निर्णय नं. ११२२ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२२ - लिखत बदर भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१४/०५ २०८३ निर्णय नं. ११२२ ने.का.प २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको देवानी विविध नम्बर ७७ फैसला भएको मिति : २०३५।१४।५ मा निवेदक : का.जि. का.नं. पं. वडा २३ बस्ने भेषराज्यलक्ष्मी सिंह विरुद्ध विपक्षी : का.जि. का.न.पं. विशालनगर बस्ने ले.क. सुवर्ण शमशेर ज.ब.रा.समेत मुद्दा : लिखत बदर (१) अधिकृत वारेसनामाको लिखत–राजदूतको रोहवरमा नदेखिएकोले अ.बं.७१ (ख) नम्वरको ऐन अनुसार भएको नदेखिने । (प्र.नं. १४ ) (२) बेरितको अधिकृत वारेसनामाबाट गरेको व्यहोरा सदर नहुने । (प्र.नं. १५) निवेदिका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  फैसला न्या. हेरम्बराज : वादी भेषराज्यलक्ष्मीका निवेदनपत्रमा बक्स भई आएका हुकूम प्रमाङ्गीअनुसार काठमाडौं जिल्ला अदालतबाट सरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ : २. विधवा मुमा श्रीमती नित्यकुमारी राणालाई काका श्री सुवर्ण शमशेर ज.व.रा.ले अनेकौ प्रलोभन देखाई आफ्नो नियन्त्रणमा राख्न सफल हुनु भई ईस्वी १९६७ मा काठमाडौं त्यागी भारतमा लगी शिवनन्द नथर टेहरी गढवाल उत्तर प्रदेशमा गई बस्नु भयो । पुनः नेपाल अधिराज्यमा फर्कनु भएको छैन । विपक्षी काका सुवर्ण शमशेरले मेरो माताजीको अख्तियारनामा आफै तयार गरी श्री ५ को सरकार परराष्ट्र मन्त्रालयमार्फत शाही नेपाल राजदूतावासबाट एकजना ना.सु. खटी आफ्नो होस हवास ठेगानामा नरहेको अवस्थाकी माता नित्यकुमारीबाट अ.बं.२४ नं. विपरित अख्तियारनामामा सहीछाप गराई आफ्नो गुठीमा राख्नु भएको रहेछ । जालसाजी लिखत पारी दिनु भएको बारेमा मेरो फिराद परी हालसम्म अञ्चल अदालतमा दायर छ । मुद्दा चल्दाचल्दै मुद्दामा विवाद भित्रको केही जग्गा दोहोरो पारी का.न.पं. वडा नं. २३ (ङ) कि.नं. ३८।६।३ मध्येको रोपनी ९।०८। विक्रमादित्यलाई र वार्ड नं. २३ (ङ) कि.नं. ऐ को ऐ.मध्ये ४।१३।३ ज्योत्सना कुमारीका नाउँमा काभ्रेपलाञ्चोक मालमा गई ०३०।२।३१।४ मा रजिष्ट्रेशन पारित गरी दिनुभएको कुरा ०३१।१०।२८ गते थाहा पाएँ । सो कार्य नित्यकुमारीतर्फबाट भएको भए स्त्री अंशधनको १ र २ नं. को विपरित छ । माता नित्यकुमारीका नाउँको जग्गा काका सुवर्ण शमशेरले आफ्ना छोरा बिक्रमादित्य शमशेर र छोरी ज्योत्सना कुमारीलाई बकसपत्र गरिदिने कुनै अधिकार छैन । विपक्षीहरू मिली लिने दिने कुरा उल्लेख गरी ०३०।२।३१ मा रजिष्ट्रेशन पारित भएको बकसपत्रहरू माथि उल्लेख गरेबमोजिम बिक्रमादित्यलाई गरी दिएको बकसपत्र बदर गरिपाउँ भन्नेसमेत ०३२।२।८।५ को फिरादपत्र । २. बिक्रमादित्य शमशेर र ज्योत्सना थापालाई दिइएको बकसपत्र बदर होस भनी लिखत बदरको नालिश यही विपक्षीले दिएकोमा का.जि. अ. बाट खारेजी फैसला भएको छ । जुन नालेश गर्न पाउने अधिकार नहुँदै पनि नालेश गरेको, सिर्फ दुःख दिनसम्म हो । विपक्षीलाई दिएको बकसपत्र भन्दा बढी सम्पत्ती दिएन भन्दैमा आमाको मानसिक स्थिति सन्तुलनमा छैन भनी लेखेको, होसठेगानामा नभएको वा बौलाएको छ भनी विपक्षीले किटी लेख्न नसकेबाट त्यस्तो कुरालाई अ.बं.२४ नं. ले मान्यता दिँदैन । मेरो सट्टामा भैपरी आउने गर्नुपर्ने सम्पूर्ण काम कारबाही गर्नलाई मैले देवर सुवर्ण शमशेरलाई अधिकार अख्तियार दिएकी छु भन्नेसमेतका कुरा नित्यकुमारीले ०३२।४।७ मा बागमती अञ्चलाधीश कार्यालयमा कागज लेखिदिनु भएकै छ । नित्यकुमारीले दिनुभएको पाव