निर्णय नं. ४७१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७१४ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/१८ २७७० निर्णय नं. ४७१४ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४८ सालको रिट नं. ८३२ आदेश मिति: २०५०।३।१८।६ निवेदक : जिल्ला सिरहा माडर गा.वि.स. वडा नं. ६ बस्ने रामदयाल साहुतेली । विरुद्ध विपक्षी : श्री ५ को सरकार, भुमि सुधार तथा व्यवस्था मन्त्रालय मालपोत विभाग । : ऐ मालपोत कार्यालय, सिरहा । विषय : उत्प्रेषण । (१) निर्णय भन्नाले निश्चित विषयमा यो यस्तो कारण प्रमाणबाट यस्तो ठहर्छ भनी निश्चयमा पुगेको हुनुपर्ने (प्र.नं. १०) (२) विना कानूनी आधारले कसैको सम्पत्ति माथिको हक गएको भनी सम्झन नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी : विद्वान अधिवक्ता श्री शेख अब्बास विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलराम केसी आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जिमीन्दारी उन्मुल्न हुनु भन्दा अगाडि मेरो नाउँमा जिमीन्दारी भएकोमा मौजे मथिलेश्वर र कुडुवाको खान्गौ कटाई बाँकी रु. ५,३२३ बुझाउन बाँकी रहेको बेरित वेहिसाब गरी पोत बाँकी नभएको गैरीपुर समेतको ७ मौजा पनि गाभी जम्मा ९ मौजा लिलाम भएको व्यहोरा बनाई जिरायत र नम्बरी समेत जम्मा विगाह २५९–७–१–१२ अमानत लागेको भनी २०२१ साल कै वाली देखि रोक्का राखी दिएकोमा मेरो उजुरी परी कारवाही हुँदा सिरहा मालपोत कार्यालयबाट लिलाम गरी फैसला गरे उपर पुनरावेदन परेकोमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट बेमाखी जिमीन्दारी लिलाम गर्नु कानून विरुद्ध देखिन्छ कानून विरुद्ध हुँदा जिम्दारीकै हैसियतले जिम्दारी लिलाम बदर गरिपाउँ भनी पुनरावेदन भएकोमा पुनरावेदन जिकिर मुनासिव ठहर्‍याई सिरहा मालबाट भएको विवादास्पद जिमीन्दारी लिलाम बदर हुने समेत ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३४।३।२९।४ मा फैसला भएको यसरी अन्तिम फैसला भई जिमीन्दारी ठहराई लिलाम वदर गरेको रोक्का जग्गा वाली फुकुवा गरिपाउँ भनी मालपोत कार्यालय सिरहामा मिति २०३५/८/१३ मा निवेदन गरेको तत्पश्चात पनि सो कारवाही छिटो छरितोको लागि बराबर निवेदन गर्दै आएको थिए । ३. मेरो लिलाम बदर हवस भनी उजुरीबाट तत्कालिन प्रमुख जिल्ला अधिकारीले गरेको फैसलामा मालपोत विभागको पत्र अनुसार जिमीदारीबाट खारेजी भएकोले नै ९ वटै जिमीदारीबाट खारेज हुने ठहर्छ भन्ने छ त्यस कुरालाई मैले पूर्ण रुपले खण्डन गरी पुनरावेदन गरेपछि भएको पूर्वाञ्चल क्षेत्रीय अदालतले सो समेत हेरी बुझी गरेको पुनरावेदन जिकिर मुनासिव भनी लेखी त्यसमा हाल भुमी सम्बन्धी ऐन बमोजिम जिमीदारी उन्मुलन पनि भै सकेकोले यस फुकुवा दिने कार्यलाई जिमिन्दारी रहनु र नरहनुमा केही फरक पर्ने देखिंदैन तसर्थ मैले निवेदन गरेको माथि लेखिएको जिकिरहरु सब हेरी पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला सहितको मिसिल बुझी रोक्का रहेको जग्गा र जग्गा वालीबाट लिनुपर्ने मालपोत कटाई अरु जग्गा वाली सम्पूर्ण फुकुवा गर्न मालपोत कार्यालय सिरहामा निवेदन गर्दा गर्दै कैयन दिन व्यतीत भएर हाल आई मालपोत कार्यालयले २०४७।५।१८ को पत्र २६ गते मलाई दिएर सो पत्रमा मालपोत विभागको ०४६।१२।२३ को निर्णय मिति २०४७।२।१५ मा लेखिएको भनी मलाई सूचना गर्‍यो । मालपोत विभागको सो निर्णयको नक्कल माग