निर्णय नं. ३९५५ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९५५ - भ्रष्टाचार भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/१०/१७ ३३२९ निर्णय नं. ३९५५ ने.का.प. २०४६ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको फौ.पू.इ.नं. ३२ फैसला भएको मिति : २०४६।१०।१७।३ मा पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला ढल्केबर गा.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च राजेन्द्रप्रसाद सिंह विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार § घुस रिसवत जस्तो कुरा सर्वसाधारण रहे भएकै ठाउँ दिउँसै लिने अवस्था नरहने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमतिद्वारा पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. बाबुको नाम बृहस्पति महतो हुनु पर्नेमा भोला महतो भई श्रेस्तामा नाम फरक पर्न गएकोले संशोधन गर्न सिफारिश माग्न जाँदा ढल्केवरका प्रधानपञ्चले रु. ६९०।– मागी झुलाएकोले कारवाहीको लागि नोट टिपी पाउँ भन्ने टेमलालको निवेदन । ३. बाबुको नाम संशोधनको लागि टेमलालको निवेदन परेकोमा सिफारिशको रु. ३२।– लिन पर्नेमा रु. ६९०।– लिएको ठीक हो सिफारिशपत्र रसीद लिन जाँदा विशेष प्रहरीले पक्रेको भन्ने राजेन्द्रप्रसादको बयान । ४. प्रतिवादी राजेन्द्रप्रसाद सिंहले कानुनले लिन खान नहुने रु. ६९०।– टेमलालसँग मागी खानु गरी भ्रष्टाचारपूर्ण कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ अन्तर्गत कारावाही भई हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र । ५. मैले कसूर गरेको छैन । टेमलालले नथुनी महतोको रु. ६००।– र भोलाई महतोको रु. ३००।– तिर्नु पर्नेमा सो मध्ये रु. ६००।– निजले नदिएसम्म सिफारिश नदिनु भनी नथुनीले भनेकोमा मैले सो रकम दिनु होस् भनी टेमलालसँग भन्दा निजले दिएकाले सो रु. ६००।– पञ्चायत भवन निर्माणको लागि रु. ४५।– रु. ३२।– सिफारिश दस्तूर समेत रु. ६८७।– मलाई दिनु पर्नेमा ६९०।– मलाई दिएकोले रु. ३।– फिर्ता दिन बाँकी हुँदैको अवस्थामा प्रहरीले पक्राउ गरेकोले रसीद दिन नपाएको हो धुसरिसवत लिनु खानु नगरेको हुँदा सजायँ हुनु पर्ने होइन भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद सिंहले बागमती विषेश अदालतमा गरेको बयान । ६. नथुनीलाई बुझाउनु पर्ने रुपैयाँ २०४० साल मंसीरमा बुझाई सकेको छु । सिफारिशको लागि विपक्षी प्रधानपञ्चले रु. ६९०।– लिएका हुन् भन्ने व्यहोराको टेमलालको बकपत्र। ७. विपक्षी प्रधानपञ्च घुस लिँदाकै अवस्थामा पक्राउ परेको मौका कागजमा सावित रहेको टेमलालले बकपत्र गर्दा निज प्रधानपञ्चले घुस बापत सो रकम लिएको भनेको नथुनीले तिर्नु पर्ने रकम मंसीरमै तिरी सकेको भनी भनेको समेतबाट राजेन्द्रप्रसादले कसूर गरेको ठहर्छ भन्ने समेतको बागमती विशेष अदालतको फैसला । ८. प्रहरी समक्षको कागज राजीखुसीको होइन टेमलालसँग रु. ६९०।– लिएको भनेको तथ्यको साविती हो कसूरको साविती होइन । पदमा बस्ने व्यक्तिको लिखित र अलिखित दायित्व हुने हुँदा बागमती विशेष अदालतको फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रधानपञ्च राजेन्द्रप्रसा