निर्णय नं. ३९४१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९४१ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/०२ २६६७ निर्णय नं. ३९४१ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ८९० फैसला भएको मिति : २०४६।९।२।१ मा पुनरावेदक/प्रतिवादी : जि. सप्तरी वरसाईन गा.पं. वडा नं. ५ बस्ने रणवीर सिंह राजपुत विरुद्ध विपक्षी/वादी : विदेश भारत घर भई हाल जि. सप्तरी कोइलाडी गा.पं. वा.नं. १ बस्ने वीरेन्द्रप्रसाद सिंह राजपुत मुद्दा : लेनदेन § जिल्ला अदालतले कानुनी व्यवस्था बमोजिम जरिवाना गरी इन्साफ गरेको र कानुन बमोजिम जरिवाना गरी इन्साफ गर्न मिल्ने देखिँदा सो कागजबाट इन्साफ गर्न मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. १५) § विवादित कागज विशेषज्ञलाई जचाउँदा भरपाईमा परेको सहिछाप माथि अन्य व्यहोरा लेखिएको कागज हो भनी विशेषज्ञको राय भएको पाइन्छ, सोही कुरालाई समर्थन गरी विशेषज्ञले अदालतमा बकपत्र समेत गरेकोले त्यस्तो कागजलाई सद्दे साँचो व्यवहार भन्न मिलेन । (प्रकरण नं. १६) § लिखतमा लेखिएको भन्दा बढी व्याज नपाउने । (प्रकरण नं. १७) § लिखतमा लेखिएको व्याजदर महीनाको भन्ने नलेखिएको, वादी दावीमा महीनाको व्याज हो भन्ने देखिँदैन र चलन चल्तीमा सालको व्याजको गणना समेत हुने हुँदा सयकडा दुइको तत्काल प्रचलित विनिमय दरले हुने रु. २।९० को दरले व्याज र साँवा समेत वादीले प्रतिवादीबाट भराई पाउने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्बित नजीर : हरिश्चन्द्र विरुद्ध तिर्थप्रसाद भएको करकाप मुद्दामा ०२४।८।९।३ मा प्रतिपादित सिद्धान्त । फैसला न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी प्र. ले बाबु अनन्तप्रसाद सिंहलाई ०२९।७।१४ गते रु. ३१,९००।– लिई सो रुपैयाँको हुने भारतीय रुपैयाँको २२,०००।– अदायगी भनी रु. २।– को दरले व्याज समेत बुझाउँला भनी कागज लेखी दिएकोमा भाकामा साँवा व्याज नबुझाएकोले ताकेता गर्दा आज भोलि भन्दै बाबु अनन्तप्रसाद मृत्यु भएपछि मैले पनि पटक पटक ताकेता गर्दा आज भोलि भन्दै लेनदेनमा नालेश दिने म्याद समेत भुक्तान भई सकेकोले श्री ५ महाराजाधिराज सरकारको पाउँमा निवेदन दिई नालेश गर्ने म्याद थामी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको आधारले लेनदेन तर्फ नालेस गरेको हुँ । प्रतिवादीले गरी दिएको कागजमा सयकडा २ का दरले ब्याज बुझाउने शर्त उल्लेख भए पनि लेनदेनको ६ नं. मा वर्ष १ को साँवाको सयकडा दश भन्दा बढी व्याजको अङ्क लेखिएकोमा ऐन बमोजिम व्याज भराउनु पर्ने साहुलाई असामीबाट व्याज भराउँदा वर्ष एकको साँवाको सयकडा दश भन्दा बढी भराउन हुँदैन भन्ने निषेध गरी राखेकोले सो रु. ३१,९००।– लिखत भएको दश वर्षको सयकडा दशका दरले हुने व्याज रु. ३१,९००।– समेत ब्याज रु. ६३,८००।– र कोर्टफी रु. २,१८४।– समेत वादीबाट दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र । ३. वादीको बाबुसँग मैले कुनै रुपियाँ लिएको छैन र मैले कुनै लिखत गरिदिएको छैन । लिखतको भाषा, आकार, प्रकृति स्वभाविक रुपमा हुनु पर्ने सो छैन । वादी दावीको सक्कल लिखत हेरे देखेमा अ.बं. ७८ नं. अन्तर्गत गर्ने यकिन बयानलाई नै अन्तिम प्रतिवाद जिकिर मानी वादी दावीबाट फुर्सद गरिपाउँ भन्