निर्णय नं. ३९४२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९४२ - अंश भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/२१ ३२५८ निर्णय नं. ३९४२ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. ८१७ फैसला भएको मिति : २०४६।८।२१।४ मा पुनरावेदक/वादी : जि. रौतहट जुडिबेला गा.पं.वार्ड नं. ६ बस्ने हरिबहादुर लामिछानेसमेत विरुद्ध विपक्षी/प्रतिवादी : अम्बरबहादुर भन्ने लालबहादुरको मु.स. गर्ने ऐ.चन्द्रनिगाहपुर गा.पं. वा.नं. ७ बस्ने धनबहादुर लामिछाने क्षेत्रीसमेत मुद्दा : अंश § अंश बण्डाको १८ नं. संशोधन हुनुभन्दा अगावै सगोलमा रहँदाको अवस्थामा प्राप्त गरेको विवादको सम्पत्तिलाई आमाको आर्जनको आफूखुस गर्न पाउने बण्डा नहुने भन्न नमिल्ने। (प्रकरण नं. १५) पुनरावेदक, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान गर्ने गरेको आदेश उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. यसमा मुल पुरुष अग्नीधरको जेठा प्र. मानबहादुर, कान्छा लालबहादुर २ छोरा भएकोमा मानबहादुरको ३ स्वास्नीमा जेठी तर्फबाट जेठा म हरिबहादुर भएको कान्छी प्र. कुलकुमारी भएको हाम्रो आमा ७।८ वर्ष भयो परलोक भएको । निज लालबहादुरको ३ छोरामा जेठा प्र. रमेशबहादुर, माहिला प्र. नरबहादुर, कान्छा प्र. रमेशबहादुर भएको मुल पुरुष बाजे बज्यै धेरै अघि परलोक भइसकेका छन् । हामीहरू प्रतिवादीहरू एकासाथ सगोलमै रही बसी फत्तेपुर वाडहखा चन्द्रनिगाहपुर पौडाई समेत ठाउँ ठाउँमा काम धन्दा गरी खाई कमाई आएका छौं । म गोविन्दबहादुर हाल पं. बगही फत्तेपुरमा र म हरिबहादुर लाल पौडाई जुडीबेलामा रही बसी आएका छौं । प्रतिवादीहरू आपस्तमा मिलोमतो गरी हामीहरूको अंश मार्ने विचारले धनजेथा दबाउने छिपाउने तर्फ लागेको देखी हामीहरूको अंश छुट्याई दिनोस् भन्दा प्र.हरूले सुनवाई नै नगरेकाले नालेश परेको मितिलाई मानो छुटेको मिति कायम गरी प्रतिवादीहरूबाट भएको धन मालको तायदाती लिई सो मध्ये हामीहरूले पाउनु पर्ने ३ खण्डको १ खण्ड मध्ये ६ खण्डको २ खण्ड हाम्रो अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. वादी छोराहरूलाई खान लाउन दिई आएको र दिन तैयार हुनाले र हाम्रा जिन्दगी भरी हाम्रो सेवा गरी बस्ने र अंश छुट्याई लिन नपाउने गरी हक इन्साफ गरी वादीका फरेबी दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत मानबहादुर लामिछाने र टेककुमारी क्षेत्रीनी १ कुलकुमारी क्षेत्रीनी समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीहरूले आफ्नो फिरादमा लेखी देखाउनु भएको पुस्तावली ठीकै हो तर हामी प्रतिवादीहरूको बाबु बाजे अग्निधर लामिछाने क्षेत्री मरेपछि हामी प्र.हरूको दाजु जेठा मानबहादुर लामिछाने क्षेत्री समेतले म प्रतिवादी अम्बरबहादुर भन्ने लालबहादुर लामिछाने क्षेत्रीलाई विहे नभएको अवस्थामा नै पैतृक सम्पत्ति जग्गा जमीनको आयस्ता बाली हिनामिना गर्न लागेको देखी विरोध गर्दा निजले मबाट रिसाई खान लाउन बन्द गरी २०१० साल माघ १५ गतेका दिन घरबाट निकाला गरिदिएकाले पञ्चायती गराउँदा पनि अंश छुट्याई नदिएकोले पैतृक सम्पत्तिहरू बाबु मानबहादुरले नै राखी मलाई नदिएकोले घर छोडी पहाड तिर गई ज्याला मजदुरी गरी कमाई खाई गुजारा गरी हिंड्दै २०१४ सालमा चन्द्रनिगाहपुरमा गई बसी आएकोमा २०१५