निर्णय नं. ३९५६ - लिलाम बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९५६ - लिलाम बदर भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/२४ २२९० निर्णय नं. ३९५६ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ७३७ फैसला भएको मिति : २०४६।९।२४।२ मा पुनरावेदक/वादी : जि. पर्सा घोरे गा.पं. वडा नं. २ बस्ने सुमिया मलहायीनसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.वडा नं. २ बस्ने मथुरा साह सोनारसमेत मुद्दा : लिलाम बदर § केवल सम्बन्धित पञ्चायतको प्रतिनिधिको रुपमा मुखिया भनी लेखिएकै आधारमा पञ्चायतको प्रतिनिधि नरहेको भन्न मान्न सारगर्भीत हुँदैन । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. फिरादी मध्येको म सुगियाको छोरा तथा म हेमन्तीको पति जगरनाथ सहनी मलाहबाट हाम्रो अंश भाग छुट्याई पाउँ भनी पर्सा जि. अ. मा हाम्रो फिराद परेकोमा दावी बमोजिम अंश पाउने गरी २०३७।९।१८ मा फैसला भई अन्तिम रहेको र निज जगरनाथका नाउँको पर्सोनी गा.पं. वडा नं. ४ कि.नं. २४३ को ज.वि. ०–१७–० मध्ये ३ खण्डको २ खण्ड जग्गा हामीले छुट्याई लिन पाउने सो फैसलामा उल्लेख भई हाम्रो हक स्थापित भएको छ । निज जगरनाथले विपक्षी मध्येको मथुराबाट लिएको कर्जाको साँवा ब्याज तथा कोर्टफी समेतको बिगो रु. ११,१७५।८० बापतमा उल्लेखित जग्गा जायजात गरी २०३८।३।२९ मा डाँक बढाबढ र लिलाम बिक्री गरी विपक्षी मथुराले लिलाम सकार गरी लिएको र विपक्षी इश्वर किरणले सो जग्गा लिलाम गराई दिएकाले विपक्षी मथुराले आफ्नो नाममा नामसारी दर्ता समेत गराउनु भएको छ । यसरी पञ्चकृति मोल कायम नगरी मथुराले बिगोमा मात्र सकार गरेको र जग्गाको मोल रु. २६,०००।– जानेमा कम मूल्यमा लिलाम गराएको छ । तसर्थ उक्त लिलामा सम्बन्धी सम्पूर्ण काम कारवाही बदर गरी मथुराका नाउँमा भएको नामसारी दा.खा. दर्ता समेत बदर गरी उक्त जग्गा हाम्रो नाउँमा नामसारी दर्ता समेत गरी चलन चलाई पाउँ भने समेत व्यहोराको फिराद दावी । ३. फैसलाले भरी पाउने ठहरेको बिगोमा जायजात देखाई दर्खास्त गरेमा ऐन बमोजिमको कार्यविधि अपनाई डाँक बढाबढ हुँदा उक्त कि.नं. २४३ को.ज.वि. ०–१७–१ मध्य पूर्वतर्फबाट लक्ष्मीसाह कानुको ज.वि. ०–४–० कटाई बाँकी जग्गा बिगो समेतमा मैले सकार गरेको र ऐन कानुनको रीत पुर्‍याई लिलाम भएको हो । यी वादीहरु सगोलमा छँदा नै जगरनाथले ऋण लिएको हुँदा अंशबण्डाको १८ नं. बमोजिम मुख्यले गरेको ऋण सबैले तिर्नु पर्ने हुँदा झुठ्ठा दावी खारीज गरिपाउँ भन्ने समेत व्यहोराको मथुरासाह सोनारको प्रतिउत्तरपत्र । ४. फैसलाले भरी पाउने ठहरेको बिगो समेतमा ज.वि. ०–११–४ लिलाम गर्दा मथुरासाहले सकार गरेकाले निजलाई चलन पुर्जी दिनु भन्ने आदेशानुसार गरेको हुँदा वादी दावी बमोजिम गरे बिराएको नहुँदा फुर्सद पाउँ भन्ने समेत व्यहोराको ना.सु इश्वर किरण सुनुवारको प्रतिउत्तरपत्र । ५. कानुनले संरक्षण गरेको बाटो नअपनाई र दण्ड सजायँको ६१ नं. बमोजिम नगरी आएको वादी दावी नि.से.नि., २०१३ को दफा १०(१) ले खारेज हुने ठहर्छ भन्ने समेतको ना.अं.अ.को २०३९।११।८ को फैसला । ६. सो फैसला उपर मध्यमाञ्चल क्षेत्रीय अदालतमा वादीको पुनरावे