निर्णय नं. ६९१७ - जग्गा हक कायम दर्ता नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९१७ - जग्गा हक कायम दर्ता नामसारी भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/१०/१० २५३९ निर्णय नं. ६९१७ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत् २०५३ सालको दे.पु.नं. ...३७८० फैसला मितिः २०५६।१०।१०।२ मुद्दाः जग्गा हक कायम दर्ता नामसारी । पुनरावेदक/प्रतिवादीः जिल्ला सर्लाही, बलरा गा.वि.स. वडा नं. ८ बस्ने भुवनेश्वर सिंह मरी मु.स.गर्ने गमपरी देवी र निज समेत मरी निजको मु.स. गर्ने ऐ.ऐ. बस्ने वर्ष ४९ को राजकेश्वर सिंह भुमिहार विरुद्ध विपक्षी/वादीः जिल्ला सर्लाही, बलरा गा.वि.स. वडा नं. ८ बस्ने जगरनाथप्रसाद सिंह भुमिहार समेत § मिति २०४३।९।२८ को शर्तनामाको लिखतले रजिष्ट्रेशन गराई लिन पाउने सम्मको हक वादीहरुलाई दिएकोमा जग्गाकै हक कायम गरी नामसारी दर्ता समेत गरी दिने ठहर्याएको शुरु सर्लाही जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको देखिएन । तसर्थः मिति २०४३।९।२८ को लिखतको परिधि भित्र रही प्रतिवादीको विवादित जग्गामा हक भएपछि वादीले कानून बमोजिम फिराद गरेका बखत ठहरे बमोजिम हुने नै हुँदा हाल उक्त शर्तनामाले हक नदिएको कुरामा परेको फिराद खारेज हुने । (प्र.नं.१५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री कमलनारायण दास विपक्षी वादी तर्फबाटः अवलम्बित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को देहाय खण्ड (क) अन्तर्गत मुद्दा दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नप्रकार छः 2. कि.नं. १८८ को ०–५–० कि.नं. १८९ को ०–६–१० जग्गा तथा कि. नं. ८६ को ०–३–१५ कि.नं. ८७ को ०–१२–१० र कि.नं. ४९ को ०–५–० जग्गा समेत १–१–५ जग्गामध्ये ३ खण्डको एक खण्ड गरी जम्मा जग्गा ०–१८–११।।२।। हाम्रो अंश भागमा परी अघिदेखि नै अंशियारको हैसियतले भोग चलन गरी आएकोमा दर्तावाला प्रतिवादीका बाबु रामनन्दन सिंहका शेषपछि प्रतिवादी भुवनेश्वरले सो जग्गा हाम्रो नाउँमा नामसारी गरी दिन नमानेकाले पंचायती हुँदा सो जग्गा हाम्रो नाउँमा रजिष्ट्रेशन पारित गरी दिने शर्त गरी प्रतिवादीले मिति २०४३।९।२८ मा शर्तनामाको कागज लेखी दिएकोले करार ऐन, २०२३ को दफा १८(२) खण्ड ग अन्तर्गतको फिराद दावी बमोजिम सो जग्गा हाम्रो नाउँमा दर्ता नामसारी गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरुको फिराद पत्र । 3. वादी दावी विरोधाषपूर्ण तथा कानुन विपरितको हुँदा वादी दावी बमोजिम हक कायम हुने होइन । कानुन बमोजिम हकाधिकार प्राप्त मेरो नाउँमा दर्ता तिरोको जग्गामा कानुन विपरितको शर्तनामाको आधारमा दायर भएको प्रस्तुत फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र । 4. करार ऐन, २०२३ को दफा १८ को उपदफा २ को ग बमोजिमको हदम्याद भित्रको फिराद हुँदा शर्तनामा अनुसार फिराद दावी बमोजिम ०–१८–११।।२।। जग्गा वादीहरुको नाउँमा दर्ता नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको फैसला । 5. शुरुको अन्यायपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन । 6. शुरुको निर्णय विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने २०५६।११।३०।३ को तत्कालीन ज.अ.अ.को आदेश । 7. प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम वादी विवन्धित समेत भएको विवादि