निर्णय नं. ११२० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/१२/१५ २८८६ निर्णय नं. ११२० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३४ सालको रिट नं.८२० आदेश भएको मिति : २०३४।१२।१५।३ मा निवेदक : रुपन्देही जि.भैरहवा न.पं.वडा नं.१ बस्ने पाटेश्वरीप्रसाद रजकसमेत विरुद्ध विपक्षी : महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, रामशाह पथ समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अधिकार क्षेत्र सम्बन्धी कार्यालयको लेखापढीले गर्दा कानूनले निर्धारीत गरेको अवधिमा परिवर्तन गर्न सकिन्छ भन्न मिल्ने कुरा होइन । छानविन गरी निर्णय दिँदा पनि कानूनले तोकिएको अवधिसम्म निर्णय दिई सक्नु पर्ने कानूनी बाध्यतालाई अधिकारीले पन्छाउन नमिल्ने। (प्रकरण नं.११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा :  आदेश न्या. झपट सिंह रावल : विपक्षी महान्यायाधीवक्ताको कार्यालयको ०३४।३।१ मा गरिएको प्रत्यक्ष कानूनी त्रुटीपूर्ण निर्णय र विपक्षी नापी विभाग भू.सु. मन्त्रालयको ०३४।५।७ को महान्याधिवक्ताको कार्यालयको गैरकानूनी निर्णय भनी सूचना प्रकाशित गरेको सो सूचना बदर गर्न र नियमबमोजिम बढुवा भइसकेको हुँदा बढुवा नियुक्ति दिन उत्प्रेषणको मिश्रित परमादेशको आदेश जारी गरी पाउँ भनी संविधानको धारा ७१ अन्तर्गत मिति २०३५।५।३० मा रिट निवेदन पर्न आएको रहेछ । २. रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यस प्रकार छ : निवेदकहरू पाटेश्वरीप्रसाद रजक, शिवप्रसाद खनाल १, ताराबहादुर क्षेत्री १, रामक्षेजीप्रसाद माली १, गंगारामा चौधरी १, जगन्नाथप्रसाद तत्मा १, कृष्णप्रसाद श्रेष्ठ १, राधैसुन्दर अणु १, बाबुराम के.सी. १ समेत ९ जना क्रमशः मिति २०१७।२।२ मा ०२१।४।१ मा ०१५।१२।१५ मा २०१४।१२।१० मा २०१५।१२।१६मा २०१४।१२।१० मा २०२१।४।१ मा २०२२।७।२५ र २०२२।७।२५ मा र निवेदकहरू सहितका ३८ जना अमीनहरूलाई मुख्य सचिवको अध्यक्षतामा बसेको बढुवा समितिले २०३३।११।४।३ मा निर्णय गरी राजपत्र अनङ्कित द्वितीय श्रेणीको प्राविधिक पदमा बढुवा गरेको रहेछ । नि.से.नि. २०२१ को परिच्छेद ३ नियम ५ उपनियम ९ अनुसार उजूर गर्न चाहने संभावित उम्मेदवारको लागि ०३३।११।१६ मा पहिलो पटक गोरखापत्रमा सूचना प्रकाशित भएकोमा २०३४।५।७ मा बढुवा बदर भनी भू.सु. मन्त्रालय नापी विभाग भन्ने शीर्षक राखी गोरखापत्रमा यस विभाग अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको नापी निरीक्षक पदमा मुख्य सचिवज्यूको अध्यक्षतामा बसेको मिति २०३३।११।४ को बढुवा समितिबाट सिफारिश भएको व्यक्तिहरूको नामावली मिति २०३३।११।१६ गते पहिलो पटक गो.प.मा प्रकाशित भएको महान्यायाधीवक्ताको कार्यालयको मिति ०३४।१।३ को निर्णयानुसार उक्त बढुवा बदर भएकोले सम्बन्धित सबै व्यक्तिहरूको जानकारीको लागि यो सूचना प्रकाशित ग।िरएको छ भनी सूचना प्रकाशित भएको रहेछ । ३. उपयुक्त महान्यायाधीवक्ताको कार्यालयको ०३४।३।१ को निर्णय बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएका मुख्य जिकिर यस प्रकार छन् : मिति ०३३।११।१६ मा उजूर गर्न चाहने संभावित उम्मेदवारको लागि पहिलो पटक गोरखापत्रमा सूचना प्रकाशित गरेपछि बढुवा समितिको निर्णय उपर पहिलो पटक सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र उजूर गर्न पाउने र उम्मेदवारको योग्यता जाँची बढी योग्यता भएको उम्म