निर्णय नं. ३९४७ - उत्प्रेषण सहित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९४७ - उत्प्रेषण सहित परमादेश भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/०३ २३३९ निर्णय नं. ३९४७ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ११४५ आदेश भएको मिति : २०४६।९।३।२ मा निवेदक : जि. लमजुङ बेसी शहर गा.पं.वडा नं. ९ बस्ने पदमबहादुर पौडेलसमेत विरुद्ध विपक्षी : वन तथा भू–संरक्षण मन्त्रालय, वन विभागसमेत विषय : उत्प्रेषण सहित परमादेश § निर्णयमा एकातर्फ झुकाउ (Bias) हुन सक्ने गरी गरिएको प्रमाण संकलनलाई कायम राख्दा पछि निवेदकको हितमा विपरीत असर समेत पर्न जाने बढी सम्भावना हुँदा पछि गरिने निर्णयलाई पर्खिरहनु पर्ने आवश्यकता नदेखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. सम्वत् १९९१ सालमा तात्कालिक जि. मु. बलबहादुर पौडेल खत्री जिम्मा यिनै जि. मु. बलबहादुरका नाममा मो.नं. १०६१ मा विजमाना ।.।१, करुणानिधी जैशीका नाममा मो.नं. १०५७ मा विजमाना ।.।१, रामनाथ पाध्याका नाममा मो.नं. १०५९ मा विजमाना ।.।१, बमबहादुर सुवालका नाममा मो.नं. १०६० मा विजमाना ।.।१, नन्दलाल जैशीका नाममा मो.नं. १०६२ मा जिमाना ।.।१, लछीमन खत्रीका नाममा मो.नं. १०६६ मा विजमुठी ।.।.।५ लागी दर्ता भएको सो दर्ताको एक कलममा सालडाँडा भन्ने र अरु पाँच कलममा खालडाँडा पुछार भन्ने दर्ता जनिई दर्ता भएको मोठ श्रेस्ता लमजुङ कार्यालयमा महजुद छ । उक्त जग्गामा विभिन्न रुख विरुवा एवं खर लगाई संयुक्त रुपमा नै उपयोग गरिआएका छौं । ०४२ सालमा नापी हुँदा उल्लेखित जग्गा वेसी शहर गा.पं. वडा नं. ८ मा कि.नं. २०३ र २२६ दुई कित्तामा विभाजन गरी फिल्डबुकमा कि.नं. २०३ को क्षेत्रफल ५५–११–३–३ को कित्तामा वन भन्ने र कि.नं. २२६ को क्षेत्रफल ६–८–३–० को कित्ता पर्ति भन्ने जनाएको रहेछ । नापी टोलीबाट ०४२।१२।२४ मा सूचना प्रकाशित भएपछि सो कुरा थाहा भई उक्त टोलीसँग कुरा गरी ७ दिनभित्र भूलसुधार गरी पाउन दिएका हौ, नापी टोलीले यस्को कारवाही हुने भएपछि खबर गर्ने छौं भनेको थियो । यसै सालको तिहारको बेला सो हाम्रो जग्गा नापीले ३ रोपनी मात्र हाम्रा नाममा दर्ता गरी दिने निर्णय गरेको छ भनी सुनेकोले मे. ना. शाखामा गई नक्कल लिई हेर्दा ०४४।९।२१ मा जिल्ला वन नियन्त्रक गोविन्दप्रसाद काफ्लेको अध्यक्षतामा बसेको वन बुटेन छुट्याउने सम्बन्धी बैठकमा का.मु. प्रमुख नापी अधिकृत ऋषिभक्त ढकाल एवं नि.मालपोत अधिकृत कुराध्वज खत्री समेतको उपस्थितिमा कि.नं. २०३ को जग्गा वन बुटेन देखिएको हुँदा दर्ता गर्न नमिल्ने र कि.नं. २२६ को कित्ताको पूर्वतर्फबाट ३ रोपनी जग्गासम्म दर्ता गर्न मिल्ने भन्ने वन शाखा ६ नं. नापी गोश्वारा र माल कार्यालय लमजुङका प्रतिनिधिहरुको टोलीबाट राय प्राप्त भएको हुँदा सो कि.नं. २२६ को पूर्वतर्फबाट ३ रोपनी जग्गा निवेदकको नाममा दर्ता गराउन लेखी पठाउने अरु वन बुटेन कायम गर्ने भन्ने समेत निर्णय भएको रहेछ । वन शाखा, ६ नं. नापी गोश्वारा एवं माल कार्यालय लमजुङका प्रतिनिधिको प्रतिवेदनमा उक्त निर्णयमा उल्लेख गरे झैं जग्गाको सम्बन्धमा प्रतिवेदन पेश गरेको रहेछ । ३. २०४४।९।२१ मा निर्णय गरिँदा र सो भन्दा पहिले ज