निर्णय नं. ३९५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५४ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/१०/१२ २६९० निर्णय नं. ३९५४ ने.का.प. २०४६ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रिट पु.इ. नम्बर ५९ आदेश भएको मिति : २०४६।१०।१२।५ मा रिटनिवेदक : का.न.पं. वडा नं. २९ सामाखुशी बस्ने कमलादेवी थपलियासमेत विरुद्ध विपक्षी : बागमती अञ्चलाधीश कार्यालयका सहायक अञ्चलाधीश श्री राजकुमार कक्षपतीसमेत विषय : उत्प्रेषण § आफ्नो हक अधिकार हनन् भएमा त्यस्को उपचार प्राप्त गर्न पक्ष स्वयं पनि सजक हुनु पर्दछ, अदालतबाट गरिएको आदेशबाट आफ्नो हक अधिकार कुण्ठित भएको भए आफ्नै उपस्थितिमा भएको आदेश बदर गराउन मनासिब समय मै उपचारको मार्ग अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामबहादुर मल्ल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. वलराम थपलियाले हामीहरु समेतको अंश हक लाग्ने का.जि. गोंगबु गा.पं. वडा नं. ४(ग) कि.नं. ६८८ को क्षेत्रफल १–१–० जग्गा मिति २०४१।३।२६ मा मालपोत कार्यालय, काठमाडौंको र.नं. १०४९१ बाट हालको बकसपत्र गरी लिनु दिनु गर्नु भएको हुनाले हामीहरुको हकको दुई भाग लिखत बदर गरिपाउँ भनी विपक्षी शक्तिमाता लिलादेवी समेत उपर काठमाडौं जिल्ला अदालतमा मुद्दा परी उक्त मिति २०४१।३।२६ गतेको लिखतको ४ भागको २ भाग बदर हुने ठहरी मिति २०४४।१।१४ मा फैसला भइसकेको छ । उक्त मुद्दा अदालतको विचाराधीन रहेको अवस्थामा नै विपक्षी शक्तिमाता लिलादेवीले उक्त कि.नं. ६८८ को १–१–० जग्गा विपक्षी कमला पाण्डे समेत ४ जनालाई टुक्रा टुक्रा गरी राजीनामा गरिदिएकोले राजीनामा बदर गरी उक्त राजीनामाको आधारमा भएको दर्ता समेत हामीहरुको भाग ४ खण्डको २ खण्ड लिखत बदर गरिपाउँ भनी काठमाडौं जिल्ला अदालतमा फिराद दायर गरेको थियो विपक्षी काठमाडौं जिल्ला अदालतबाट विपक्षीहरुको नाममा ३० दिने म्याद तामेल हुँदा प्रतिवाद नै नगरी म्याद गुजारी बसेका रहेछन् । यसै बीच विपक्षी शक्तिमाता लिलादेवीले के कस्तो निवेदन दिएर विपक्षी सहायक अञ्चलाधीश श्री राजकुमार कक्षपतीले हामीहरुलाई उपस्थित गराई लिलादेवी समेत उपर विभिन्न मितिमा दायर गरेका मुद्दाहरुको दावी छोड्न भनी भन्दा हामीहरुले इन्कार गरेकोले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइयो । ३. हामीहरुलाई अदालतभित्र नै राखी विपक्षी शक्तिमाता लिलादेवीको २०४४।४।१७ को मिति राख्न लगाई विपक्षी शक्तिमाता समेत उपर दायर भएका क्रमश दे.मि.नं. २०१६, दे.मि.नं. १०४१, दे.मि.नं. १९६१, दे.मि.नं. १०४३, दे.मि.नं. १०४२, दे.मि.नं. ११३५ का मुद्दाहरुको बेरीतको म्याद बदर गरी अ.बं. २०८ नं. बमोजिम म्याद तामेल गराई पाउँ भन्ने विषयको निवेदन दर्ता गराइयो । उक्त निवेदनपत्रको आधारमा विपक्षीहरु उपर चलिरहेको मुद्दाको म्याद बदर गरी गराई सोही मितिमा अर्थात मिति २०४४।४।१८ का दिन हामी निवेदकहरुको तर्फबाट हामीहरुको ३० दिने म्याद अड्डैको रोहवरमा बुझ्न पाउँ भनी तयार गरिएको निवेदनमा सही गराइयो । त्यसरी जबरजस्ती सही गराए