निर्णय नं. १११८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११८ - लेनदेन भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१२/०८ २५६५ निर्णय नं. १११८ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३४ सालको देवानी फुल नम्बर २१।२७ फैसला भएको मिति : २०३४।१२।८।३ मा निवेदक : जि.वारा.गा.पं. गईहल वार्ड नं.६ बस्ने ठगाराम साहु तेली विरुद्ध विपक्षी : ऐ ऐ वार्ड नं.४ बस्ने गोकुल पण्डित कुम्हाल मुद्दा : लेनदेन (१) भोगबन्धकीमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा ब्याज भराई पाउँ भन्ने नालेश कानूनले लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा उल्लेखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : विपक्षीले मबाट भा.रु.८०००।लिई सो रुपैयाँ जग्गा बिगाहा ३–६–९।। धूर जग्गा २०१५ सालका बाली देखि लाइ ०१५।५।२८ मा भोगबन्धकी लेखि ०१५।१०।८।४ मा पास गरिदिएकोमा प्रतिवादीले भू.सु.कार्यालयमा फछ्र्यौट गरी पाउँ भनी निवेदन दिँदा रु ४४९८।७७ मलाई बुझाउनु पर्ने ठहरी ०२५।२।१४ मा फैसला भएको भू.सु.बाट फिर्ता पाउने ठहरेको रु.४४९८।७७ को आज तकको ब्याज १३९७।२६ समेत साँवा ब्याज रु.५८९६।७३ र कपाली तमसुकको धान मन ११ को मन १ को रु.३३ ले हुने रु.३६३। र नगदी रु.१५८६।७५ समेत साँवा रु.१९४९।७५ को आजतकको ब्याज रु.१३३३।७८ समेत जम्मा रु.३२८३।५३ समेत दुवै कलमको जम्मा रु.९१७९।५६ र फैसला भएका मिति तकको ब्याज समेत भराई पाउँ भन्ने वादी । ३. भोगबन्धकी फछ्र्यौट हुँदा रु.४४९८।७७ बुझाउनु पर्ने ठहरे पनि थैली भुक्तान भई लिखत फट्टा फिर्ता नभएसम्म थैली कपाली सरह रही जग्गाबाट हक छुट्न सक्दैन भनी ०२६ साल सम्म आयस्ता बाली खाँदै आएको फछ्र्यौट भएको ०२३ सालदेखि यता ०२४।२५।२६ सालमा खाएको बाली दशौंद भन्दा बढि खाई थैली समेत भएकोले २०२६ सालसम्म दसौंद भन्दा बढी खाएको हिसाब गरी फछ्र्यौट गरी पाउँ भनी ०२६।७।२५ गते भू.प्र. कार्यालयमा निवेदन दिएको सो भोगबन्धकी ऋण रकम निश्चित सम्बन्धमा भु.प्र.का.मा परेको उजूरीको निर्णय नभए सम्म सो ऋण पाउने नपाउने निर्णय हुन नसक्ने हुनाले खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी । ४. भोगबन्धकी फछ्र्यौट भई ठहर हुन आएको रु.४४९८।७७ र त्यसको ब्याज रु.१८३९।४७ समेत जम्मा रु.६३३८।२४ र कमाली तमसुक साँवा रु १९४९।७५ र ब्याज रु.१४३१।९१ समेत जम्मा रु.३३८१।८६ समेत दुवै कलको साँवा ब्याज रु.९७१९।९० प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने र वादीले भरी पाउने ठर्हछ भन्ने समेत बारा जिल्ला अदालतको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन । ६. प्रतिवादीले कृषि ऋण भनेको कपाली पनि कृषि ऋण हो भन्ने प्रमाणित हुन नआएबाट शुरु जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठर्हछ भन्ने नारायणी अञ्चल अदालतको फैसला । भूमिप्रशासन कार्यालय बाराले ऋण रकम निश्चित गर्ने सिलसिलामा भोगबन्धकीको रुप बदली कपाली सरह बनाई दिएको देखिन्छ । भोगमा लिने साहूले आम्दानी खाई रहेको कुनै सबूद पनि पेश भएको नहुँदा अञ्चल अदालतको इन्साफ मुनासिव छ भन्ने समेत मध्यमाचल क्षेत