निर्णय नं. ३९४९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९४९ - उत्प्रेषणयुक्त परमादेश भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/११ २५५५ निर्णय नं. ३९४९ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १७८३ आदेश भएको मिति : २०४६।८।११।१ मा निवेदक : का.न.पं. वडा नं. १० नयाँ बानेश्वर बस्ने पूर्णमान तपोल विरुद्ध विपक्षी : अध्यक्ष, सञ्चालक समिति, शा.ने.वा.से.नि. केन्द्रीय कार्यालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश § निगमको नियमावलीले खराब आचरण गरेमा बरखास्त गर्न सकिने गरी निगमलाई अधिकार दिएको नदेखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुथान प्याकुरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या. महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. म निवेदक विपक्षी निगममा १० वर्षदेखि स्थायी रुपमा अधिकृत तह ७ मा काम गरिआएकोमा पर्यटन मन्त्रालय अन्तर्गत होटल व्यवस्थापन तथा तालीम केन्द्रमा योजना सम्बन्धी काम हेर्ने भनी काजमा खटाइएको अवस्थामा २०४२।१२।११ मा एक वर्ष अगाडि म विराटनगरमा स्टेशन मेनेजर रहँदा अनियमित काम गरेको भन्ने लान्छना लगाई व्यवस्थापकको निर्णयानुसार भनी बरखास्त पत्र दिइयो । उक्त बरखास्ती उपर विपक्षी निगमको सञ्चालक समितिमा म्यादभित्रै २०४३।३।२६ मा पुनरावेदन गरेको र उक्त पुनरावेदन उपर कारवाही ढिला भएकोले समयमा छिटो कारवाही गरी न्याय निरोपित होस् भनी माथिल्लो सम्बन्धित निकाय समक्ष पत्र पठाई अनुरोध गरेकोमा हालसम्म पनि कुनै कारवाही नभई म निवेदक अन्यायमा परेको छु । ३. विपक्षी निगमको कर्मचारीहरुको सेवा नियमावली, २०३१ को निगम ११.२.१ को देहाय ४, ८, २३ अनुसार खराब आचरण गरेको अभियोगमा नियम ११.३.५ बमोजिम निवेदकलाई बर्खास्त गरेको मिति ०४२।१२।११ को पत्रद्वारा जानकारी भयो र सो को प्रतिलिपि पनि दिन नमिल्ने भनी ०४३।२।२८ को विभागको पत्रद्वारा जानकारी गराइयो म निवेदकले पेश गरेको स्पष्टिकरण के कति कारणले सन्तोषजनक नलागेको हो त्यसको कुनै विवेचना गरिएको छैन । म उपर उठाइएको कारवाहीको आधार आन्तरिक लेखापालको म निवेदक विराटनगर स्टेशन मेनेजर भई काम गर्दाको अवस्थामा विभिन्न शीर्षक अन्तर्गत छुट हुन गई नपुग हुन आएको कूल ने.रु. ३,६००।– शोधभर्ना गर्ने रायको प्रतिवेदन नै हो । सो बाहेक नियमावलीमा खराब आचरण शीषर्क अन्तर्गत राखिएको कुनै तत्व विद्यमान भएको कृया म बाट भएको छैन । कार्य सम्पादनको सिलसिलामा मानवीय कमजोरीका कारणले हुने सामान्य छुटफुटलाई खराब आचरणको संज्ञा दिन मिल्दैन । सो कार्य मबाट मनसाय सहित भएको छैन । म निवेदक अधिकृत तहको कर्मचारी भएको र यस तहका कर्मचारीलाई व्यवस्थापकले सजायँ गर्न सक्ने होइनन् । जसले गर्दा म उपर चलाइएको कारवाही र गरिएको सजायँ अनाधिकृत व्यक्तिबाट गरिएको स्पष्ट छ । त्यस्तो निर्णय उपर पुनरावेदन गरेकोमा सो पुनरावेदन किनारा नगरेबाट विपक्षीले मलाई न्याय दिन इन्कार रहेको स्पष्ट छ । ४. विपक्षीबाट भएको उल्लेखित गैरकानुनी काम कारवाहीबाट म निवेदकको संविधान प्रदत्त मौलिक हकमा आघात परेकोले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी म निवेदकलाई बर्खास्त गरिएको मिति ०४२।१२।१० को निर्णय बदर गरी मैले सेवामा रहे बापत पाउनु पर्ने तलब, ग्रेड, सञ्चय कोष समेतका सहुलियत र