निर्णय नं. ३९४५ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९४५ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/२१ २५१८ निर्णय नं. ३९४५ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रिट नं. १०४८ आदेश भएको मिति : २०४६।८।२१।४ मा निवेदक : जि. उदयपुर रिस्कू गा.पं. वडा नं. ८ घर भई जि. सिरहा बढहरामाल वडा नं. २ बन्दीपुर बस्ने परशुराम उपाध्याय दाहाल विरुद्ध विपक्षी : मालपोत कार्यालय, उदयपुरसमेत विषय : उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ § नदी उकास भएको जग्गा निवेदक बाहेक अन्य कुनै व्यक्तिले विवाद उठाएको वा सकार गरेको भन्ने नदेखिँदा विभागको परिपत्रले कानुनको रुपधारण गर्न नसक्ने । तसर्थ ज.मि. को २ नं. र ज.प. को ८ नं. को कानुनी व्यवस्था अनुसार निवेदकको नाममा विवादको जग्गा दर्ता गरिदिनमा कुनै कानुनी व्यवधान खडा नहुने । (प्रकरण नं. १३) § जग्गा दर्ता गर्ने सम्बन्धमा निवेदन परी सबूद प्रमाण बुझी सकेपछि म्याद समाप्त भएको वा विभागको परिपत्र अनुसार भनी निर्णय नगरी तामेलीमा राख्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त, विद्वान अधिवक्ता श्री नरहरी आचार्य प्रत्यर्थी तर्फबाट : का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : रि.नं. १९३६।०४२ निवेदक गणेशबहादुर श्रेष्ठ वि.मालपोत कार्यालय काठमाडौं समेत । रि.नं. २२३७।०४२ निवेदक बुद्धिरत्न तुलाधर वि.मालपोत कार्यालय काठमाडौं समेत र रिट नं. ९५९।०४५ कृष्णहरी पराजुली वि. श्री ५ को सरकार मं.प. सचिवालय समेत आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं निवेदन जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. जि. उदयपुर साविक उदयपुर माल अन्तर्गत प्रगन्ना देविधाम मौजे सिसाधारीका साविक कि.नं. २९६ को ज.वि. ०–७–४ हाल रिस्कू गा.पं. वडा नं. ८(ज) को कि.नं. १ जग्गा मध्ये बीच उत्तरतर्फबाट र साविक कि.नं. २७३ को ०–७–८ हाल रिस्कु गा.पं. वडा नं. ८(ज) को कि.नं. १ जग्गा मध्ये पश्चिम उत्तरतर्फबाट र साविक कि.नं. २६१ को ०–९–८ हाल रिस्कु गा.पं. वडा नं. ८(ज) को कि.नं. १ जग्गा मध्ये बीच पूर्वतर्फबाट र साविक कि.न. ५०५ को ज.वि. ०–३–१८ हाल रिस्कु गा.पं. वडा नं. ८(ज) कि.नं. १ जग्गा मध्ये बीच पूर्वतर्फबाट र साविक कि.नं. ३०० को ज.वि. ०–१४–० हाल रिस्कु गा.पं. वडा नं. ८(ज) को कि.नं. १ मध्ये बीच उत्तरतर्फबाट समेत गरी जम्मा कि.नं. १ मध्येबाट २–१–१८ कित्ताकाट गरी र साविक कि.नं. ३७८ को ज.वि. १–१–८ हाल रिस्कु गा.पं. वडा नं. ९(ख) कि.नं. २४ मध्ये उत्तर पश्चिमतर्फबाट र साविक कि.नं. ३७९ को ज.वि. ०–१८–१८ हाल रिस्कु गा.पं. वडा नं. ९(ख) को कि.नं. २४ मध्ये पूर्व उत्तरतर्फबाट सो वडा नं. ८(ज) को कि.नं. १ फोड भई हाल कि.नं. ४३ को ज.वि. २–१–१८ र वा.नं. ९ को कि.नं. २४ बदर भई हाल कि.नं. १७१ को ज.वि. २–०–६ समेत गरी जम्मा ४–२–४ जसमध्ये कि.नं. २६१ र ५०५ को पूर्व नन्दु, पश्चिम नन्दु, उत्तर खाडी यति ४ किल्लाभित्रको ०–३–१ जग्गा अनुपा दनुवारबाट ००५।१।१० को घरसारको राजीनामाबाट लिएको र कि.नं. २७३ को रैती ४५ को पूर्व बलबहादुर, पश्चिम रुपलाल, उत्तर वगर, दक्षिण रुपलाल यति चार किल्लाभित्रको अन्दाजी बिगाहा ।२।३ ज