निर्णय नं. ११२१ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२१ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०१/१२ २१३० निर्णय नं. ११२१ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री स.इश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रि.फु.नं. २५ आदेश भएको मिति : २०३५।१।१२।३ मा निवेदक : जि. तेह्रथुम आठराई चाँगे गा.पं. वडा नं. ८ बस्ने कर्णबहादुर लिम्बु विरुद्ध विपक्षी : जि. भू.सु. कार्यालय तेह्रथुमका शाखाअधिकृत श्री रेवतीरमण नेपालसमेत विषय : उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ (१) धेरै बिलम्व गरी पर्न आएको–रीट निवेदनबाट यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न उचित नदेखिने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती उल्लिखित मुद्दा : आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३२।८।२१ मा भएको निर्णय दोहराई पाउँ भन्ने निवेदकहरूको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिस पर्चामा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहराई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : बडारे भन्ने किपट खेत मकै बाली लगाउन बाँझो जोतिराखेको गाउँका विपक्षीहरूले ३० साल फागुण २३ र २४ गते मकै छरी मेरो मोहियानी हक भएको जग्गामा खिचोला गरे भन्ने विपक्षी मनिराज लिम्बुको निवेदन र २९।११।१० गते मैले मेरो जग्गा उकास गरेको छु र दरपीठमा मोहियानी हकसमेत छाडिदिएँ र बालकुमारीले थैली बुझिलिई ०२९ सालदेखि नै म दाता आफैंले कमाई गरी भोगी खाएको छु, यो बडारे किपट खेतबाहेक ७५ रोपनीभन्दा कमी मणिराजको छैन भन्नेसमेत वा. समेत लाखबहादुरको प्रतिवादी बयान भएको । मोहियानी मुद्दामा वादी निवेदकले नै पहिले कमाई गरेको र निजले कुनै कुराबाट साहू श्रीमती भई कमाई आएको जग्गाको छोडपत्र गरेको भए कार्यालयको स्वीकृति लिनुपर्ने सो नलिइएबाट पनि निवेदक नै मोही ठहरिनाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिमका कायम ठहर्छ भन्नेसमेत विपक्षी जिल्ला भूमिसुधार कार्यालय तेह्रथुमले ०३१।४।३२।६ मा निर्णय गरेको रहेछ । ३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक कर्णबहादुर लिम्बु, लाखबहादुर लिम्बुले दिएको रिट निवेदनपत्रमा–म कर्णबहादुरको नाममा दर्ता रहेको आफैले खनजोत गरी आएको बडारे भन्ने किपट खेत विपक्षी मणिराज लिम्बुकी श्रीमती बालकुमारी लिम्बुलाई भोगबन्धकी दिएको थिएँ । सो रुपैयाँ बालकुमारीलाई बुझाई दरपीठ गरी लिएर लिखतको लगत पनि कट्टा गराएँ । निखनी लिएपछि आफ्नो जग्गामा बाली लगाई खाएको सो जग्गाको मकैबाली म समेतले लुटी लगें भन्ने विपक्षी मणिराजले जिल्ला अदालतमा फिराद दिएकोमा प्रमाणित गर्न नसकी विपक्षीले नै तारेख छाडी डिसमिस भयो । त्यो अन्तिम छ, उल्लिखित मैले बालकुमारीलाई बन्धकी दिएको जग्गा मेरो आफ्नै जोत भोगमा रहेकोले बन्धकी दिँदा सोही कुरा लिखतमा उल्लेख गरेको पनि छ, जोताहा अस्थायी निस्सा पनि मैले लिएको छु, विपक्षी मणिराजले मेरो जग्गा कहिल्यै पनि कमाउनुभएको छैन, पहिलेदेखि कमाएको भन्न र प्रमाण पेश गर्न विपक्षीले सकेको छैन । पहिलेदेखि कमाएको भन्ने प्रमाणको अभावमा दफा २५ अन्तर्गत मोही ठहर्छ भनी गर