निर्णय नं. ३९४३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९४३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/१३ २३८६ निर्णय नं. ३९४३ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. १२४९ आदेश भएको मिति : २०४६।९।१३।५ मा निवेदक : जिल्ला प्रहरी कार्यालय हेटौंडाका का.प्र.नि बद्रीप्रसाद प्रधान विरुद्ध विपक्षी : श्री प्रहरी प्रधान कार्यालय नक्सालसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ § प्रहरी नियमावली बमोजिम जाँचबुझको सिलसिलामा जाँचबुझ अधिकृत प्रहरी उपरीक्षक मुकरर भई अधिकार प्राप्त अधिकृतबाट स्पष्टिकरण लिने कारवाही भएको हो भन्ने कुरा कारवाहीको सम्बन्धमा सोधिएको स्पष्टिकरणबाट देखिन्न । यस्तो कारवाहीलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १६) § एकातर्फ निवेदकसंग सफाई पेश गर्ने मौका दिई स्पष्टिकरण पनि लिने र अर्को तर्फ सफाईको मौका प्रदान नगर्ने भनी पर्चा खडा गरी सजायँ गर्ने गरेको देखिँदा सजायँ सम्बन्धी दुबै कार्यविधि अपनाइएको पाइन्छ जुन कानुन अनुकूल छैन । (प्रकरण नं. १६) § के कति कारणले सफाई पेश गर्ने मौका दिन नपर्ने हो सोको मनासिब कारण के के हुन् निर्णय पर्चामा खुल्नु पर्छ । तर सफाईको मौका नदिनु पर्ने के के कारण हुन् सो पर्चामा खुलेको नपाइने, कानुनमा भएका व्यवस्था अनुरुप नभएका कारवाही निर्णयहरूलाई कानुन अनुकूल भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदकलाई श्रीमान प्रहरी उपरीक्षकबाट २०४५।२।१० मा स्पष्टिकरण पेश गर्ने भन्ने पत्र पठाएकोमा सो स्पष्टिकरणमा उल्लेख भएका कुनै पनि कार्य म बाट भएको छैन भनी जवाफ दिएपछि पुनः २०४५।३।६ मा २०४५।२।१० मा माग गरिएको स्पष्टिकरण संतोषजनक नभएकोले प्रहरी नियमावली, २०३३ को नियम ९.१ को (ग) बमोजिम पदोन्नति रोक्का किन नगर्ने भनी स्पष्टिकरण सोधिएकोमा म निवेदकले स्पष्टिकरण पेश गर्दा मैले कुनै गरैकानुनी काम गरेको छैन भनी जवाफ दिएकोमा २०४५।३।२७ मा प्रहरी नियमावली, २०३३ को नियम ९.१ को (ङ) बमोजिम रु. २५,४८२।९३ असूल उपर गर्न र प्रहरी नियमावली, २०३३ को नियम ९ (१) (ग) बमोजिम ३ वर्ष पदोन्नति रोक्का गर्ने निर्णय भयो । ३. सो निर्णय उपर चित्त नबुझाई प्रहरी नियमावली, २०३३ को नियम ९.९ बमोजिम श्रीमान् प्रहरी महानिरीक्षकज्यू समक्ष पुनरावेदन दर्ता गरेकोमा मेरो पुनरावेदन किनारा हुँदा प्र.बद्रीबहादुर प्रधानले रु. २५,४८२।९३ बदनियत राखी हिनामिना गरेकोमा निज प्र. उपर उजूर परी कारवाही पछि २१,४३०।६० सशस्त्र गुल्म महेन्द्रनगरमा आम्दानी बाँधेको अ.प्र. महेन्द्रनगरको राय समेतबाट देखिएको निज प्र.नि. को रकम हिनामिना गर्न बदनियत भएको र कारवाही भएपछि २१,४३०।६० को खाट बेंच आदि आम्दानी बाँधी सकेकोले निज प्र.नि.बाट असूल उपर गर्नुपर्ने २५,४८२।९३ निजको तलबबाट मासिक रु. ५०० का दरले असूल गर्न भनी प्रहरी महानिरीक्षकको २०४५।३।२७ को निर्णयमा केही उल्टी भई असूल गर्ने भनिएको रु. २५,४८२।९३ मा गुल्ममा आम्दानी बाँधेको अरु सामानको रु. २१,४३०।६० कटाई बाँकी हुने रु. ४०५२।३३ मात्र न