रतिवादीले समेत ०३२ सालको बाली बुझी भरपाई दिएको हुँ भन्ने समेत बयान दिएको हुँदा प्रतिवादी नाम दर्ताको दमक गा.पं. वार्ड नं.१ को कि.नं.१११० को उत्तरतर्फबाट ज.वि. २–०–० को भू.सं. ऐन, ०२१ को दफा २५ को उपदफा २ बमोजिम वादीका नाममा मोही हक हुने ठर्हछ भन्ने समेत विपक्षी कार्यालयबाट निर्णय गरेको रहेछ । ३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा २ मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक बाली सम्म मोहीको हैसियतले कमाएछ भने निज समेत सो जग्गाको यो परिच्छेद बमोजिम हक प्राप्त मोही हुनेछ भन्ने पाइन्छ, तर विपक्षीलाई मैले मोहीको हैसियत हुने गरी कमाउन दिएको होइन, यदि मोहीको हैसियत हुने गरी कमाउन दिएको भए भू.सं. ऐन, ०२१ को दफा ३४ बमोजिम कबुलियत गराई दोहरी लिनु दिनु हुनुपर्ने थियो सो केही छैन, यसबाट पनि भू.प्र.का. शाखाको निर्णयबाट भू.सं. ऐन, ०२१ को दफा २५ को उपदफा २ र ऐ दफा ३४ को कानूनी त्रुटी हुन गएको छ । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३४।६।३।२ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् । ५. आफैंले मोही हकको प्रत्यक्ष प्रमाण तयार गरी दिइसकेपछि पन