निर्णय नं. ३९५७ - खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५७ - खिचोला भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/२७ २३६५ निर्णय नं. ३९५७ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७०२ फैसला भएको मिति : २०४६।८।२७।३ मा पुनरावेदक/वादी : का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने कान्छी महर्जन विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १० वानेश्वर बस्ने नारायणदाश मानन्धर विषय : खिचोला § लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन दावी गर्न मिल्दैन भन्नु कानुनसंगत नहुने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. कि.नं. २५ को जग्गा रोपनी ३–१२–० मध्ये पश्चिमतर्फको कि.नं. २९३ को जग्गा रोपनी ०–१३–० विपक्षीले मलाई बकसपत्र गरिदिनु भएको थियो । उक्त जग्गामा जान आउन कि.नं. २३ को कि.नं. २५ को बीच दक्षिणबाट पश्चिम फर्की जाने ४ फुटको बाटो कायम गरी आउने जाने गरेकोमा सो बाटो नदिई उल्टो विपक्षीले मोहियानी हक नदिनुको साथै आफैले बकसपत्र गरिदिनु भएको जग्गाबाट समेत जबरजस्ती हक टुटाई बाटो समेत बन्द गरी कि.नं. २५ को बाँकी रोपनी २–१५–० जग्गा र सो को साँधको मेरो आफ्नै कि.नं. २८२ को रोपनी १–०–० मध्ये दक्षिणतर्फ रोपनी ०–८–० जग्गा समेत विपक्षीले दावी खिचोला गर्न नपाउने गरी मेटाई रोपनी ०–१३–० को जग्गामा जान आउन ४ फुटको बाटो कायम गरी मेरो उजूरीको जग्गाहरुमा समेत नाप जाँच गरी छुट्याई पाउँ । कि.नं. २५ को जग्गा रोपनी २–१५–० को मोहियानी हक समेत छुट्याई पाउँ भन्ने समेत व्यहोराको कान्छी महरजनीको वा. भाइकाजीको बयान । ३. कि.नं. २५ को रोपनी ३–१२–० को जग्गामा घर बनाउँछु भन्दा सो मध्येबाट ०–१३–० जग्गा सो जग्गाको मोही भाइचा ज्यापुले दिनु होस भनेबाट निजलाई बाँकी जग्गामा कम्पाउण्ड घेरी घर समेत बनाई बसोवास गरिआएको छु । सो कि.नं. २५ को जग्गाबाट कित्ता फोड गरी ०–१३–० जग्गा विपक्षी वादीलाई ०३५।१।२१ मा हालैको बकसपत्र गरिदिई लिइसकेको वादीको लोग्ने नै २०३० सालदेखि हक छोडी पक्की घर क्याम्प समर्थन गरी बकसपत्र गरिदिएको हुँदा प्रमाण बेगर बेदखलमा यस अदालतमा दायर हुन नसक्ने कि.नं. २९३ मा जाने ४ फुटे बाटो कायम गरिपाउँ भन्ने हकमा २०३५ साल चैत्रमा गरिदिएको बकसपत्रमा कम्पाउण्ड बाहिरबाट मेरो बाँकी जग्गाबाट बाटो दिने शर्त नभएको ४ फुटे बाटो पाउनु पर्ने भन्ने वादीको दावी झुठ्ठा हो । कि.नं. २८२ मेरो १–०–० जग्गाको दक्षिणतर्फबाट परखालभित्र ०–८–० घुसायो भन्ने हकमा २०३० सालमा नै घर कम्पाउण्ड तयार भइसकेको वादीको दक्षिणतर्फको कि.नं. १६८ को ढकालको जग्गा पर्छ । भू.सं. ऐन, २०२१ बमोजिम नाप नक्शा कि.नं. २८२ को जग्गा छुट्टै छ र मेरो कि.नं. २५ को जग्गा छुट्टै भई कि.नं. ३५ बाट कित्ता फोड गरी कि.नं. २९३ को ०–१३–० जग्गा भएको हुँदा २०३६।४।३० गते क्याम्पा परखालबाट भित्र घुसाई खिचोला गर्यो भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको नारायणदाश मानन्धरको प्रतिउत्तरपत्र । ४. प्रतिवादीले वादी दावी अनुसार ०३६।४।३० मा जग्गा खिचोला गरेको नभई सो भन्दा अगाडि देखि नै घर कम्पाउण्ड बनाई सकेको देखिँदा सो बनाएका मितिले ज.मि.का. १८ नं. का म्यादभित्रको प्र