निर्णय नं. ३९५१ - नापी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५१ - नापी दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०८/२८ २३९६ निर्णय नं. ३९५१ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको साधक नं. २ फैसला भएको मिति : २०४६।८।२८।४ मा पुनरावेदक/वादी : बाग्लुङ बिडुकोई आ.गा.प. वडा नं. १ बमल डाँडा बस्ने मतिलाल कंडेल विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १ तारा खस्ने बस्ने खिमानन्द कंडेलसमेत मुद्दा : नापी दर्ता बदर § वादीका राजीनामाको जग्गा हो वा प्रतिवादी जिकिर बमोजिम मोल बिगो खुलाउन नसकिने सार्वजनिक गौचरण जग्गा हो भन्ने मुख्य निर्णय दिनु पर्ने अवस्थामा वादीले दावी गर्दा आफ्नो निजी हकको भनी दावी लिँदा देखाएको मोल बिगोलाई प्रतिवादी जिकिरको सार्वजनिक गौचरणको जग्गाको मोल बिगो मानी मोल बिगो खुलेको सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा भन्न नमिली प्र. को जिकिरबाट न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) अन्तर्गत पर्ने विषयको प्रकृतिले बिगो खुल्न नसक्ने सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा देखिएको । (प्रकरण नं. १३) फैसला न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।११।१६ को फैसला बमोजिम साधकको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हालका खगराज जिम्मा बागलुङ मालमा तिरो जाने ०६ सालको १० वर्षमा पूर्णभद्रका दर्ता नामसारी हुन गएको निजै पूर्णभद्रसँगको २०३१।२।१।२ को रु. ९५।– को घरसारी राजीनामाबाट मेरो हक हुन आएका सेर्मा –।४ लागेको पूर्व मेरै घरवारी समेत ४ किल्लाभित्रको खोलो भन्ने पाखो परापूर्वदेखि बार पर्खालले बेरिएको बाँस, कोइराला, केरा आदि जातका बोट विरुवा हुनाको साथै खर घाँस समेत पाली भोगी आएको जग्गालाई नापी हुँदा कि.नं. २८७ मा विपक्षहरुले गौचरणमा नापी गराएकोमा मैले नापीमा उजूर पारेकोमा विपक्षीकै नाममा दर्ता गरी दिने निर्णय भएको छ भन्ने जनाउ दिएकोले विहुकोट गा.पं. वडा नं. १ कि.नं. २८७ मा नापी भएको गौचरणमा भएको अस्थायी दर्ता बदर गरी मेरो नाउँमा स्थायी दर्ता गराई विपक्षीहरुको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको मतिलाल कंडेलको फिरादपत्र । ३. वादी दावी सम्पूर्ण झुठ्ठा हो । कि.नं. २८७ को जग्गामा आफ्नो हक भएको आधारमा केवल पूर्णभद्र भन्ने व्यक्तिबाट विपक्षीले घरसारी राजीनामाको उल्लेख गरेका छन । निज पूर्णभद्रको हकभोगमा यो जग्गा थियो भन्ने कुनै प्रमाण फिराद दावीमा लिन सकेका छैनन् । उक्त जग्गामा विपक्षीलाई फिराद गर्ने हक पनि नभएको हुँदा खारेज गरी पक्ष विपक्षीको नापीमा उजूर गर्दा ८ नं. नापी गोश्वाराले गरेको निर्णय बमोजिम गौचरण कायम गरी न्याय पाउँ भन्ने समेत जना २० को संयुक्त प्रतिउत्तरपत्र । ४. राजीनामा पूर्व किल्ला जालसाजी गरी सन्धी जग्गा हडपी खाने उद्देश्यले किल्ला जालसाज गरिएको हो । रसीदको हकमा कि.नं. २८८ भित्रै उत्तरतर्फको जग्गाको सद्दे साँचो रसीद हो भन्ने समेत प्रतिवादी वा.स. खिमानन्द कंडेलको बयान । ५. राजीनामा अनुसारको तिरो तिरेको र सो २०३७ सालको रसीद पनि मिल्न भिड्न नआएको विवादित जग्गादेखि दक्षिण र पूर्वतर्फको जग्गा वादी मतिलालको भनी नक्शामा जनिएको झगडाको जग्गाको चारैतर्फ बाटो र पानीको मूल पोखरी समेत देखिए बनिएको ८ नं. नापी गोश्वाराको प्राप्त भएको नक्शा ट्रेस फिल्डबुकबाट विवादित जग्गाको जोडिएको सो जग्गा कि.नं. २८८ मा आफ्ना नाउँमा दर्ता गराएपछि उक्त विवादित ज