निर्णय नं. ४७१३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७१३ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/०६ ३०९६ निर्णय नं. ४७१३ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४८ सालको रिट नं. १५५८ आदेश मिति : २०५०।३।६।१ निवेदक : जिल्ला हुम्ला लाली गा.वि.स. वडानं. ६ लाली गाउँ बस्ने मेघराज शाही । विरुद्ध विपक्षी : ऐ वडा नं. ५ लाली गाउँ बस्ने पाठकला शाही समेत । विषय : उत्प्रेषण । (१) प्रमाणको पर्याप्तता वा अपर्याप्तताको विषयमा प्रवेश गरी फैसलाहरु सही वा गलत के हो भन्ने पुनरावेदकीय तहले झै प्रत्यक्ष वा परोक्ष रुपले फैसला गर्नु रिट तहबाट उपयुक्त नहुने हुँदा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मैले पाठकला शाहीलाई २०४५।६।३ गते राती निदाएको अवस्थामा जबरजस्ती करणी गरेकोले कारवाही गरी पाउँ भन्ने जाहेरी परी करणी गरेको अभियोगमा म उपर जबरजस्ती करणीको ३ नं. बमोजिमको सजायँ गरी पाउन प्रहरी प्रतिवेदन परी हुम्ला जि.अ. बाट फैसला हुँदा मलाई सफाइ दिने ठहराई फैसला भयो । सो फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्दा कर्णाली अंचल अदालतबाट शुरु फैसला उल्टी गरी जबरजस्ती करणी गरेको ठहर्‍याई ३ वर्ष कैद गर्ने फैसला गरियो । सो कर्णाली अञ्चल अदालतको फैसला उपर मेरो म.प.क्षे.अ. मा पुनरावेदन परी फैसला हुँदा कर्णाली अञ्चल अदालतको इन्साफ सदर भै पुनरावेदन गरे बापत मलाई थप सजायँ समेत हुने भयो । उक्त फैसलाहरु गैर कानूनी र अन्यायपूर्ण छन् । ३. सर्वप्रथम मेरो स्वेच्छा विपरितको प्रहरीमा भएको साविति बयानलाई मुख्य आधार मानी कसुर गरेको ठहर्‍याएइको छ । मैले अदालतमा इन्कारी बयान गरेको छु । प्रहरी समक्षको बयानलाई समर्थन गर्ने अरु स्वतन्त्र प्रमाण छैनन् । जबरजस्ती करणी गरेको कुनै लक्षण नपाइएको भनी हेल्थ सेण्टर हुम्लाको प्रतिवेदन समेतको मुल्याङ्कन नगरी भएको फैसलामा मुलुकी ऐन अ.वं. १८४(क) १८५ र १८९ को त्रुटी भएको छ । पाठकलाको जाहेरी र प्रहरी तथा अदालत समक्ष गरेको बयानमा एक रुपता नभै विरोधाभाष छ । दरखास्तमा ०४६।६।३ को राती आफू निदाएको बेला मेघराज आई जबरजस्ती करणी गरेको र उम्किरहेको बेला धनराज, कृष्णबहादुर र लाल बहादुरले फेला पारी पक्रेको भन्ने कुरा उल्लेख छ । प्रहरीमा भएको बयानमा ०४५।६।३० को राती गोठमा सुतेको बेला करणी गरिसकेपछि आफू कराएको सुनेर वरपरका गोठका मानिसहरु मध्ये धनबहादुर, कृष्णबहादुर र लाल बहादुरले मेघराजलाई समाउन खोज्दा भागी गएको र भोलीपल्ट समाती ल्याएको भन्ने उल्लेख छ । अदालत समक्षको बयानमा करणी गरी भागेको भोलिपल्ट पक्राउ गरी जि.प्र.का. मा बुझाएको उल्लेख छ । यस्तो विरोधाभाष कुरालाई आधार मानी आत्मनिष्ट आधारमा फैसला गरेको त्रुटिपूर्ण छ । ४. त्यस्तै दशीको रुपमा पेश भएका भनिएमा जाकेटमा बाउला घडी फुटेका चुराका टुक्रा समेतबाट जबरजस्ती करणी गरेको ठहर्छ भन्ने बुँदा सर्वथा गलत छ । मिति २०४५।६।१९ को घटनास्थल प्रकृति मुचुल्कामा विपक्षी पाठकला सुतेको ठाउँको चुलाको पश्चिमतर्फ खोपामा रातो प्लाष्टिकको चुराहरु फुटेको फेला परेको देखाइएको र ज्याकेटका बाउला,