निर्णय नं. ३९५२ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९५२ - अंश नामसारी भाग: ३१ साल: २०४६ महिना: पौस अंक: ९ फैसला मिति :२०४६/०९/०२ २८९८ निर्णय नं. ३९५२ ने.का.प. २०४६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६३० फैसला भएको मिति : २०४६।९।२।१ मा पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही बगाहा गा.पं. वडा नं. ६ बस्ने किताबुल जोलाहासमेत विरुद्ध विपक्षी/वादी : जिल्ला रुपन्देही बगाहा गा.पं. वडा नं. ६ बस्ने वासली जोलाहासमेत मुद्दा : अंश नामसारी § बण्डा गर्नु पर्ने कुनै पैतृक सम्पत्ति नभएको भन्ने देखिएको यस्तो अवस्थामा छुट्टिभिन्न हुँदा कुनै बण्डापत्र खडा हुने स्थिति नै नरहेकोले पास भएको बण्डापत्र नभएको कारणबाट वादी प्रतिवादीहरुको बीच बण्डा नै नभएको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १२) § जसको बण्डा गर्नुपर्ने कुनै सम्पत्ति नै छैन भने त्यस्ता व्यक्तिहरुले मानो छुट्टिएको लिखत गरी अड्डामा गई दस्तूर तिरी पास समेत गराउन जाने सम्मको विचार राख्ने आशा गर्न सकिने अवस्था नै नरहने । (प्रकरण नं. १२) अवलम्बित नजीर : टिपुवा राजबंसी विरुद्व वैशाखु राजबंशी (ने.का.प. २०४२, नि.नं. २५६८, पृष्ठ १०८९), लालवीर पुतबार वि.पुनसिंह पुतवार (ने.का.प. २०४०, नि.नं. १७०४, पृष्ठ ३७८) फैसला न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमित पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. बाबु घोलरका ३ भाइ छोरा जेठा किताबुल माहिला, र कान्छा हामी फिरादी वासली मोहरत हौ । किताबुलको श्रीमती सहीमा हुन, हामीहरुका बीच अंशबण्डा भएको छैन सगोलबाट आर्जन गरेको सम्पत्ति सगोलमै भोगचलन गर्दै आइरहेको थियो । विपक्षी र हामीहरुको बीच झगडा हुन गएकोले सगोलमा बस्न श्रेय नहुँदा अंश छुट्याई दिनु पर्‍यो भनी विपक्षीहरुसँग भन्दा तिमीहरुलाई अंश भाग दिन्नौ जानेको गर भनी विपक्षीहरुले भनेकोले अंश बण्डाको १, २ नं. को आधारमा फिराद गरेका छौं । अंशबण्डाको २०, २१, २२ र २३ नं. बमोजिम सम्पूर्ण सम्पत्तिमा ३ भाग लगाई २ भाग अंश हामीलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको २०३९।१२।२८ को फिराद दावी रहेछ । ३. हामीहरु अघि नै छुट्टी भिन्न भएका हौं मेरो एकलौटी कमाई आर्जनबाट २०२६ सालमा २०२३ सालमा राजीनामाबाट आर्जन गरेको हो । हाम्रो एकलौटी आर्जनको सम्पत्तिमा विपक्षीहरुको अंशबण्डाको १८ नं. ले अंश हक नलाग्ने भएकोले बाबु घोलर भएसम्म विपक्षीहरुलाई अंशबण्डा गरिदिनु नपर्ने हुँदा विपक्षीहरुको अंश दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.किताबुल जोलाहा समेतको प्रतिउत्तर जिकिर रहेछ । ४. वादी दावी बमोजिम ३ भागको २ भाग वादीहरुले प्रतिवादीहरुबाट अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको फैसला । ५. शुरु जिल्ला अदालतको उक्त इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. तायदातीमा उल्लेखित सम्पत्ति प्रतिवादीको आफ्नो निजी आर्जनको देखिएकोले वादी दावा पुग्न सक्दैन, वादी दावी पुग्न नसक्ने भई शुरुको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको २०४२।१२।२५ को फैसला । ७. उक्त फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वासली जोलाहा र मोहरत जोलाहाको पश्चिमाञ्चल