निर्णय नं. १११७ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७ - जग्गा भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१२/२२ २७०४ निर्णय नं. १११७ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको दे.फु.नं.१०६ फैसला भएको मिति : २०३४।१२।२२।३ मा निवेदक : जि.मु. चोलाकान्त उपाध्याय समेत विरुद्ध विपक्षी : खेमनारायण उपाध्याय समेत मुद्दा : जग्गा (१) अ.वं. १७९ को व्यवस्था हेरेमा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैंतिस दिन भित्र पुनरावेदन लाग्न सक्छ भन्ने व्यवस्था भएकोले सो बाहेक अन्य कुरामा पुनरावेदन लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी प्रतिवादी चोलाकान्त समेतले दिएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत न्यायिक समितिको सिफारिशमा श्री ५ महाराजाधिराजबाट दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : दंसुवा तिखे भन्ने खेत मुरी २६० मध्ये १६० मा हामी भक्तबहादुर समेतले र हामी नन्दलाल समेतले बराबरका दरले खाई आएको उक्त जग्गा १९४२ सालमा लालमोहर हुँदा विपक्षीहरूका बाजे गोपालविणी माघो समेतले तिखे ढुङ्गा २६० को सट्टा भएको १७२ तिमीहरूले खाई आए बमोजिमको जग्गा खाउ भनी हामी नन्दलाल समेतका बाजे हरिनायराण माघो छवुलाई १९४२ साल वदी ५ मा सर्त राजीनामा गरी दिनु भएको लिखत बमोजिम तिखे ढुङ्गो दुंसुवा भन्ने खेत मुरी १।७२ मा आधा खेत मुरी ८६ हामी भक्तबहादुर समेतले आधि ८६ हामी नन्दलाल समेतले खाई आएपछि विर्ता उन्मूलन ऐन अन्तर्गत विवरण दिँदा माटो र किल्ला गोलमाल भएको हुँदा सच्याउन र छुट भएको जग्गाको विवरणको लागि हुलाकद्वारा निवेदन दिएकोमा हामीहरूका नाउँमा रैकरमा परिणत नगर्ने षडयन्त्र गरी हामी भक्तबहादुर समेतलाई झुक्याई जग्गामा हक मेटाउने जाल गरेकाले हाम्रो हक १८८८ सालको रुक्का र १९४२ सालमा राजीनामाबाट खेत मुरी १७२ मा प्रष्ट भइरहेको भन्ने खेमनारायण समेत ९ जनाको फिरादपत्र । ३. हामी ठाकुरप्रसाद समेतका जिजु बाजे श्री कृष्ण रेग्मीको कुस विर्ता खेत मुरी ३६२, १८६२ सालमा जफत भएकोमा विर्ता सट्टा पाउने अङ्ग पुगिसकेको लालमोहर गरी पाउँ भनी बाजे गोपाल उपाध्याय समेतको विन्तिपत्र परेमा वादी दावीको जग्गा १७२ मुरी समेत खेत मुरी ३८२ को हाम्रो बाजे गोपाल उपाध्याय समेतका नाउँमा १९४२ साल फागुन वदी ४ रोज २ मा सट्टा विर्ता लालमोहरबाट भाइ निजहरूले र वहाँहरूको शेषपछि हामीहरूले बण्डा लगाई कसैलाई सुरक्षित मोही नराखी खाई आएको हो, खेत मुरी ३६२ मध्येको खेत मुरी ६५ सम्म निज विपक्षी नन्दलाल समेतका बाजेहरूले हामी समेतका बाजेबाट पाएको देखिने र हाम्रा जिजु बाजे मोहीबाटै तालुकदार साहु तिरो उठाउने ठेक्काको १८८८ सालको रुक्कालाई विर्ताको लालमोहर बमोजिम खाई आएका छौं, दर्ता गरी पाउँ भनी हाम्रो विवरण परी भूमिकर तिरो दाखिल भई सकेपछि उक्त जग्गालाई धनबहादुर समेतले दोहोरो पारी नलग्नाले झुटो विवरण दिई आफ्ना बाजेहरूले पाएको ६५ मुरीको विवरण दिइसकेपछि गोपाल पाध्याय समेतले दिएको भरपाई मध्ये १७७ छुट भए