निर्णय नं. ३९५८ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९५८ - जिउ मास्ने बेच्ने भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०७/२० २३९७ निर्णय नं. ३९५८ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ५८५ फैसला भएको मिति : २०४६।७।२०।१ मा पुनरावेदक/वादी : जामुनलालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : राजविराज न.पं. वडा नं. ७ बस्ने सलिम मियासमेत मुद्दा : जिउ मास्ने बेच्ने § अभियुक्तहरु उपरको आरोप, जोहरवालाको जाहेरी र बकपत्र बाहेक अन्य संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाइँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह: पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को १३ (३)(ग) अनुसार पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ । २. मैले पालन पोषण गरी राखेकी मेरी बहिनी विवाहित सावित्रीदेवीलाई २०४०।४।२७ गतेका दिन विपक्षीहरुको बिक्री गर्ने उद्देश्यले भारततर्फ लिई गएकाले जिउ मास्ने बेच्ने ऐन अन्तर्गत कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. मैले सावित्रीलाई बिक्री गर्न लागेको होइन, छोरा शाहजांहाले निजलाई बिक्री गर्न लगेको वा यहीँ छ केही थाहा छैन भन्ने समेत व्यहोराको इब्राहिम मियाको कागज । ४. सरजमीनका ११ जना मध्ये कसैले सावित्रीलाई इब्राहिम र जमालले बसमा चढाउँदै गरेको अवस्था देखेको, कसैले बसपार्कतर्फ इब्राहिम र सावित्री, शाहजांहा जाँदै गरेको र कसैले सुनेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. प्रतिवादीहरुले संकलित प्रमाणबाट जिउ मास्ने बेच्नेको महलको १ नं. को कसूर गरेको देखिँदा निजहरु उपर ऐ. को १ नं. बमोजिम कारवाई सजायँ होस् भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन । ६. वारदातको दिन मेरै घरमा छु । सावित्री र शाहजांहासँग सो दिन भेटघाट भएको छैन । निजहरुसँग मेरो भात भान्छा भएको छैन । सावित्रीलाई भारतमा बिक्री गर्न लागेको भन्ने आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको इब्राहीम मियाको अदालतमा भएको बयान । ७. जाहेरवाला र प्रतिवादी चिन्दछु । सावित्रीलाई चिनेको छैन । सावित्रीलाई भारततर्फ लगेको छैन । म भारतमा मिस्त्री काम गर्ने हुँदा मउपरको आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको सलिम मियाले अदालतमा गरेको बयान । ८. सावित्रीलाई म समेत भई बिक्री गर्ने उद्देश्यले भारतमा नलगेको, हाल निज कहाँ छिन जानकारी नभएको हुँदा झुठ्ठा पोल उजूरबाट सफाई पाउँ भन्ने जमालउद्दिन मियाको बयान । ९. जाहेरवालाको बहिनी सावित्रीलाई फकाई पाकिस्तानको मानिससँग भारत दिल्लीतर्फ लगेको होइन । रिसइवीको कारण म उपर झुठ्ठा उजूरी दिएका छन् भन्ने समेत व्यहोराको महमद हुसेनले अदालतमा गरेको बयान । १०. मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरुले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको फैसला । ११. सावित्रीलाई प्रतिवादीहरुले बिक्री गर्ने उद्देश्यबाट भारततर्फ लगेको भन्ने संकलित सबूद प्रमाणबाट पृष्टि भइरहेको अवस्थामा आरोपित कसूरबाट सफाई दिने ठहराएको जि. अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फब