निर्णय नं. ३९५० - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५० - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/१४ २३०० निर्णय नं. ३९५० ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ८८६ फैसला भएको मिति : २०४६।८।१४।४ मा पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही समलार गा.पं. वडा नं. ७ बस्ने भिमबहादुर थापा विरुद्ध विपक्षी/वादी : बुटवल न.पं. वडा नं. २ नयाँ सडक बस्ने गणेशमान श्रेष्ठ मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ § जिल्ला अदालतमा दायर भई कारवाही चली रहेको अवस्था राजपत्रमा प्रकाशित सूचनाले प्रत्यायोजन गरिएको निकायमा सरी कारवाही हुँदै रहेको अवस्था उक्त निकाय खारेज भएपछि ऐनले तोकेको निकायले हेरी निर्णय गरिएको अनाधिकृत निकायबाट हेरी निर्णय गरिएको भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री नुतन थपलिया फैसला न्या. महेशरामभक्त माथेमा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. २०१९ सालदेखि आवाद कमोद गरी आँकडा फाराम भरी जग्गाको मूल्य समेत तिरी मेरो हक हुन आएको ०२६ सालमा सर्भे हुँदा सेमलार गा.पं. वडा नं. २(ग) हाल परिवर्तित वडा नं. ७ कि.नं. ३४ को ज.वि. १–३–१२ कायम भई मेरा नाउँमा नापी समेत भएका फिल्डबुक उतारबाट प्रमाणित छ । तर ज.ध.प्र. पुर्जा उपलब्ध छैन । यस्तैमा केही रुपैयाँ लिई घरसारको भोगबन्धकी लिखत गरिदिएको थिएँ । घरसारको लिखतले जग्गा कमाउने विपक्षीलाई कानुनले सहुलियत दिएको छैन । तर विपक्षीले मलाई थाहा पत्तै नदिई ज.ध.प्र. पुर्जाको लागि मालपोत कार्यालयमा निवेदन दिएको कुरा ०३७।८।२३ मा थाहा पाई सोही मितिमा विपक्षलाई दिन नमिल्ने मेरा नाउँमा पाउँ भनी मैले निवेदन दिएको थिएँ, यस्तैमा ०३८।३।२४ मा मैले उक्त जग्गा जोताउन जाँदा यो जग्गामा मेरा अधिकार छ जोताउन दिन्न भनी खिचोला गरेकाले ज.मि. को १–१४ नं. का आधारमा नालेस गर्न आएको छु । अनधिकृत खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको गणेशमान श्रेष्ठले रुपन्देही जिल्ला अदालतमा दिएको फिरादपत्र । ३. म संग यही जग्गाको मोल भनी ०२७।११।२ मा १२,०००।– वादीले बुझिलिई आफ्नो स्वहस्ताले समुच्चै जग्गाको राजीनामा लेखी आफूले आफ्ना स्वास्नी छोरा समेतबाट सही गरी आफ्नो नाउँको आँकडा फाराम समेत मलाई सौपी दिएको त्यस्तो लिखतलाई भोगबन्धकी कुन मुखले भन्नु भएको हो आँकडाबाट पाएको जग्गा आँकडा सम्बन्धी शर्त बन्देजले गर्दा पास गर्न नपाइने र जग्गा थामी खान नसकी व्यापार गर्छु भनी हक छाडी राजीनामा दिएको र दर्ता नभएको जग्गालाई हकको हकवाला दिई दावी गरेको गैरकानुनी छ । ०२८ सालको चैत्रदेखि घर धुरी खडा गरी अविछिन्न रुपमा हक जानी भोगी आएको एकाको जग्गा अर्काले भोगमा भोगवालाकै नाउँमा दर्ता गरी दिने गरी श्री ५ को सरकारको निर्णय भइसकेका कुरा ०३७।५।१९ को मालपोत विभागको पत्रको आधारमा म जस्ता अनेकौं मानिसको दर्ता गरी पुर्जा पाएका छन् । श्री ५ को सरकारको नीति निर्णय अनुरुप मेरा नाउँमा दर्ता हुने हक समेत पुगी सकेको छ भन्ने समेत व्यहोराको निमबहादुर थापाको प्रतिउत्तरपत्र । ४. रुपन्देही जिल्ला अदालतको मिति ०३९।८।३ को आदेशानुसार प्रस्तुत मुद्दा नवलपरासी कपिलवस्तु रुपन्देही जिल्ला वनक्षेत्र सुदृढ